स्थानीय

    Showing ५,०५१-५,०६० of ५,३६५ items.
  • खोला दोहन रोक्न प्रशासनसंग माग

    धरान । धरान उपमहानगरपालिका भित्र पर्ने सेउती, सर्दु तथा सेहरा खोलामा ठेक्का पाएको ठेकेदार कम्पनीले मापदण्ड विपरीत प्रँरम्भिक वातावरणीय परीक्षण (आईई) को उल्लंघन गर्दै खोलाको दोहन गरेको भन्दै स्थानीयहरुले प्रशासनको ध्यानाकर्षण गराएका छन् । धरान उपममहानगरलिका वडा नं. ५ का वडाअध्यक्ष सन्तोष लिम्बुको अगुवाईमा वडा नंं १८ का वडाध्यक्ष नरबहादुर राई (प्रवीण), नेपाली कांग्रेसका स्थानीय नेता पर्वत राइको टोलीले जिल्ला प्रशासन कार्यालय सुनसरी, इलाका प्रशासन कार्यालय धरान, जिल्ला वन कार्यालय सुनसरी, जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय धरानमा खोलाको दोहन रोक्न माग गर्र्दै ज्ञापनपत्र बुझाएक

    • प्रकाशित मितिः जेठ ११, २०७८
    • ९१६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • संकटमा पनि उपमहानगरले कसैको साथ नपाएको गुनासो

    इटहरी । दोश्रो लहरको कोरोनाका कारण सिंगो मुलुक अस्त ब्यस्त बनिरहेको बेला सुनसरीको इटहरीमा भने उपमहानगरको संयन्त्रलाइ कुनै पक्षबाट सहयोग नमिलेको गुनासो आएको छ । नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणले इटहरी शहर नै आक्रान्त बनेको बेला स्थानीय राजनीतिक दलहरूबाट कुनै प्रकारको सहयोग प्राप्त नभएको भन्दै समन्वयका लागि उपमहानगरले आग्रह गरेको हो । उपमहानगरको आयोजनामा भएको जुम मिटिङमा नेपाली कांग्रेसका इटहरी सभापति हेमकर्ण पौडेलले संकटको बेला राजनीतिक दलसँग उपमहानगरका प्रमुख, उपप्रमुख लगायत कुनै संयन्त्रले समन्वय नगरी एक्लौटि ढंगबाट चलेको गुनासो गरे । सहकार्य र समन्वय गरेर अघि बढे नगरवासीको हितमा रात दि

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • ९०८ पटक पढिएको
    • "तेजबहादुर बन"
  • माछा मार्ने क्रममा अर्जुनधाराका धनेन्द्र तामाङको मृत्यु

    सुनसरी । झापा अर्जुनधारा नगरपालिका ११ रेखा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ३८ बर्षीय धनेन्द्र तामाङ रहेका छन् । आईतबार बेलुका साथीहरुसंग माछा मार्ने क्रममा करेन्ट लागी घाईते भएका तामाङको उपचारको लागी बिएण्डसि अस्पताल बिर्तामोड पुर्याउन साथ मृत्यु भएको हो । घटनाको सुचना पाए लगतै ईलाका प्रहरी कार्यालय अनारमणीबाट प्रहरी टोली खटि गई तामाङसंग गएका साथीहरु सोही स्थानका ३८ बर्षीय दिलबहादुर खजुम लिम्बु र ईलाम घर भई सोही स्थान बस्ने ३२ बर्षीय रमेश एक्तेन लिम्बुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जनाएको छ ।

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • १,१९६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरी प्रहरीद्वारा टिपरलाई रोक

    धरान । स्थानीय प्रशासनले लागु गरेको लकडाउनको पालना नगरेका कारण सुनसरीको विभिन्न स्थानमा मालवाहक सवारी साधनलाई प्रहरीले आइतबार विहानैदेखि नियन्त्रणमा लिएको छ । स्थानीय प्रशासनको निर्देशन विपरित मनपरी ढुगां, गिट्टी र वालुवा ओसारेर कोरोनाको संक्रमणको जोखिम वढाएको भन्दै प्रहरीले इटहरीको वुढी खोला, खनार चौक तथा तरहरामा विहानै देखी दर्जनौ टिपरलाइ नियन्त्रणमा लिएको हो । बढ्दो कोरोना संक्रमणलाइ नियन्त्रण गर्न स्थानीय प्रशासनले केही साता अघिदेखि सुनसरी जिल्ला भरीनै लकडाउन गरेको छ । लकडाउनका वेला निजि टिपरले वेलुका ८ वजेदेखी विहान ६ सम्म आफ्नो काम सक्ने स्थानिय प्रशासनले निर्देशन दिएपनि अटेर गरेका का

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • १,८३३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भोजपुर र पथरीका दुई जना बेपत्ता

    सुनसरी । प्रदेश १ को दुई जिल्लामा नदी र पोखरीमा पौडिन नसक्दा दुई जना बेपत्ता भएका छन् । प्रदेश नम्बर १ प्रहरी कार्यालय विराटनगरका अनुसार पथरी शनिश्चरे नगरपालिका ८ मंगलबारे का २७ बर्षीय बिनोद पाण्डे माछा पोखरीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका हुन् भने भोजपुर अरुण गाउँपालिका ७ का २४ वर्षिय युवराज अधिकारीलाई नदिले बगाउँदा बेपत्ता भएका छन् । प्रहरीका अनुसार शनिबार साँझ कानेपोखरी ६ स्थित हेरिका निर्माण सेवा प्रालिको माछा पोखरीमा पाण्डे डुबी बेपत्ता भएका हुन् । उनको इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलि सहित स्थानीयको सहयोगमा खोजतलास भईरहेको छ । उता भोजपुर अरुण गाऊपालिका ७ का अधिकारी

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • ८०४ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्थानीय सरकार र वन कार्यालयबीच तालमेल नमिल्दा खोलाको दोहन

    धरान । स्थानीय सरकार र वन कार्यालय बीचको तालमेल नमिल्दा धरानमा खोलाको दोहन बढेर गएको छ । स्थानीय सरकारले खोला उत्खनन् गर्न ठेक्का लगाउँदा वन कार्यालयको अवरोध हुने गरेको छ । वनले आफ्नो क्षेत्राधिकार पर्ने भन्दै खोला उत्खनन्मा रोक लगाएको छ उता स्थानीय स्वायत्त शासन ऐन अन्र्तगत स्थानीय तहको क्षेत्राधिकार भित्र पर्ने भन्दै ठेक्का लगाउँदै आएको छ । कसको कार्यक्षेत्र हो भन्ने कानुनी अन्यौलताले यस्तो अवस्था आएको हो । धरान उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने सेहरा, सेउती तथा सर्दु खोलामा ठेक्का लगाएको छ । डिभिजन वन कार्यालय सुनसरी त्यस क्षेत्रमा खोला उत्खनन् गर्न नहुने भन्दै रोक लगाउन आग्रह गर्

    • प्रकाशित मितिः जेठ ८, २०७८
    • ८५६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मेचिनगरका २ जना ब्राउन सुगर सहित पक्राउ

    सुनसरी । झापा मेचीनगर नगरपालिका ६ बद्री टोल स्थितबाट लागूऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगरका २६ बर्षीय सुमन दनुवार र दमक ५ की २१ बर्षीया समिता राई रहेका छन् । शुक्रबार दिउँसो लागूऔषध ब्राउन सुगर खरिद विक्री बितरण गरिरहेको भन्ने गोप्य सुचानाको आधारमा सिमा प्रहरी चौकी नकलबन्दा र लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोली उनिहरुलाई लागूऔषध ब्राउन सुगर ५ ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुलाई ईलाका प्रहरी कार्यालय काकडभिट्टामा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ ८, २०७८
    • १,२७७ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नगरपालिकाले बजारीकरण गरीदिए पछि हौसिए कृषक

    मोरङ । कृषकले उत्पादन गरेका कृषिजन्य उत्पादनहरु बजारीकरण नगरपालिकाले गरीदिन थालेपछि कृषि प्रति आकर्षण बढ्न थालेको छ । मोरङको बेलबारी नगरपालिकाले नगर क्षेत्रका कृषकले उत्पादन गरेको अन्नबालि, तरकारी, फलफुललगायतका उत्पादनहरु बजारीकरण गरीदिए पछि कृषकहरु कृषि प्रति हौसिएका हुन् । नगरपालिकाले निषेधाज्ञाको समयमा कृषकहरुलाई धानको विउँ बितरण गरेको छ । २० हजार किलो धानको विउँ ५० प्रतिशत अनुदानमा बितरण गरेको हो । बितरण गरीएको बिउँले करीब ५ सय बिगाहा क्षेत्रफलमा खेतिगर्न सकिने कृषि शाखाका प्राविधिक बताउँछन । राधा १२, कान्छी मन्सुली, बहुगुणि, स्वर्णसव १, रंजित लगायतका प्रजातिका धानका विउँ बितरण गरीएको छ

    • प्रकाशित मितिः जेठ ६, २०७८
    • १,४८१ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • यूवा संघद्वारा सुरक्षाकर्मीलाई मास्क तथा सेनिटाइजर वितरण

    धरान / यूवा संघ नेपाल धरान नगर समितिले कोरोना महामारीमा फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मीहरुलाई माक्स तथा सेनिटाइजर वितरण गरेको छ । संघले स्थापना दिवशको अवसर पारेर सुरक्षार्मीहरुलाई स्वास्थ्यसामग्री वितरण गरेको हो । सुरक्षाकर्मीहरुलाई १२ सय ५० थान माक्स, १ सय २३ थान फेससिल्ड र २० लिटर सेनिटाइजर वितरण गरिएको संघका नगर अध्यक्ष भवानी दाहालले बताए । उनका अनुसार इलाका प्रहरी कार्यालय धरानलाई ६ सय थान माक्स, ५० थान फेससिल्ड र ५ लिटर सेनिटाइजर प्रदान गरेको छ । यस्तै, सशस्त्र प्रहरी बल (एपीएफ)लाई ३ सय २० थान माक्स, ३२ थान फेससिल्ड र ५ लिटर सेनिटाइजर, जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीलाई २ सय

    • प्रकाशित मितिः जेठ २, २०७८
    • १,३७८ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरीमा कडाइ , शनिबारदेखि सेना परिचालन

    धरान/  कोरोना सक्रमण नियन्त्रण , उद्धार तथा व्यवस्थापनको लागी सुनसरीका सेना परिचाल गरिएको छ भने ंसंक्रमित विरामी बढ्दै गएपछि सुनसरीले गरेको लकडाउन कडा बनाइएको छ । कोरोना संक्रमित थपिदै जादा संक्रमितको मृत्यु दर बढ्दै गएपछि सुनसरी प्रशासनले निषेधाज्ञालाई कडाई गरेको हो । जिल्ला भर गरिएको लकडाउन कडा बनाइएका कारण सुनसरीका सबै स्थानीय तहहरु सुनसान रहेका छन् । प्रहरीले प्रशासनको निर्देशनमा कडाइ गरेको हो । जिल्लामा संक्रिय संक्रमित बढ्दै गएपछि सुनसरी प्रशासनले जेष्ठ १ गतेबाट लागु हुने गरी १५ दिनका लागि जिल्लाभर गरिएको लकडाउनलाई कडा बनाउने डिसिएसीको वैठकले निर्णय गरेसगै सुनसरीमा शनिवार विहानैबा

    • प्रकाशित मितिः जेठ १, २०७८
    • ९७४ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved