मुलघाटबाट लागुऔषधसहित दुई जना पक्राउ

  • असोज ६, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धनकुटा/ धनकुटाको मुलघाटबाट प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

धनकुटा नगरपालिका–९ मुलघाटस्थित प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले सोमबार राति सवारीसाधन जाँच गर्ने क्रममा इटहरीबाट तेह्रथुमतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ज ४५१९ नम्बरको विद्युतीय गाडीमा सवार दुई जनालाई शंका लागेर जाँच गरेको थियो।

जाँचका क्रममा उनीहरूको साथबाट खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ स–साना प्लास्टिकका २५ वटा पोकामा प्याक गरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

त्यसैगरी खुला अवस्थामा हरियो रङका ५० वटा क्याप्सुल र सुन्तला रङका ४५ वटा ट्याब्लेटसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए।

बरामद खैरो धुलो पदार्थ प्लास्टिकबाहेक तौल गर्दा १ ग्राम २३० मिलिग्राम रहेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा भोजपुरको टेम्केमैयुङ गाउँपालिका–१ का २२ वर्षीय भोला राई र भोजपुर नगरपालिका–६ देउरालीका २४ वर्षीय प्रविन राई छन्।

दुवैलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनकुटामा ल्याएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

रामधुनीमा माउन्ट समि ...

रामधुनी/  रामधुनी नगरपालिका वडा नम्बर १, शिव चोकमा ...

पाँचथरमा खुकुरी देखा ...

फिदिम/ पाँचथरको कुम्मायक गाउँपालिका–१ यासोक ...

बजेट रोकिएपछि पूर्वा ...

खोटाङ/  कोशी प्रदेश सरकारले प्रदेशबाट विनियोज ...

धनकुटाको साँगुरीगढी ...

धनकुटा/  धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिकाले व ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved