धरान/ तीन बर्ष अगाडि कोशी प्रदेश सरकारको सहयोगमा चिस्यान केन्द्र निर्माणपश्चात धरान १३ स्थित कृषि बजारमा कृषि सामाग्री लिएर आउने व्यापारी तथा कृषकहरुलाई सहज भएको छ। विगतमा चिस्यान केन्द्र नहुदा लामोसमय सम्म सागसब्जी तथा फलफूल भण्डारण गर्न अफ्ठयारो थियो। त्यसबेला कृषि सामाग्री कुहेर फाल्नु पर्नेअवस्था थियो तर अहिले जस्तैे चिस्यान केन्द्र स्थापना पछि व्यापारी तथा व्यवसायी ढुक्क छन्। तीन बर्ष आडि सम्म कोशी पहाडी जिल्लाबाट धरान स्थित कृषि उपज बजार स्थलमा आएका कृषिजन्य उत्पादनहरु समयमै बिक्रि नसकिदा फ्याक्नुपर्ने बाध्यता थियो। फ्याक्नु पर्नेडरले जति मुल्य पाए पनि बिक्री गर्नुपर्ने हुन्थ्यो।
धरान/ प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने महान् पर्व बडादशैँ आजबाट सुरू भएको छ।आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिएको छ। बिहानै नृत्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा, माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा वा दशैँ घरमा विधिपूपर्वक जौ, मकैको जमरा राख्ने गरिन्छ। आजैदेखि दशैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आवाहन गरी पूजा आरम्भ हुन्छ।जौको अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यो रोपण गरी दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ
धरान/ वेराजगार हल गर्न निर्माण व्यवसायीहरुको ठूलो हात रहेको व्यवसायीहरुले बताएका छन । नेपाल निर्माण संघ सुनसरीले सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा आयोजित दशै, तिहार तथा छैठ पर्वको शुभकामनासहित कमिटी गठन गर्ने क्रममा बताएका हुन् । सम्पूर्ण रोजगारीको ४० प्रतिशत रोजगार प्रदान गरेको, विकास निर्माण लगायत भौतिक पूर्वाधार निर्माणमा राजश्वसको ८० प्रतिशत हिस्सा निर्माण व्यवसायीले नै तिर्ने गरेको बताउदै सरकारी निकायले निर्माण व्यवसायीलाई सधै दुःख दिने गरेको बताएका छन् । नेपाल निर्माण व्यवसायी संघ धरान नगर कमिटीका अध्यक्ष महेन्द्र प्रधानले सरकारी कामहरु गर्दा समयमै भुक्तानी नदिने, निर्माण सम्पन
धरान/ केही दिन अगाडिदेखि निरन्तर आएको बर्षाद्ले सडक सञ्जाल अवरुद्ध हुदा धरानमा सब्जीको मूल्य आकासिएको छ । पूर्वी पहाडी जिल्ला तथा तराईका विभिन्न स्थानबाट आउने सागसब्जी बर्षाद्ले बारीमै नष्ट गरिदिएको र सडक सञ्जाल अवरुद्ध हुदा बजारसम्म सागसब्जी आइनपुगेका कारण बजारमा आउने भन्दा खपत बढी हुदा मूल्य आकाशिएको कृषि उपज बजारले जनाएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत विष्णु आचार्य भान्सामा दैनिक चाहिने सागसब्जी किन्न जाँदा बजार भाउ सुनेर छक्क परिन् । अरु बेला ४० देखि ५० रुपैयासम्म पर्ने टमाटार होलसेलमै १ सय १० र खुद्रामा किन्दा १ सय ५० सम्म पर्ने भएपछि सर्वसाधारणले किनेर
धरान/ सुनसरी जिल्लाकै शान्ति सुरक्षाको विषयमा धरानमा सरोकारवालाहरुवीच छलफल भएको छ । सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा निकट रहेको वडा दशै, नेपाल सम्बत र छठ पर्वको शुभकामना आदानप्रदानसँगै शान्ति सुरक्षा सम्बन्धी वृहत छलफल भएको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी सहित जिल्लाका सुरक्षा निकायका प्रमुख, इलाका प्रहरी कार्यालयका प्रमुख, कोशी प्रदेशका प्रहरी प्रवक्ता, इलाका प्रशासन कार्यालय धरानका प्रमुख, सशस्त्रका प्रमुख, जिल्ला ट्राफिक कार्र्यालयका प्रमु्ख, कोशी प्रदेश साँसद, विभिन्न राजनैतिक दलसँग आवद्ध स्थानीय नेतृत्व, सामाजिक संघ संस्थाका प्रतिनिधि एवम् सर्वसाधारणको छलफलमा उपस्थिति रहेक
धरान । कोशी प्रदेशमा अविरल बर्षासँगै बाढी पहिरो र डुबानको उच्च जोखिममा रहेको मौसम विभागको अनुमान रहेको छ । विभागका अनुसार कोशी प्रदेशभरी आज दिनभरी नै बर्षा हुने जनाइ्रएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सर्दु, सुनसरी खोला, बुढी खोला, खेसलिया खोला लगायत अन्य स–साना खोलामा आकस्मिक बाढीको तथा होचो भू(भागमा डुबानको जोखिम हुनसक्ने भएकाले सतर्क रहन अनुरोध गर्दै सूचना जारी गरेको छ । सुनसरीको तरहरासँगै मोरङको केराबारी, हरैंचा, बाहुनी, उदयपुरको उदयपुरगढी, झापाको बाहुनडाँगी, दमक, अनारमणिविर्ता, इलामको कन्काई माईचुली, खोटाङ, भोजपुर लगायतका जिल्लामा पनि वर्षा भइरहेको छ ।म
धरान । धरानका निर्माण व्यवसायीहरु संगठित भएका छन् । धरानमा पहिलो पटक नेपाल निर्माण व्यवसायी संघ समिती गठन गरेसँगै व्यवसायीहरु संगठित भएका हुन । मंगलबार धरानमा निर्माण व्यवसायहरुको बृहत भेलाद्धारा व्यवसायी महासंघ कोशीका अध्यक्ष जनसेव भण्डारीको प्रमुख आतिथ्यतामा समिती गठन भएको हो ।उक्त भेलाद्धारा महेन्द्र प्रधानको नेतृत्वमा ९ सदस्य कार्य समिती बनेको छ । उक्त समितीमा प्रथम उपाध्यक्षमा उत्तम कुमार श्रेष्ठ,द्धितीय उपाध्यक्ष विजय तामाङ ,महासचिब, अशीष कटवाल,सचिव विश्वबन्धु लिङ्थेप र कोषाध्यक्षमा नारायण लिम्बूलाई सर्व सम्मत चयन गरिएको छ । सदस्यहरुमा क्रमसः प्रकाश थापा मगर,जयप्रकाश शर्मा र नरेन कुमार
इलाम/ शनिबार दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध हुँदा पूर्वी पहाडका इलाम, पाँचथर र ताप्लेजुङ प्रभावित बनेका छन् । बाढीले काबेली करिडोर विद्युत् प्रसारण लाइनमा क्षति हुँदा विद्युत् सेवा अवरुद्ध भएको हो । ती जिल्लाका सदरमुकामसहित सबै गाउँ–नगर अन्धकार बनेका हुन् । विद्युत् अवरुद्ध हुँदा यी जिल्लाबाट प्रसारण भइरहेका एफएम रेडियो, पत्रपत्रिका र अनलाइनलगायत सञ्चारमाध्यम बन्द भएका छन् । मोबाइल चार्ज गर्न समस्या हुँदा सेवाग्राही प्रभावित भएका छन् । विद्युत् अवरुद्ध सेवा हुँदा सानाठूला उद्योग समस्यामा परेका छन् । बाढीले काबेली करिडोर एक सय ३२ किलोभोल्ट (केभी) प्रसारण लाइनमा क्षति पुगेपछि वि
धरान/ बर्षादका कारण तीन बर्ष अगाडि सम्म बर्षैनी धरानसँग सम्बन्ध विच्छेद हुने विष्णुपादुकाबासीलाई अहिले जस्तोसुकै बाढी आए पनि उनीहरुलाई कुनै त्रास छैन, खोलामा पुल निर्माण भएपछि धरान आउजाउमा समस्या छैन भने गाउँमा उत्पादन भएको कृषि सामाग्री निर्धक्क ल्याउन पाएका छन् । विगतमा बर्षाद्को समयमा विष्णुपादुका बासी त्रासमा बाच्न बाध्य थिए । धरान ११ र धरान २० जोड्ने सर्दुखोलामा पुल नहुदा खोलामा आएको बाढीले धरानसम्म आउन मुस्किल थियो, त्यसबेला विष्णुपादुका धरान उपमहानगरपालिकाभित्र परे पनि कृषि पकेट क्षेत्र विष्णुपादुकाको कृषि उत्पादन बजारसम्म ल्याएर विक्री गर्न समेत मुस्किल थियो । तर ०७८ सालमा पुल न
काठमाडौं/ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले बाढीपहिरो पीडितका लागि केन्द्रीय राहत कोष स्थापना गरेको छ । पार्टीको ग्लोबल आइएमई बैङ्क कोटेश्वर शाखामा रहेको ३६०१०१०००००४५ नम्बरको खातामा रकम जम्मा गर्न सकिने गरी केन्द्रीय राहत कोष स्थापना गरिएको माओवादीले जनाएको छ । पदाधिकारी बैठकको निर्णयअनुसार राहतकोष स्थापना गरेर माओवादी केन्द्रले माताहतका कमिटीलाई राहत जम्मा गर्न परिपत्र पनि गरिसकेको छ । सो केन्द्रीय राहतकोषमा सङ्घीय संसद्का सदस्य र प्रदेशसभा सदस्यहरुले दश–दश दिनको पारिश्रमिक जम्मा गर्ने छन् । स्थानीय तहका जनप्रतिनिधिलाई स्वैच्छिक सहयोग गर्न माओवादी केन्द्रले परिपत्र स