धरान / धरान बास्केटवल संघको आयोजना, धरान उपमहानगरपालिकाको संयोजन तथा सुनसरी बास्केटवल संघको सहयोगमा संपन्न पाँचौ बास्केटबल ट्यालेण्ट हण्टको आज समापन भएको छ । समापनको दिन सहभागि दुई दर्जन विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथी धरान उपमहानगरपालिका मेयर तिलक राईले प्रमाण् पत्र वितरण गरेका थिए । धरानका एसइइ दिएर बसेका विद्यार्थीहरुको लक्षित गरेर आयोजना गरिने ट्यालेण्ट हण्टबाट हरेक वर्ष २ दर्जन बढी विद्यार्थीलाई धरानको विभिन्न कलेजमा संघको सिफारिसमा छात्रावृती प्रदान गर्दै आएको छ । विगत वर्ष जस्तै यस वर्ष पनि २ दर्जन भन्दा बढी विद्यार्थीलाई संघको सिफारिसमा एम्स एकेडेमि र डिपोट कलेजले छात्रावृत
धरान धरानमा शुक्रबार विहान थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सगै धरानमा धरानमा संक्रमतिको संख्या ३ सय ११ पुगेको छ । धरान उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुखका अनुसार आज थप २२ जनामा संक्रमण पुष्टि भएको हो । उनका अनुसार इलका प्रहरी कार्यलयका ५ जना थुनुवा २९ ,३४,२४ वर्षीय लागु औषध मुद्धामा पक्राउ परेका तिन जना पुरुष त्यसै गरि जबरजस्ति करणीको मुद्धामा पक्राउ परेका ४६ र ३३ वर्षीय दुई जना पुरुषमा संक्रमण पुष्टि भएको छ । त्यस्तै इलका प्रहरी कार्यलय धरानमा कार्यरत ३२,२५,२३,र २० वर्षीय ४ जना प्रहरी जवानमा पनि संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकाहरु कुन दर्जाका हुन भन्ने नखुलेको
धरान भदौं २५ : सुनसरी जिल्ल प्रशासनले जारी गरेको निषेधाज्ञालाई केही खुकुलो बनाएर भदौं २३ गते देखि दिउसो २ बजे सम्म बजार खोल्न अनुमति दिए सगै धरान बजारमा चहलपल सुरु भएको छ । नोभेल कोरोना भाइरसको (कोभिड १९)को संक्रमण रोक्न सरकारले विगत ६ महिना देखि बन्द भएका बजारहरु सञ्चालनमा आएका छन् । बजार सञ्चालनमा आए सगै व्यपारीहरुले विगत ६ महिना देखि ठप्प रहेको व्यापार जुरमुराउन थाले पछि यस्ले केही हद सम्म राहात मिलेको बताएका छन् । प्रशासनले अझै पनि केही व्यवसायहरुमा रोक लागाएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द«मणि पोखरेलका अनुसार ब्युटि पार्लर , स्पा जिमहल , सिनेमा हल , हाट बाजरलाई अर्काे
धरान । गत सोमबार आफ्नै घरमा झुण्डिएको अवश्थामा भेटिएकी एक युवतीको मृत्यु शंकास्पद रहेको भन्दै माइती पक्षले इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिए पछि ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । तीन महिना अघि मात्रै विवाह गरेकी तेह्रथुमकी सोनिहाङ्मा लिम्बु आफ्नै कोठामा झुण्डिएको अवश्थामा सोमबार बिहान फेला परेकि थिईन् । उनको पाखुरामा केही निसान देखिए पछि मृतकका परिवारले शंकास्पद रहेको भन्दै इलाका प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरीका आधारमा प्रहरीले मृतकका श्रीमानका आफन्तलाई पक्राउ गरेको हो । मृतक लिम्बुले धरान ११ स्थित सिसौ पथमा बस्ने सिंगापुर सेनामा कार्यरत आइत माबो सँग ३ महिना अघि विवाह गरेकी
धरान भदौं २४/ विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभेल कोरोना भाइरस (कोभिड १९) को संक्रमण नियन्त्रण तथा रोकथामको लागि संघीय सरकराले जारी गरेको लकडाउनका कारण सबै व्यापार व्यवसाय प्रायः ठप्प छन् । कोरोनाको संक्रमण रोक्न संघीय सरकारले चैत ११ गते देखि लकडाउनको घोषणा गरेको थियो । संक्रमण समुदाय स्तरमा फैलदै गएपछि जिल्ला प्रशासन तथा स्थानिय तहले गरेका लकडाउन , निषेधाज्ञाका कारण व्यवसायी थप मारमा परेका छन् । लकडाउनको प्रभाव धरानको मासु व्यवसाय पनि परेको छ । जिल्ला प्रशासनले जारी गरेका निषेधाज्ञा को साउनको अन्तिम साता देखि मोडल परिमार्जित गरि विहानको समयमा व्यवसाय सञ्चालन गर्ने अनुमती दिए सगँ
धरान । सुरक्षाकर्मीहरुलाई कोरोना पुष्टि भए सँगै थुनामा रहेका थुनुवाहरुलाई कोरोना संक्रमण देखिन थालेको छ । इलाका प्रहरी कार्यालय धरानमा प्रहरी नियन्त्रणमा रहेका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सँगै धरानमा २ सय ७५ जनामा कोरोना पुष्टि भएको छ । कारोना पुष्टि भएका थुनुवा मध्ये ४ जना धरानका हुन् भने एक जना इटहरी र अर्को खोटाङको रहेको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताए । उनका अनुसार थुनामा रहेका धरान १३ का २० वर्षिय, धरान १५ का २९, १९ र २३ वर्षका युवाहरु रहेका छन् भने इटहरीका ३० वर्षिय खोटाङका २६ वर्षिय युवा छन् ।
इटहरी । इटहरीको एक होटलमा काम गर्ने कामदार सहित इटहरीमा शनिबार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । इटहरी स्थित हिरा होटलमा कार्यरत ४० वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ भने एरिना टेलिभिजनका सञ्चारकर्मी २४ वर्षिय पुरुष, इटहरी ९ का १ जना २९ वर्षिय महिला, इटहरी १३ का १ जना ४१ वर्षिय पुरुष, शसस्त्र प्रहरी वल पकली का ३ जना र कोशी अस्पतालमा जाँच गरेका इटहरी १७ का १ जना ४५ वर्षिय महिला रहेका छन । इटहरी उपमहानगर अन्तरगत स्वास्थ्य शाखाका अनुसार भदौ १५ गते अघि बेग्ला बेग्लै मितिमा गरिएको पिसिआर परिक्षणबाट प्राप्त रिपोर्ट अनुसार शनिबार बिहान ८ जना थपिएका हुन । यो संगै इटहरीमा क
धरान। हिरासतमै मृत्यु भएका दलित युवाको को न्यायका लागि अनसनमा बसेका पुर्बमन्त्री बिसेन्द्र पासवानलाइ प्रहरीले जबर्जस्ती पक्राउ गरि धरान स्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको लागि ल्याएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटको हिरासतमा विजय रामको रहश्यमय मृत्यु भएपछि मृतकका परिवारलाई क्षेतिपुर्ती र दोसिलाई कार्वाहीको माग गर्दै पासवान अनसनमा बसेका थिए । उनलाइ अनसनमा वसेको समयमा प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले गुन्डागर्दी शैलीमा पक्राउ गरेको उनले आरोप लगाएका छन् । विजय रामको रहश्यमय मृत्यु भएपछि मन्त्रि पासवान सहित पुर्व संसद तथा राष्ट्रिय सभा सदस्य रामप्रित पासवान र भिम पै
धरान । बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानकि एक नर्सकि ४ महिने छोरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । धरानमा आज ४ महिने शिशु सहित अन्य ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो संगै धरानमा संक्रमितको संख्या २ सय पुगेको छ । शुक्रबार आज कोरोना पुष्टि भएका हरुमा धरान ११ का ८५ वर्षीय पुरुष र अर्को धरान ११ ठेगाना लेखिएको अहिले सम्म सम्पर्कमा नआएको एक ३७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले जानकारी दिए ।
धरान । बुधबार साँझ १७ जना सहित विहिबार बिहान भेटिएका २ जना गरि धरानमा चौबिस घण्टामा १९ जनामा थप कोरोना संक्रमण पुष्टि भएको छ । धरानमा बुधवार साँझ ११ जना फुस्रे क्याम्पका नेपाली सेना र ५ जना भारतीय सेना सहित १७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने विहिरबार दुई जनामा कोरोना संक्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले बताए । उनका अनुसार बुधबार पुष्टि भएका कोरोना संक्रमितहरुको भदौ १५ गते एन्फा क्वारेनटाइनमा पिसिआर परिक्षण गरिएको थियो । ९३ जनाको पिसिआर परीक्षणमा १७ जनाको रिपोर्ट पोजिटिभ आएको थियो । यसै गरी धरान ११ को किसान पथ निवासी एक जना ५७ बर्षीया मह