धरान । लकडाउनले सवारी साधन नचल्दा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारमा आएका मृगौला रोगीहरु समस्यामा परेका छन् । सवारी साधन नचल्दा प्रतिष्ठानमै बस्न बाध्य बनेका बिरामीहरुले डाइलासिस गर्दा सरकारले दिइने सुविधा समेत नपाएको र खाना बस्न समेत समस्या भएको छ । लामो समयको लकडाउनले गर्दा धरान स्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डायलासिसका लागि आएका बिरामीहरु अलपत्र परेका छन् । हप्तामा दुई पटक डायलासिस गर्नुपर्ने बिरामीहरु सवारी साधन संचालन नहुँदा प्रतिष्ठानमै बस्न बाध्य छन् । बिरामीहरुलाई एका तिर खाने र बस्नेकै समस्या रहेको छ भने अर्को तिर डायलासिसका लागि सरकारले दिएको निशु
धरान । लामो समय देखिनै विवादित बनेको धरानको खानेपानी परियोजनाको खर्च पारदर्शी गर्न माग गर्दै धरान उपमहानगरपालिकाको प्रवेशद्वारमा धर्ना सहितको प्रर्दशन गरेको छ । संयुक्त खानेपानी संघर्ष समितीले चार सुत्रिय माग राख्दै सोमबार नगरपालिकाको प्रवेशद्वारमा प्रदर्शन गरेका हुन् । उनीहरुले परियोजनाको खर्च पारदर्शी बनाउनुपर्ने, खानेपानी अनुगमन समितीले दिएको सुझाव अनुसार सरकारले निर्धारण गरेको टेरिफ अनुसार महशुल निर्धाणर गर्नु पर्ने र आयोजनाको अध्ययन र अनुगमन गरि भ्रष्ट्राचार भएको देखिए सम्बन्धित कर्मचारी तथा जनप्रतिनिधीलाई कारवाही गर्नु पर्ने माग गरेका छन् । समितीका उपसंयोजक हर्क साम्पाङले नगर प्रमुख त
धरान । कोरोना संक्रमणका कारण वैदेशिक रोजगारीमा गएर फर्किएका हरुलाई क्वारेन्टाइनमा राख्न धरानका होटलहरु प्रयोग गरिने भएको छ । बाहिरी मुलुक बाट आएका व्यतिहरुलाई होटलको क्वारेन्टाइनमा राख्ने सरकारको निर्णय गरेअनुरुप धरानका ११ वटा होटललाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्ने भएको हो । नेपाल सरकार र होटल एसोसिएशन अफ नेपाल बिच भएको समझौता अनुसार नै धरानका ११ वटा होटलहरुलाई क्वारेटाइनको रुपमा प्रयोग गर्न सकिने भएको छ । जिल्ला प्रशासन कार्यलय सुनसरीले सार्वजनिक गरेको सुची अनुसार धरानको होटल कञ्चनजंघा, होटल इजीराइडर, होटल यती र होटल डोबमा नेपाल सरकार र होटल एसोसियसन अफ नेपाल बिच भएको सम्झौता अनुसारको द
धरान । कोरोना संक्रमणको अवश्था र लकडाउनमा रिर्पोटिङ गर्दा पत्रकारलाई हुने तनावलाई व्यवस्थापन गर्न धरानका पत्रकारहरुलाई १ दिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ । रुपान्तरण नेपालको आयोजनामा शनिबार धरानका करिब ३५ जना पत्रकारहरुलाई तनाव व्यवस्थापन सम्बन्धी अभिमुखिकरण गरिएको हो । प्रदेश सभाका सभामुख प्रदिप कुमार भण्डारीको निर्वाचन क्षेत्र विकाश कोष मार्फत एक दिने अभिमुखिकरण तालिम प्रदान गरिएको हो । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका मानसिक विभागका चिकित्सक निदेश सापकोटाले तनाव व्यवस्थापनको विषयमा सहजीकरण गरेका थिए । सुनसरी उद्योग वाणिज्य संघ धरानको सभाहलमा भएको अभिमुखिकरण कार्यक्रम
धरान । नगर प्रमुखले समन्वय गर्न नसक्दा धरान उपमहानगरपालिकाको नगरसभा असार १० मा हुन नसक्ने सम्भावना बढ्दै गएको वडाअध्यक्षहरु बताउँछन् । नगर प्रमुख तिलक राईले मनोमानी ढंगले आफ्ना योजना तथा निति कार्यक्रमहरु लाद्नका लागि कसै संग पनि समन्वय नगरेको उनीहरुको आरोप छ । नगरसभा गर्ने मिति नजिकिदै गर्दा पनि अझै वडाअध्यक्षहरु सँग कुनै छलफल नै नगरेकाले समयमै नगरसभा नहुने उनीहरुको भनाई छ । असार १० गते नगर सभा गर्नका लागि करिब १५ दिन अघिनै वडाका योजनाहरु माग गर्नुपर्ने हुन्छ । नगरले बनाउने निति तथा कार्यक्रमहरुका विषयमा छलफल गरिसक्नुपर्ने थियो, तर अहिले सम्म नगरको आय, नयाँ कार्यक्रमका विषयमा छलफल नै नभएको
धरान/ धरान स्थित बिपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज थप ७ जना संक्रमित डिस्चार्ज भएका छन् । संक्रमण पुष्टि भएपछि प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएका उनीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । प्रवक्ता सापकोटाका अनुसार मोरङ रतुवामाईका थप २५ जना संक्रमितहरु हिजो मात्रै प्रतिष्ठानमा भर्ना भएका छन् । प्रतिष्ठानबाट मात्रै ११० जना संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन् भनृे ४९ जना संक्रमितहरु प्रतिष्ठानमै उपचाररत छन् ।
धरान । सवारी चालक पेशा गर्दै आएका धरानका एक व्यक्तिले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका छन् । धरान १३ का ४२ वर्षीय रामकुमार जबेगुलाई सोमबार बिहान आफ्नै घरको झयालको ग्रिलमा झुण्डिएको अवश्थामा परिवारले फेला पारेका थिए । जबेगु डेढ वर्ष अघि देखि चालक पेशामा आवद्ध रही आफ्नो भाईको परिवारसँग बस्दै आएका तर हालसम्म पनि अविवाहित रहेको परिवार स्रोतले जनाएको छ । परिवारका अनुसार उनी अत्याधिक मादक पदार्थ सेवन गर्ने र मानसिक सन्तुलन पनि गुमेको हुनाले घर छोडि हिँड्ने गरेका थिए । घर परिवारको सदस्यले खोजी ल्याउने गरेको स्थानियहरू बताउँछन । घटनाको ईलाका प्रहरी कार्यालय धरानका प्रहरी निरिक्षक हेमराज ओलीको
धरान । लकडाउनका कारण आफ्नै देश गएका भारतीय नागरिकहरु रोजगारीका लागि धरान फर्किन थाले पछि कोरोनाको संक्रमण फैलन सक्ने भन्दै स्थानीयहरु चिन्तित भएका छन् । भारतीय नागरिकहरु रातको समयमा लुकिछिपी धरान फर्कन थालेका छन् । कोरोनाको संक्रमण अहिले पनि यथावतनै रहेको अवश्थामा भारतीयहरु लुकिछिपी फर्कदा संक्रमण फैलन सक्ने भन्दै स्थानीयहरु चिन्तित बनेका हुन् । उनीहरुले तिनकुने नाकालाई कडाई गर्नु स्थानीय प्रशासन सँग आग्रह पनि गरेका छन् । आइतबार राती धरान ७ मा एक भारतीय नागरिक लुकिछिपी धरान आइपुगे पछि स्थानीयहरु अझ बढी चिन्तित बनेका छन् । कोरोना संक्रमण फैलिनु अघि नै उनी भारत गएका थिए । फारबिसगञ्जका ति युवा
धरान ८ भोटेपुलमा रहेको होटल गजुर प्यालेसको टिमले विवाहको संयोजन ९वेडिङ प्लान० गर्ने भएको छ । गजुर वेडिङ प्लानर्स एण्ड इभेन्ट म्यानेजमेन्ट भनी यस कार्यको थालनी गरिएको छ । करीब एक साता अघि यस विषयमा तालिम लिएर प्लानिङ समुह तयार गरीएको होटल गजुरकी सिओओ रञ्जना झाले बताइन । ुगजुर वेडिङ प्लानर्सले देशभर सेवा दिनेछ । एउटा विवाहका लागी आवश्यक पर्ने सबै सेवा जस्तै संगित, हल्दी कार्यक्रम, मेहेन्दी कार्यक्रम, स्थान, फोटोग्राफी र भिडियोग्राफी, क्याटरीङ, डेकोरेसन सबै उपलब्ध हुनेछ ।ु उनले भनिन, ुहामी १० जनाको टिमले हरेक व्यक्तिको महत्वपूर्ण अवसर विवाहलाई अविस्मरणिय बनाउनका लागी पूर्ण रूपले लागी पर्नेछौ ।ु
धरान । दलित तथा महिलाहरु माथि हुने विभेद अन्त्यका लागि उपेक्षित उत्थान सरोकार केन्द्र धरानले १ दिने अभिमुखिकरण तालिम सम्पन्न गरेको छ । धरान उपमहानगरपालिका वडा नम्बर ८ को लक्षित वर्गको कार्यक्रम अन्र्तगत विहिबार केन्द्रले धरान वडा नम्बर ८ का दलित समुदायका ४५ जना महिला तथा पुरुषहरुलाई लैङिगक समानता, सामाजिक समावेशिकरण र छुवाछुत सम्बन्धी अभिमुखिकरण तालिम प्रदान गरेको हो । कार्यक्रमको समापनमा नेकपाका धरान नगर इञ्चार्ज चोत्लुङले सामाजिक वैचारिक महामारीले ग्रस्त पारेको समाज परिवर्तनका लागि अघि बढ्नु पर्ने आवश्यक्ता रहेको बताए । उनले संविधान, कानुनलाई कार्यान्यवन गर्न चुनौति रहे पछि त्यसलाई चिर्दै स