धनकुटा/ धनकुटाको मुलघाटबाट प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। धनकुटा नगरपालिका–९ मुलघाटस्थित प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले सोमबार राति सवारीसाधन जाँच गर्ने क्रममा इटहरीबाट तेह्रथुमतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ज ४५१९ नम्बरको विद्युतीय गाडीमा सवार दुई जनालाई शंका लागेर जाँच गरेको थियो। जाँचका क्रममा उनीहरूको साथबाट खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ स–साना प्लास्टिकका २५ वटा पोकामा प्याक गरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। त्यसैगरी खुला अवस्थामा हरियो रङका ५० वटा क्याप्सुल र सुन्तला रङका ४५ वटा ट्याब्लेटसमेत बरामद गरिएको जिल्ला प्
खोटाङ/ कोशी प्रदेश सरकारले प्रदेशबाट विनियोजन भएको बजेट हाललाई रोकिएपछि प्रदेशअन्तर्गतका आयोजना तथा कार्यक्रमको ठेक्का प्रक्रिया प्रभावित भएको छ। बजेट संशोधनको प्रक्रियामा रहेकाले अर्को सूचना जारी नभएसम्म प्रदेश बजेटअन्तर्गतका योजनाको ठेक्का प्रकाशन नगर्न मन्त्रालयले निर्देशन दिएको छ। यता, संघीय सरकारबाट प्राप्त सशर्त बजेटअन्तर्गतका योजनाको ठेक्का प्रक्रिया भने अघि बढाइएको छ। पूर्वाधार विकास कार्यालय, खोटाङले संघीय सशर्त बजेटअन्तर्गतका योजनाको ठेक्का प्रक्रिया अघि बढाएको हो। ठेक्का प्रक्रियामा सहभागी हुने निर्माण व्यवसायी तथा सम्बन्धित पक्षलाई सहज होस् भन्ने उद्देश्यले कार्यालयले
धनकुटा/ धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिकाले व्यक्तिगत तथा नयाँ व्यवसाय दर्ताका लागि आवश्यक पर्ने स्थायी लेखा नम्बर (पान) गाउँपालिकाबाटै जारी गर्ने सेवा आजदेखि औपचारिक रूपमा सुरु गरेको छ। सेवा शुभारम्भसँगै साँगुरीगढी गाउँपालिका वडा नं. ६ सिम्सुवा नजिक बेल्बोटेमा रहेको सुब्बा ग्यारेजका सञ्चालक विवेक ईवाहाङ गाउँपालिकाबाट पान दर्ता गर्ने पहिलो सेवाग्राही बनेका छन्। गाउँपालिका अध्यक्ष जितेन्द्र राईले ईवाहाङलाई पहिलो पान प्रमाणपत्र हस्तान्तरण गर्दै सेवाको औपचारिक शुभारम्भ गरेका हुन्। पहिलो सेवाग्राही बनेका ईवाहाङले आफ्नै गाउँपालिकाबाट शून्य लागतमा पान दर्ता गर्न पाउँदा अत्यन्त खुसी लागेक
धरान/ भारतबाट तस्करी गरेर नेपाल ल्याइएको ११ लाख ३० हजार ५ सय १६ रुपैयाँ बराबरको सामान सशस्त्र प्रहरीले मोरङका विभिन्न स्थानबाट बरामद गरेको छ। सशस्त्र प्रहरीका अनुसार भारतबाट भन्सार छली ल्याइएका लत्ताकपडा, हार्डवेयरका सामान, मोबाइल पार्ट्स तथा किराना सामान सोमबार मोरङका विभिन्न सीमा क्षेत्रबाट बरामद गरिएको हो। सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गण हेडक्वार्टर कंकालिनी मोरङ तथा मातहतका सीमा सुरक्षा गुल्म र बोर्डर आउट पोस्ट (बीओपी)बाट खटिएको टोलीले ती सामान बरामद गरेको हो। सशस्त्र प्रहरीका अनुसार सीमा सुरक्षा गुल्म हेडक्वार्टर रानी, सीमा सुरक्षा गुल्म हेडक्वार्टर सोराभाग तथा बीओपी जहदा भुटाहा
धरान/ सुनसरीको धरान–१६ लेखनाथ चोकबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ। लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने सूचनाका आधारमा वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले साेमबार राति करिब १० बजे धरान–१६ स्थित एक कोठामा खानतलासी गरेको थियो। उक्त कोठा धरान–१ का २४ वर्षीय कबिर सहनीले भाडामा लिएर बस्दै आएका थिए। खानतलासीका क्रममा प्रहरीले ब्राउन सुगर १.९१ ग्राम, ट्रामोल ६६० क्याप्सुल, डिकोलिक ६० ट्याब्लेट, डिसासईकोलिक ३६० ट्याब्लेट र स्पासपेन १२४ ट्याब्लेट बरामद गरेको जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सहनीसँगै धरान&n
धरान/ नेपाल विद्युत् प्राधिकरणका पूर्व प्रमुख कार्यकारी अधिकृत तथा उज्यालो नेपाल पार्टीका संस्थापक अध्यक्ष कुलमान घिसिङ सोमबार धरान-१६ स्थित सियोन स्कुलमा पुगेर विद्यार्थीहरू र शिक्षक सँग आफ्ना संघर्ष, सफलता र असफलताका अनुभव साझा गर्नुभएको छ। एक हजारभन्दा बढी विद्यार्थीमाझ आफ्ना जीवनका अनुभव सुनाउँदै घिसिङले सफलताका लागि निरन्तर प्रयास आवश्यक रहेको बताउनुभयो। उहाँले गाउँमा जन्मिएर खाली खुट्टा करिब डेढ घण्टा हिँडेर स्कुल जानेदेखि राति टुकीको उज्यालोमा पढेको र पछि काठमाडौं पुगेर अध्ययन गरेको अनुभव विद्यार्थीहरूसँग साझा गर्नुभयो। “जीवनमा जुनसुकै क्षेत्रमा लागे पनि पटक-पटक असफ
दुहबी/ नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत सुनसरीको दुहबी नगरपालिका वडा नं. ८ मा वडा अधिवेशन सम्पन्न भएको छ। २०८३ असोज ४ गते आइतबारका दिन आयोजित अधिवेशनले राम नारायण चौधरीको सभापतित्वमा नयाँ वडा कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधिहरू चयन गरेको छ। अधिवेशनले उप-सभापतिमा आशाराम चौधरी र महिला उप-सभापतिमा अस्मिता ऋषिदेवलाई चयन गरेको छ। त्यसैगरी सचिवमा रोषन अधिकारी तथा सह-सचिवमा सौरभ बहादुर कार्की निर्वाचित भएका छन्। वडा कार्यसमितिका सदस्यहरूमा हसिना चौधरी, सुदिप राई, हरि रिजाल, बिशाल साह, पदम बुढाथोकी, अक्तर मिया, संगिता श्रेष्ठ, ममता राई र कविता यादव चयन हुनुभएको छ। यसैगरी, अधिवेशनले वड
धरान/ धरान–८ तीनकुनेस्थित श्री श्री १०८ बाबा विश्वकर्मा मन्दिरमा असाेज १ गते सम्पन्न विश्वकर्मा पूजाको आय–व्यय सार्वजनिक गरिएको छ। मन्दिर व्यवस्थापन समितिले पूजाका क्रममा भक्तजन तथा श्रद्धालुबाट प्राप्त दान–दक्षिणा र भएको खर्चको विवरण सार्वजनिक गरेको हो। समितिका अनुसार विश्वकर्मा पूजाका अवसरमा विभिन्न शीर्षकबाट कुल २ लाख ८३ हजार रुपैयाँ आम्दानी भएको छ। जसमध्ये मोनी बाबा धुनाबाट ५० हजार, विश्वकर्मा, हनुमान तथा गणेश मूर्तिमा भक्तजनबाट प्राप्त दानबाट ६७ हजार ५ सय, मन्दिर विकासका लागि १ लाख ३२ हजार, राम दरबार, दुर्गा मन्दिर तथा शिव मन्दिरको भेटीबाट २० हजार र अन्य दान तथा आ
धरान/ धरानका उत्कृष्ट खेलाडी, प्रशिक्षक तथा खेलकुद क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गर्दै धरान खेलकुद मञ्चले तेस्रो ‘धरान खेलकुद अवार्ड’ आयोजना गर्ने भएको छ। मञ्चले आगामी असोज १२ गते सोमबार आयोजना गर्ने अवार्डमा विभिन्न खेल विधाका उत्कृष्ट खेलाडी, प्रशिक्षक, रेफ्री तथा प्राविधिक व्यक्तित्वलाई सम्मान गर्ने जनाएको छ। अवार्डको मुख्य आकर्षणका रूपमा यसपटक पहिलोपटक ‘धरान स्पोर्टस् पब्लिक च्वाइस’ सुरु गरिने भएको छ। धरानका चर्चित १० खेलाडीमध्ये मतका आधारमा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीलाई पुरस्कृत गरिने मञ्चका अध्यक्ष किशोर राईले शनिबार आयोजित पत
दुहबी/ नेपाली कांग्रेस दुहबी नगरपालिका वडा नम्बर ५ को वडा अधिवेशनबाट राजकुमार रौनियार (राजु)को नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। सम्पन्न १५ अौ अधिवेशनले वडा सभापति पदमा राजकुमार रौनियार (राजु)लाई सर्वसम्मत रूपमा निर्वाचित गरेको हो। अधिवेशनले सभापतिका साथै अन्य पदाधिकारी तथा सदस्यहरूसमेत सर्वसम्मतिमै चयन गरेको छ। नवगठित कार्यसमितिको उपसभापतिमा सुवास शर्मा र सरस्वती साह हलुवाई, सचिवमा नवीन कुमार रौनियार तथा सह-सचिवमा खेरुल खातुन चयन हुनुभएको छ। त्यसैगरी वडा कार्यसमिति सदस्यहरूमा सविना खातुन, हरि भक्त राई, बाबुराम खत्री, सन्तकुमार नुन्दी, बालेश्वर मल्लिक, प्रदिप स