स्थानीय

    Showing 941-950 of 5,047 items.
  • सुतिरहेको बेलामा खुकुरी प्रहार गरी हत्या, दुई पक्राउ

    झापा/  झापाको बिर्तामोड नगरपालिका–७ खालबाडीमा सुतेकै अवस्थामा धारिलो हतियार प्रहारबाट ३५ वर्षीय फुर्वा तामाङको हत्या भएको छ। तामाङलाई स्थानीय २८ वर्षीय प्रेमकुमार राई र उनका दाजु ३३ वर्षीय रामकुमार राईले खुकुरी र बसिला प्रहार गरेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। हत्या गर्ने दुवै जनालाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइएका छन्। घटनामा प्रयोग भएका धारिलाे हतियार समेत प्रहरीले बरामद गरेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 1,091 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा बसको ठक्करबाट वृद्धको मृत्यु

    धरान/सुनसरीको धरान उपमहानगरपालिका–८ शनि मन्दिर नजिक यात्रुबाहक बसको ठक्करबाट एक वृद्धको ज्यान गएको छ।  इटहरीबाट धरानतर्फ आउँदै गरेको प्रदेश–१–०२–००२ ख ०६९७ नम्बरको बसले बाटो काट्दै गरेका करिब ६०–६५ वर्षका पुरुषलाई साेमबार साँझ ठक्कर दिएको प्रहरीले जनाएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनलाई तत्काल वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका लागि लगिएको थियो। तर, उपचारको क्रममा(साेमबार) राति करिब ८ः५८ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ। घटनापछि बस चालक धरान–१५ का ३७ वर्षीय भीमबहादुर प्रधानलाई इलाका प्रहरी कार्यालय धरानको नियन्त्रणमा

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 798 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज नवरात्रको दोस्रो दिन:माता ब्रह्मचारिणीको पूजा गरिदै

    सुनसरी /नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी स्वरुप नवदुर्गा भवानीको पूजा तथा आराधाना गरिन्छ । ब्रह्माको अर्थ तपस्या अर्थात कठोर तप गर्ने भन्ने बुझिन्छ । उहाँ तपस्या, संयम, ब्रहचर्य र त्यगको प्रतिक हुनुहुन्छ । ब्रह्मचारिणी देवीले शिरमा अर्थचन्द र नाना प्रकारका आभुषण धारण गर्नुभएकोछ भने दाहिनी हातमा जपको माला र बाहाँ हातमा कमण्डलु लिनुभएकोछ ।   पौराणिक मान्यता अनुसार माता पार्वतिले भगवान शिवलाई प्राप्त गर्न ब्रहचर्य धारण गरि हजारौँ वर्षसम्म कठोर तपस्या गरेकी थिईन । पुर्वजन्ममा हिमालय पर्वतको पुत्री शैलपुत्रीको रुपमा प्रकट भई देवर्शी नारदको उपदेशले भगवान महादेब स्वामी पाँउ भनि अत्यन्त कठिन

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 448 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • तीन वटा सवारीसाधन आपसमा ठोक्किँदा ३१ जना घाइते

    मकवानपुर/ पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१९ दारिमटारमा तीन वटा सवारीसाधन आपसमा ठोक्किँदा ३१ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार तेल बोकेको ट्याङ्कर, मालबाहक ट्रक र यात्रुवाहक बस ठोक्किँदा ठूलो दुर्घटना भएको हो। घाइते सबैलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिएका छन्। दुर्घटनास्थलमा प्रहरीको टोली खटिएको छ भने घटनाको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 444 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • राजधानीबाट चाडपर्व मनाउन पाँच दिनमा एक लाख ८९ हजार २१८ यात्रु बाहिरिए

    काठमाडौँ/  मुलुकको संघीय राजधानी काठमाडौँबाट चाडपर्व मनाउनका लागि पछिल्लो पाँच दिनमा एक लाख ८९ हजार २१८ यात्रु बाहिरिएका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज १ गतेदेखि ५ गतेसम्म २९ हजार ३६० सार्वजनिक यातायातमा एक लाख ८९ हजार २१८ यात्रु उपत्यकाबाट बाहिरिएका हुन् । कार्यालयका प्रहरी नायब उपरीक्षक लोकेन्द्रसिंह गुरुले देशका विभिन्न क्षेत्रबाट काठमाडौँ उपत्यकामा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि आएकाहरू दसैँ मनाउन घर जान थालेको जानकारी दिए । उनका अनुसार थानकोट, साँगा, दक्षिणकाली र बालाजु नाकाबाट ती यात्रुहरू गन्तव्यस्थलमा गएका हुन् । कार्यालयका अनुसार असो

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 371 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • तोकिएको भन्दा बढी भाडा नलिन यातायात स्वतन्त्र मजदुर संगठनको निर्देशन

    काठमाडौँ/ दशैंमा घर फर्कने र अन्य कामले सार्वजनिक सवारीसाधनमा यात्रा गर्ने यात्रुहरूको सङ्ख्या बढी हुने भएकाले यस्तो बेला सरकारले तोकिएको भन्दा बढी भाडा नलिन र सके जति यात्रुहरूको सेवालाई सहज बनाउन नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले देशभरिका सम्पूर्ण यातायात श्रमिकहरूलाई अनुरोध गरेको छ । आज दसैँको पहिलो दिन घटस्थापनादेखि सरकारले देशभरिका रुट पर्मिट ९बाटो इजाजत पत्र० असोज २२ गतेसम्म खुल्ला गरेको छ । चाडको बेला यात्रुहरूसँग बढी भाडा लिएको, सेवा राम्रो नदिएको जस्ता गुनासोहरू विगतमा आउने गरेकाले यस्ता गुनासोहरू आउन नदिन तोकिएको भन्दा बढी भाडा कुनै पनि यात्रुसङ नलिन सङ्गठनका अध्यक्ष भीम ज

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 393 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा धारिलो हतियार आक्रमण, दुईजना गम्भीर घाइते – एक खुकुरीसहित पक्राउ

    धरान/धरान उपमहानगरपालिका–१७ मा धारिलो हतियार प्रहारका घटनामा दुईजना गम्भीर घाइते भएका छन् भने एक आक्रमणकारी खुकुरीसहित पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय धरानका अनुसार, असोज ५ गते राति करिब ८ बजेर १० मिनेटमा धरान–१७ बस्ने २० वर्षीय निशान राईमाथि आफ्नै घरमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रहार भएको हो। आक्रमणमा धरान–१७ का २१ वर्षीय ओबिन राई, सुजन तामाङ, धरान–११ का बोबो लिम्बु र ‘हडबडे’ संलग्न भएको प्रहरीले जनाएको छ। उनीहरु मोटरसाइकलमा आएका थिए र आक्रमणपछि फरार भएका थिए। गम्भीर घाइते निशानलाई प्रहरी टोलीले तत्काल उद्धार गरी बीपी कोइराला स्वास्थ्य वि

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 1,238 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जेनजीको नाममा आगजानी र तोडफोड : प्रहरीले पक्राउ नगरे दलले पक्राउ गर्ने

    धरान/ धरानका विभिन्न राजनीतिक दलका पार्टी कार्यालयहरूमा तोडफोड तथा क्षति पु¥याएको घटनालाई लिएर दलहरूले प्रहरीमा किटानी जाहेरी दिएका छन्। जेनजीको आवरणमा आएका अराजक समूहहरूले पार्टी कार्यालयहरूमा आक्रमण गरी क्षति पु¥याएको भन्दै विस्तृत विवरण सहित इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी प्रकाश जबेगुलाई जाहेरी बुझाइएको हो। जाहेरीमा पार्टीका झण्डा च्यातिएको, भित्ते लेखन बिगारिएको, ढोका–झ्याल र कार्यालयको संरचनामा क्षति पु¥याइएको विवरण उल्लेख छ। राजनीतिक दलका प्रतिनिधिहरूले यस्ता गतिविधिले शान्तिपूर्ण राजनीतिक वातावरणमा अशान्ति ल्याएको भन्दै आक्रोश व्यक्त गरेका छन्।डिएसपी

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 1,211 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज नवरात्रको पहिलो दिन:घटस्थापनासहित जमरा राखिँदै

    सुनसरी/ नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्दै छन् । घरको पूजा कोठा वा दशैँघरमा विधिपूर्वक घटस्थापना गरेपछि शैलपुत्री देवीलाई आह्वान गरी पूजा आराधना गरिन्छ । । शैल भन्नाले हिमाल र पुत्री भन्नाले छोरी बुझिन्छ। हिमालयकी छोरी (पार्वती) भएकीले शैल पुत्री भनिएको हो। दुर्गा भवानीका नौ स्वरूपमध्ये शैलपुत्री पनि एक हो। दाहिने हातमा त्रिशुल र बाँया हातमा कमलको फूल लिएर बसाहको सवारी गर्ने शैलपुत्री स्वरूपा देवीको जाज्वल्यमान स्वरूपको ध्यान मात्र गर्नेले पनि संकट टर्ने विश्वास गरिन्छ। मार्कण्य पुरा

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 424 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जनताको उद्धारमा यातायात मन्त्रीको चमत्कार देखिएन: मजदुर नेता भीमज्वाला राई

    काठमाण्डौं/ काममा चमत्कारिक छबि बनाएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले ४४ घण्टा जनता सडकमा भोकैप्यासै रातदिन बिताइरहँदा पनि उद्धारमा कुनै चमत्कार देखाउन नसेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले बताउनु भएको छ । अध्यक्ष राईले जतना सडकमा बिचल्ली हुँदा मन्त्री घिसिङ भने भारतीय राजदुतसंग भेटघाटमा रमाईरहेको बताउनुभएको छ । मुग्लिङ नारायणगढ सडक अन्तर्गत तुइन खोला पुल नजिक असोज ३ गते साँझ साढे ६ बजे खसेको पहिरो अझैसम्म पन्छाउन सकेको छैन । सडक डिभिजन कार्यालय भरतपुरले कहिले दुईवटा कहिले पाँचवटा लोडर तथा एक्जाभेटरले पन्छाउने काम गरेको भएपनि सरकारले अन्

    • प्रकाशित मितिः असोज ५, २०८२
    • 609 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved