स्थानीय

    Showing ५,२७१-५,२८० of ५,३६६ items.
  • युवा नेता मुकेशद्वारा सडक निर्माण कार्यको थालनी

    धरान जेठ १७ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का युवा नेता मुक्सामहाङ्ग मेन्याङ्वो ( मुकेश )  ले धरान १५ स्थित बाँजोगरा सामुदायिक वनको भवनदेखि साकेला थानसम्मको सडक निर्माण कार्यको शिलान्यास गरेका छन् । करिब ३१ लाख लागतमा निर्माण हुने उक्त सडकको लागि नेता मुकेशलेको पहलमा प्रदेश सरकारले स्थानीय तहलाई दिने शर्सत अनुदानबाट २५ लाख बिनियोजन भएको थियोे । शनिवार बिहान बाँजोगरा सामुदायिक वन उपभोक्ता समिति र निर्माण समितिले आयोजना गरेको उक्त शिलान्यास कार्यक्रममा धरान–१५ का वडा अध्यक्ष नरेशकुमार ईङवारम, वन समितिका अध्यक्ष राजन मोक्तान, पञ्चकन्या वन कार्यालयका प्रतिनिधि लगायतको उपस्थित थियो

    • प्रकाशित मितिः जेठ १७, २०७७
    • १,०२२ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान उपमहानगरपालिकाको बैठक स्थगित

    धरान । सबै कार्यपालिका सदस्यहरुलाइ खबर नभए पछि धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक स्थगित भएको छ । कार्यपालिका बैठकका लागि निर्वाचित वडाअध्यक्ष बाहेकका ८ जना कार्यपालिका सदस्यहरुलाई खबर नगरे पछि उनीहरुको अनुपश्थित रहे पछि बैठक स्थगित गरिएको हो । कार्यपालिका बैठकका लागि ५ जना महिला, एकजना दलित र दुई जना अल्पसंख्यक गरि ८ जना कार्यपालिका सदस्यहरुलाई खबर गरिएको थिएन । आठ जना निवार्चित कार्यपालिका सदस्यहरु उपस्थित नभएको र खोजी गर्दा बैठकबारे कसैलाई पनि खबर नपुगेको थाहा भएपछि स्थगित गरिएको प्रवक्ता एवं वडा नं २० का अध्यक्ष मणिराम राईले जानकारी दिए । बैठक आइतबारको लागि सारिएको उनले बताए । कुनै

    • प्रकाशित मितिः जेठ १७, २०७७
    • ३,२१४ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना संक्रमित रातभरि बाहिर

     धरान । झापाबाट धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएका कोरोना संक्रमित बिरामीलाई रातभरी बाहिर राख्नु प्रतिष्ठानको चरम लापरवाही रहेको सामाजिक विकाश मन्त्री जिवन घिमिरेले बताएका छन् । झापाको केचनाकवल गाउँपालिकाबाट ल्याइएका २७ जना कोरोना संक्रमितहरुलाई बेडको अभाव देखाउँदै रातभरी बाहिर राख्नु प्रतिष्ठानको लापरवाही रहेको उनले बताए । रातभरी बाहिरै बस्नु परेको भन्दै बिरामीहरुले गुनासो गरे पछि मन्त्री घिमिरे शनिबार बिहानै धरान आएका थिए । मन्त्री घिमिरले संक्रमितहरुलाई रातभर बाहिरै राखेर अमानवीय कार्य भएको बताए । साथै उनले वीपी जस्तो प्रतिष्ठित स्वास्थ्य संस्थाबाट लापरवाही

    • प्रकाशित मितिः जेठ १७, २०७७
    • १,६२१ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रातभरी गेट बाहिर बसेका कोरोना संक्रमितलाई आइसोलेसनमा राखियो

    धरान । बेडको अभावमा रातभरी अस्पताल बाहिर बसेका झापाबाट आएका २७ जना कोरोना संक्रमितहरुलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा भर्ना गरिएको छ । शुक्रबार साँझ झापाको कचनकवल गाउँपालिकाबाट बसबाट धरान आएका २७ जना कोरोना संक्रमितलाई बेड अभावले गर्दा व्यवस्थापनमा कठिनाई भएको प्रतिष्ठानका प्रवक्ता डा. नितेश सापकोटाले बताए । उनले भने, ‘आज बिहानै उनीहरु सबैलाई आइसोलेसनमा भर्ना गरिसकिएको छ, समन्वय नहुँदा केही समस्या आएको थियो ।’ पेइङ वार्डलाई आइसोलेसन कक्ष बनाइएको छ । आइसोलेसनमा करिब ६० जना बिरामी भएकाले तुरुन्तै सबैलाई भर्ना गर्न नसक्दा समस्या भएको उनको भनाई छ । संक्रमणक

    • प्रकाशित मितिः जेठ १७, २०७७
    • १,१५४ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लकडाउनमै पोखरिया माविमा विद्यार्थी प्रवेश परीक्षा

    विराटनगर । कलडाउन अवज्ञा गर्दै स्वास्थ्य जोखिम मोलेर विराटनगरको पोखरिया माध्यामिक विद्यालयले विद्यार्थी भर्ना गर्न भन्दै प्रवेश परीक्षा लिएको छ । विद्यालयले विद्यार्थीको समूह नै जम्मा पारेर विद्यालयमा प्रवेश परीक्षा लिएपछि टिकाटिप्पणी शुरु भएको छ । विराटनगर–३ मा रहेको पोखरिया माविले प्रवेश परीक्षा लिएपछि निजी विद्यालयहरुको संगठन प्याब्सन र एनप्याब्सनले सरकारी निर्देशनको अवज्ञा भएको भन्दै आपत्ती जनाएका छन् । पोखरियाले दैनिक विभिन्न कक्षाका विद्यार्थी भिंडभांड गराएर प्रवेश परीक्षा लिइरहेको छ । प्याब्सन मोरङका अध्यक्ष अर्जुन बस्नेतले अतिआवश्यक खाद्यान्न र औषधि पसलहरुसमेत सामाजिक दुरी काम ग

    • प्रकाशित मितिः जेठ १६, २०७७
    • ९९२ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रुकुम घटनाको विरोधमा सुनसरीमा प्रदर्शन

    धरान । रुकुममा दलित युवाको हत्या गरेको विरोधमा दोषिलाई कारवाहीको माग गर्दै सुनसरीका विभिन्न स्थानमा विरोध प्रदर्शन गरिएको छ । दलित संघसस्थाहरु सहित गैह्रदलितले दोषिलाई कडा कारवाहीको माग गर्दै राजनितिक आडमा घटनालाई मोड्न खोजिएको भन्दै विहिबार सुनसरीको धरान, इटहरी, बराहक्षेत्र लगायतका स्थानहरुमा विरोध प्रदर्शन गरेका हुन् । धरान र इटहरीको मुख्य बजारहरुमा विरोध र्याली प्रदर्शन गर्दै कोणसभामा परिणत भएको थियो । कोणसभामा दलित अधिकारकर्मीहरुले घटनाको सत्यतथ्य छानबिन गरि हदै सम्मको कारवाही गर्न माग गरेका छन् । धरानमा दलित विकाश समितीको अगुवाईमा विभिन्न दलित संघसस्थाहरु सहभागि रहेका थिए । कोणसभालाई सम्

    • प्रकाशित मितिः जेठ १५, २०७७
    • ८७४ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नवराज विकसहित पीडित परिवारलाई न्याय दिलाउन इटहरीका दलित समुदाय आन्दोलित

    इटहरी÷भेरी नगरपालिका–४ जाजरकोटका नवराज विक र चौरजहारी नगरपालिका–८ सोती रुकुमपश्चिमका सुष्मा मल्लबीचको प्रेम विवाहलाई लिएर भएको घटनामा यही जेठ १० गते ज्यान गुमाएका नवराज विकसहित पीडित परिवारलाई न्याय दिलाउन इटहरीका दलित समुदाय आन्दोलित भएका छन् । बिभिन्न राजनीतिक पार्टीमा आवद्ध दलित समुदायका प्रतिनिधि, स्वतन्त्र दलित अधिकारकर्मी र मानव अधिकारकर्मीहरुले बिहीबार इटहरीमा व्यक्तिगत दुरी कायम गर्दै ९लकडाउनको पालना गर्दै० प्लेकार्ड बोकी इटहरीको गोलचौक परिक्रमा गरे । दलित अधिकारकर्मीहरुको आन्दोलनलाई नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०, नेपाली काँग्रेस, जनता समाजवादी पार्टीका नगरस्तरीय

    • प्रकाशित मितिः जेठ १५, २०७७
    • १,३२९ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आफ्नो बाटो बनाउन जनता आफै जुटे

    कालाबन्जर ।वराहक्षेत्र ४ धनपुरी थलाह टोलका जनता आफ्नो गाउँ आफै बनाउने अभियानमा जुटेका छन् । उनिहरु बन्दाबन्दीको बेला सबैजना गाउँघरमै भएको अवसरमा आफ्नो टोलको साघुरो बाटो बिस्तार गर्न जुटेका हुन् । राहुल राइको अध्यक्षतामा समिती गठन गरि सरस्वती माबी अगाडी रहेका ३ वटा १४ फिटे बाटालाइ न्युनतम २० फिटे बनाउने काम थालिएको छ । सबैले श्रमदान गरिरहनु भएको छ । सामाजिक दुरि कायम गरि काम गर्दैछौ । हाम्रो योजना अनुसार लगभग ७ सय मिटर बाटो खन्नु पर्ने छ ।  समितीका सचिब सुशील सुहानीले बताए । यो बस्ती २०७१ ( ०७२ मा सुनसरी मोरङ सिंचाइ आयोजनाले नहर डिलका घरहरु हटाए पछि बसेको हो ।  आपत बिपत पर्दा साघुर

    • प्रकाशित मितिः जेठ १४, २०७७
    • १,१२६ पटक पढिएको
    • "अच्युत भट्टराई ,"
  • प्रदेश १ बाट थप ४ जना डिस्चार्ज

    विराटनगर । प्रदेश नं. १ बाट आज थप ४ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत उदयपुरको भुल्केका एक पुरुष सहित ४ जना डिस्चार्ज भएका हुन । डिस्चार्ज हुनेमा ५८ वर्षीय मो.अलिजान, ३६ वर्षीया जुवेदा खातुन, ४० वर्षीय माधो खातुन र ६५ वर्षीय सविरण खातुन रहेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका जनस्वास्थ्य अधिकृत ज्ञानबहादुर वस्नेतले जानकारी दिनुभयो । आज डिस्चार्ज भएका मो.अलिजान र जुवेदा खातुन वैशाख ९ गते र अन्य २ जना वैशाख २७ गते अस्पतालमा भर्ना भएका थिए । डिस्चार्ज भएका सवैलाई उदयपुरको भुल्के पठाईएको उहाँले बताउनुभयो । ४ जना डिस्चार्ज भएसँगै प्रदेश १ बा डिस्चार्ज हुने

    • प्रकाशित मितिः जेठ १४, २०७७
    • १,३८९ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना संक्रमण पुष्टि भएकाहरुलाई वर्गीकरण गरि उपचार गर्ने प्रदेश १ सरकारको तयारी

    विराटनगर । प्रदेश १ मा कोरोना संक्रमण पुष्टि भई लक्षण देखिएका बिरामीलाई मात्र अस्पतालमा राखेर उपचार गर्ने सरकारले तयारी गरेको छ । परीक्षण गर्दा कोरोना पुष्टि भएका तर रोगको लक्षण नदेखिएका बिरामीलाई भने सरकारले तोकेको र तयार गरेको आईसोलेसन केन्द्रमा राखेर उपचार हुनेछ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोनाको लक्षण देखिएकाहरुलाई प्राथमिकता दिई सरकारद्वारा संचालित कोभिड अस्पतालमा भर्ना गरी उपचार गरिने जानकारी दिदैं भने,“रिपोर्ट पोजेटिभ आएकाहरुलाई आईसोलेसन केन्द्रमा राखेर निगरानीसंगै उपचार हुनेछ ।” बिरामीलाई वर्गीकरण गरेर उपचार गर्ने प्रदेश सरकारले योजना बनाएको घिमिरेल

    • प्रकाशित मितिः जेठ १४, २०७७
    • १,०४३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved