स्थानीय

    Showing ५,१३१-५,१४० of ५,३६५ items.
  • वर्ष दिन पनि नपुग्दै भत्किन्छन्, कोशी राजमार्गको सडक

    धरान । तीन वर्षअघि देखि सडक डिभिजन कार्यालय विराटनगरले वर्षेनी कोशी राजमार्ग अन्तर्गतको धरान–इटहरी सडक मर्मत गर्दै आए पनि वर्ष दिन पनि नपुग्दै खाल्डै खाल्डा हुने गरेको छ । सडक विभागले वर्षेनी पुर्दै आएको खाल्डाखुल्डीमा कमसल सामान प्रयोग गर्दा वर्ष दिन पनि टिक्न नपाउँदै भत्कीने गरेको छ । तीन वर्ष यता ४ पटकसम्म सडक मर्मत गरिसकेको छ । वर्षेनी सडक मर्मत तथा टालटुल गरेपनि गुणस्तरीय काम नहुँदा कोशी राजमार्गमा पर्ने चारकोशे जंगल देखि जिरोपोईन्ट हुँदै भेडेटार सम्मका सडकहरु खाल्डाखुल्डी बनेका छ । अहिले पनि खाल्डाखुल्डीमा सवारीचालक र पैदलयात्रीलाई सास्ती भएको छ । जताततै भएका खाल्डाले अहिले मुख्य

    • प्रकाशित मितिः मंसिर ४, २०७७
    • १,१५४ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विजयपुरका सबै मन्दिरहरु मंसिर ६ गते सम्म बन्द

    धरान । जिल्ला प्रशासन कार्यालय सुनसरीले कार्तिक २४ गते देखि मंसिर ६ गते सम्म सबै मठमन्दिर तथा अन्य धार्मिक स्थलहरुमा निषेधाज्ञा जारी गरे पनि धरानका मठमन्दिरहरुमा भक्तजनहरुको भिड हुन थाले पछि धरानको वडा नम्बर १४ ले विजयपुर क्षेत्रका सबै शक्ति पीठहरु तथा मन्दिरहरुमा पुजा आजा बन्द गरिएको सुचना सार्वजनिक गरेको छ । प्रशासनले निषेधाज्ञा जारी गरे पनि धार्मिक स्थलहरुमा पुजाआजा गर्न भक्तजनहरुको भिड लाग्न थाले पछि वडा कार्यालय १४ ले इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बस्नेतको प्रमुख आतिथ्यमा भएको वडाको बैठकमा प्रशासनको निर्णय पुर्णरुपमा पालना गराउन शक्ति पीठहरु तथा मन्दिरहरुमा पुजाआ

    • प्रकाशित मितिः कार्तिक २६, २०७७
    • १,७९३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • साल्बोटे डाँडाको पहिरो रोकथामका लागि डिपिआर बन्दै

    धरान । बर्खा लागेपछि घर सामुन्ने सर्दु खोला परीको साल्बोटे डाँडामा निरन्तर पहिरो जान्छ । खोला थुनिएर बस्ती नै बगाउला कि भन्ने पिरले स्थानीयहरु खोलामा थुप्रिएको ढुंगा माटो पन्छाउन कस्सिनुपर्छ । विगत डेढ दशकदेखि देवी मार्गका वासिन्दाको यही नियती छ । वर्षा लागे पछि धरान १३ का सर्दु खोला तर्फ बसेका स्थानीयहरु त्रसित हुने गर्छन् । सर्दु खोला पारि पट्टीको भिरमा पहिरो गएर सर्दु खोला थुन्छ की भन्ने डरमा रहन्छन् । धरानको वडा नम्बर २० मा रहेको साल्बोटे डाँडामा पहिरो गएर सर्दु खोलि थुनियो भने धरानको वडा नम्बर १३ पट्टीको बस्तीलाई जुनसुकै बेला क्षती पुर्याउने खतरा रहेको छ । केही वर्ष अघि साल्बोटे डाँडाको

    • प्रकाशित मितिः कार्तिक २५, २०७७
    • १,०९६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरी उपमहानगर र बिपी प्रतिष्ठान बिच कोरोना उपचारमा सहकार्य गर्ने समझदारी

    इटहरी । स्थानीय स्तरमै कोरोना परिक्षण गर्न पाउनु पर्ने स्थानीयको माग बढ्दै गए पछि इटहरी उपमहानगरपालिकाले पिसिआर परिक्षणका लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सँग सहकार्य गर्ने भएको छ । इटहरी उपमहानगरले पीसीआर परीक्षण र कोभिड उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सँग सहकार्य गर्ने प्रतिष्ठानमा बसेको वैठकले निर्णय गरेको छ । वैठकमा उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले पीसीआर परीक्षणको दायरा वढाउन र उपचारमा अझ सहज वातावरण वनाउन उपमहानगरले प्रतिष्ठान सँग गर्न सकिने सहकार्यका वारेमा प्रस्ताव राखेका थिए ।उपप्रमुख लक्ष्मी गौतमले अहिले सम्म प्रतिष्ठानले गरेको सहय

    • प्रकाशित मितिः कार्तिक २३, २०७७
    • १,०९४ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सांसद जयकुमार राईको पहलमा क्षेत्र नम्बर १ का हजार घरलाई निःशुल्क जस्तापाता

    धरान । सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत सुनसरीको क्षेत्र नम्बर १ का १ हजार फुसका घरमा जस्तापाता लगाईदिने भएको छ । फुसको घर भएका विपन्न परिवारको घरधुरीमा निशुल्क जस्तापाता लगाइदिने भएको हो । सुनसरी क्षेत्र नम्बर १ का संघीय सांसद जय कुमार राईको पहलमा धरान, बराहक्षेत्र र रामधुनीका १ हजार घरधुरीमा जस्तापाता लगाइदिने भएको हो । सांसद राईको अध्यक्षतामा जिल्ला समन्वय समितीको कार्यालयमा भएको बैठकमा धरानका ३ सय ३१, रामधुनीको २ सय २४ र बराहक्षेत्रका ४ सय ४५ घरधुरीमा फुसको छानो हटाएर जस्तापाता लगाइदिने निर्णय भएको छ । लाई सरकारले निःशुल्क जस्तापाता जडान गरिदिने भएको छ । जस्तापाता जडान गर्न प्रति

    • प्रकाशित मितिः कार्तिक १९, २०७७
    • १,१३६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • छैन मनोपरामर्श

    घरमा श्रीमती दुई जिउकी भएपछि सशस्त्र प्रहरीमा कार्यरत वराहक्षेत्र ३ का एक युवाले कार्यालयमा घर आउन निवेदन दिए । उनको निवेदन स्वीकृत भयो । मंसिर १७ गते श्रीमतीको डेलिभरी हुने समय छ । डाक्टरले तोकिदिएको समयभन्दा केही दिन अघि उनी घर आए । घर प्रवेश गर्नुभन्दा अघि पीसीआर परीक्षण गरेका उनमा कोरोना संक्रमण देखियो । गर्भवती श्रीमती र पेटमा भएको आफ्नो भविष्यका अगाडि संक्रमित भएर घर कसरी जानु ? उनी चतरास्थित आइसोलेसनमा गए । कोरोनाको संक्रमणभन्दा पनि बढी उनलाई मानसिक तनाव झेल्नु पर्यो । आइसोलेसनमा बस्नेको मानसिक तनाव त छँदैछ । तर डेलिभरी हुन लागेकी महिलामा समेत तनाव उत्पन्न भएपछि समस्या निम्तियो । आफ्नो

    • प्रकाशित मितिः कार्तिक १८, २०७७
    • १,५४९ पटक पढिएको
    • "नवराज विष्ट"
  • अस्ताए धरानका हस्ती

    धरान । धरानको विकाश र समाज परिवर्तनका अभियन्ता गजेन्द्र इस्वो (गजेन्द्र दाई) को आज बिहान करिब ४ बजे निधन भएको छ । केही दिन अघि कोरोना संक्रमण देखिए पछि उनको उपचार विराटनगर स्थित न्युरो अस्पतालमा उपचार भइरहेको थियो । भुतपुर्व बिट्रिश गोर्खा सैनिक संघका पुर्व अध्यक्ष समेत रहेका इस्वो धरानको विकाश र समाज परिवर्तनका लागि अभियन्ता थिए । उनका पहलमा विभिन्न समयमा थुप्रै विकाश निर्माणका कामहरु भएका छन् । किरात याक्थुङ चुम्लुङका केन्द्रिय सचिव तथा वर्तमान सल्लाहाकार इस्वो विदेशको लोभ त्यागरेर देशमै बस्दै आएका थिए । उनका थुपै्र सहकर्मीहरु बेलायत पलायन भएका छन्, तर उनी देशमै रहेर विकाशमा लागेका थि

    • प्रकाशित मितिः कार्तिक १८, २०७७
    • ४,३०० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानको कृषि थोक बजार सातौं पटक प्रथम

    धरान । प्रत्येक वर्ष संघीय कृषि मन्त्रालयले विश्व खाद्य दिवसको अवसरमा प्रदान गर्दै आएको कृषि थोक बजार उत्कृष्ठ पुरस्कार यस वर्ष पनि धरान स्थित कृषि उपज बजार स्थलले प्राप्त गरेको छ । धरान १३ स्थित कृषि थोक बजार यो बर्ष पनि देशभरिका थोक बजारहरुमध्ये सर्वोत्कृष्ट हुन सफल भएको छ । यो वर्षको पुरस्कार कृषि बजार सातौं पटक हो । यस अघि २०६१, २०६३, २०६८, २०७२ र २०७५ देखि लगातार प्राप्त गर्दै आएको छ । सरकार मातहतमा रहेका ११ वटा कृषि बजार मध्ये धरान स्थित कृषि बजार उत्कृष्ठ बन्न सफल भएको छ । त्यसै गरि उत्कृष्ठ व्यापारीमा कृषि बजारकै थोक ब्यपारी अजय कुमार गुप्ता राष्ट्रिय स्तरमा तेश्रो हुन सफल हुनु भएका छ

    • प्रकाशित मितिः कार्तिक १७, २०७७
    • १,०७० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • खानेपानी संस्थानलाई बोर्डमा मर्ज गरे आन्दोलन गर्ने जनता समाजवादी पार्टीको चेतावनी

    धरान । लामो समय देखि विवादित बनेको धरानको खानेपानी संस्थानलाई बोर्डमा मर्ज गर्ने धरान उपमहानगरपालिकाको निर्णय प्रति जनता समाजवादी पार्टीले विरोध जनाएको छ । धरान उपमहानगरपालिकाको कार्तिक ५ गते बसेको कार्यपालिका बैठकले कार्तिक २६ गते संस्थानलाई बोर्डमा मर्ज गर्ने निर्णय गरेको थियो । मर्ज गर्ने समय नजिकिदै गए पछि पार्टीको धरान उपमहानगर कमिटीले प्रेस विज्ञप्ती जारी गर्दै निर्णयको भत्र्सना गर्दै विरोध जनाएको छ । कमिटी अध्यक्ष ताजुब लिम्बुद्वारा हस्ताक्षरित विज्ञप्तीमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको र निर्णय कार्यान्यवन भए सशक्त आन्दोलन गर्ने चेतावनी पनि दिएको छ । विज्ञप्तीमा लेखिएको छ, ‘ध

    • प्रकाशित मितिः कार्तिक १६, २०७७
    • ९६१ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चौतर्फी विरोध हुन थाले पछि वीपीको कोभिड अस्पतालमा सेवा बिस्तार गर्ने तयारी

    धरान । कोभिड अस्पतालमा भेन्टिलेटर, अक्सिजन समेत नहुँदा कोरोना संक्रमितको उपचार हुन नसकेको भन्दै चौतर्फी विरोध हुन थाले पछि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालको उपचार सेवा बिस्तार गर्ने जनाएको छ । कोभिड अस्पतालमा उपचार नपाउँदा अन्यत्रै रिफर गर्नु पर्ने अवश्था आउन थाले पछि धरानका नागरिक समाज, राजनितिक दल सहित सामाजिक संघसंस्थाहरु सहित वीपी सुधार दबाब समुहनै गत विहिबार गठन गरेका थिए । सामाजिक सञ्जालहरुमा समेत प्रतिष्ठानका सेवा सुविधा माथि प्रश्न उठ्न थाले पछि प्रतिष्ठानले सेवा बिस्तार गर्ने तयारी गरेको छ । प्रतिष्ठानको सुचना तथा सञ्चार केन्द्रले एक प्रेस विज

    • प्रकाशित मितिः कार्तिक १४, २०७७
    • १,०४९ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved