स्थानीय

    Showing 461-470 of 3,627 items.
  • कोशी प्रदेश प्रिमियर लिगको आयव्यय सार्वजनिक

    धरान/कोशी प्रदेश फुटबल संघले गत माघ २८ देखि फागुन ८ गतेसम्म सञ्चालन गरेको प्रिमियर लिग प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको छ। धरान रंगशालामा सम्पन्न प्रतियोगितामा कोशी प्रदेशका ११ जिल्लाका क्लबहरूले सहभागिता जनाएका थिए। बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत एन्फा टेक्निकल सेन्टर धरानमा प्रतियोगिताको आयव्यय विवरण सार्वजनिक गरिएको हो। कोशी प्रदेश फुटबल संघका कोषाध्यक्ष आनन्द चौधरीले प्रस्तुत गरेको आयव्यय विवरणअनुसार कुल ३६ लाख ६७ हजार आम्दानी र २९ लाख ८ हजार खर्च भएको छ। उक्त हिसाबमा प्रतियोगिताबाट ६ लाख ९० हजार बचत भएको छ, जसमा एन्फाबाट अझै २ लाख आउन बाँकी रहेको बताइएको छ। आयतर्फ, कोशी प्रद

    • प्रकाशित मितिः चैत २०, २०८१
    • 375 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • डिपोट स्कुलले बिद्यार्थीको उज्वल भविष्य सुनिश्चित गर्छ (भिडियो सहित)

     धरान/  डिपोट स्कुल धरान चिरिपरिचत र इतिहाँस बोकेको एकमात्र स्कुल हो ।   इतिहाँससँगै स्कुलको भौतिक संरचना, पढाइको गुणस्तरीयता, अतिरिक्त क्रियाकलापमा अब्बलताको कारण नै डिपोट स्कुल सवैको रोजाईमा पनि पर्न सफल भएको छ ।   यसैगरि डिपोट स्कुलको प्रसस्त मात्रामा जमिन, भौतिक संरचना, अतिरिक्त क्रियाकलाप र अनुभवी शिक्षकको सङ्गम भएकोले डिपोटले शैक्षिक गुणस्तर पनि कायम राखेर अघि बढिरहेको छ ।   यहाँ अध्ययन गरेको विद्यार्थीहरु स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तर सम्म उच्च ओहोदामा पुग्न सफल भएको छ । अर्थात अहिलेको परिवेश र समयको मागसँगै परिपार्जित हुँदै समय सापेक्षा अन

    • प्रकाशित मितिः चैत २०, २०८१
    • 611 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लालीगुराँसको राजधानी सुनसान, टिएमजे पुगेका पर्यटक निराश!

    धरान/ लालीगुराँसको राजधानी भनेर चिनिने तीनजुरे-मिल्के-जलजले (टिएमजे) क्षेत्रमा यस वर्ष समयमै लालीगुराँस नफुलेपछि आन्तरिक पर्यटक निराश भएर फर्किएका छन्। हरेक वर्ष चैत्र–वैशाखमा ढकमक्क फुल्ने लालीगुराँस फुल्न ढिलाइ हुँदा लालीगुराँस हेर्न पुगेका पर्यटकले खाली हात फर्कनुपरेको हो। तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थल टिएमजे क्षेत्रमा हरेक वर्ष गुराँस फुलेर राताम्मे हुने जंगलहरू यसपालि सुनसान छन्। लालीगुराँस नगरपालिकाले संरक्षण गर्दै आएको यो क्षेत्रमा चैत्र अन्तिमसम्म पनि फूल नफुल्दा पर्यटक निराश भएका छन्। काठमाडौंबाट लालीगुराँस हेर्न आएकी गीता खड्का लालीगुराँस फुलेको नभए पनि पाथ

    • प्रकाशित मितिः चैत २०, २०८१
    • 442 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘दरबारको जग’ भेटियो

    झापा/ महाभारतकालीन विराट राजाको सालो किच्चकको दरबार रहेको विश्वास गरिएको भद्रपुर नगरपालिका–३ स्थित किच्चकबधस्थलमा पुरातत्व विभागको टोलीले आठौँ चरणको उत्खनन गरेको छ । उत्खनन गर्दा पुरातात्विक महत्वको ‘दरबारको जग’ भेटिएको पुरातत्वविद् उद्धव आचार्यले जानकारी दिए ।उनको नेतृत्वमा पुरातत्व विभागबाट आएको चार सदस्यीय टोलीले यही फागुन २५ गतेदेखि किच्चकबधस्थलमा उत्खनन तथा संरक्षणको कार्य निरन्तर गरिरहेको छ । विभागका अधिकृत नवराज अधिकारीले किच्चकबध स्थलमा विसं २०५८ देखि विभागले आचार्यको नेतृत्वमा उत्खनन गरिरहेको बताए । उनका अनुसार यस पटक जारी उत्खननका क्रममा तीन मिटरभन्दा गहिरो ज

    • प्रकाशित मितिः चैत २०, २०८१
    • 288 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • २५ औं गोधुली रनिङ कपको उपाधि भिडन्त बिहीबार

    सुनसरी/ धरानमा जारी २५ औं गोधुली रनिङ कप फुटबल प्रतियोगिताको फाइनल बिहीबार १४ नं. वडा र १५ नं. वडाबीच प्रतिस्पर्धा हुँदैछ। उपाधिका लागि यी दुई टोली आमनेसामने हुने भएका हुन्। मंगलबार सम्पन्न दोस्रो सेमिफाइनलमा १४ नं. वडाले १७ नं. वडालाई ३–२ को गोल अन्तरले हराउँदै फाइनलमा स्थान बनाएको थियो। खेल सुरु भएको तेस्रो मिनेटमै विवाद उत्पन्न भएको थियो। १४ नं. वडाका डिफेन्सले डिबक्स भित्र १७ नं. वडाका तपन कार्कीलाई फल गरेको भन्दै निर्णायक मो. फारुख अहमदले १७ नं. वडालाई पेनाल्टी दिने निर्णय गरेपछि विवाद उत्पन्न भएको थियो। सो निर्णयप्रति असन्तुष्टि जनाउँदै १४ नं. वडाका खेलाडीले खेल्न अस्वीकार गरेपछ

    • प्रकाशित मितिः चैत २०, २०८१
    • 328 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी सरकारले २०८२ मा ६ दिन बिदा थप्यो

    धरान । कोशी प्रदेश सरकारले आगामी नयाँ बर्ष २०८२ मा ६ दिन थप सार्वजनिक विदा दिने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ ।मंगलबार सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीका अनुसार सरकारको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको बताए । उनका अनुसार २०८२ सालमा ६ दिन सार्वजनिक बिदा थप गर्ने निर्णय भएको छ । संघीय सरकारले दिएको भन्दा बाहेक प्रदेश सरकारले ६ दिन थप बिदा दिने निर्णय गरेको भण्डारीले जानकारी दिए ।बैठकअनुसार बैशाख २ गते सिरुवा पर्व, भदौ १ गते रथयात्रा (कृष्ण जन्माष्टमीको भोलिपल्ट) लागि झापा मोरङ, सुनसरी र उदयपुरमा सार्वजनिक बिदा दिने निर्णय गरेको उनले बताए ।य

    • प्रकाशित मितिः चैत १९, २०८१
    • 188 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एसईई सकियो,विद्यार्थीले अब के गर्ने ?( टिप्स )हेर्नुहोस्र

    धरान/भखरै मात्र देशभर कक्षा १० का विद्यार्थीहरुले एसईई परिक्षा दिएका छन् । विद्यार्थीहरु यतिबेला फुर्सदिला छन् । तर दैनिक स्कुले जीवन विताएका विद्यार्थीलाई समय कटाउन भने मुस्किल भइरहेको छ । विष्यमा कहाँ पढ्ने के पढ्ने भनेर अन्यौल र चिन्ता पनि रहेको छ । एकातिर अभिभावकको चाहना अनि अहिलेको समयमा विद्यार्थीको रुची जस्ले गर्दा समयमा नै ध्यान दिन नसक्दा विद्यार्थीको भविष्य नै विग्रिने अवस्था हुन आउँछ । त्यसैले कोशी पत्रले यस बर्षको एसइई दिएर बसेका विद्यार्थीले खाली समयको सदुपयोग कसरी गर्ने र उच्च शिक्षा हासिल गर्दा ध्यान दिनु पर्ने कुराहरु के के छन भनेर धरानका विभिन्न स्कुलका शिक्षक र शिक्षासँग स

    • प्रकाशित मितिः चैत १९, २०८१
    • 503 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • तीन करोड लागतमा बन्यो लेगुवा खोलामा पक्की पुल

    भोजपुर/ पूर्वाधार विकास कार्यालयअन्तर्गत धनकुटाको लेगुवा खोलामा पक्की पुल निर्माण पुरा भएको छ। यहाँ तीन करोड २१ लाख लागतमा पक्की पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएको हो । लामो समयदेखि खोलामा पुल नहुँदा स्थानीयले समस्या झेल्दै आएका थिए । लेगुवा खोलामा कोशी प्रदेश सरकारको रु तीन करोड २१ लाख लागतमा २२ मिटर लम्बाइ र ११ मिटर चौडाइको पक्की पुल निर्माण गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीले जानकारी दिए । ‘लेगुवा खोला पक्की पुल निर्माण सम्पन्न गरेका छौँ’, प्रमुख रेड्डीले भने, ‘यहाँका स्थानीयको समस्यालाई ध्यानमा राखेर पुल निर्माण कार्यलाई प्राथमिकताका साथमा

    • प्रकाशित मितिः चैत १९, २०८१
    • 297 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गोधुली रनिङ कप:सेमिफाइनलमा आज १४ र १७ नं. वडा भिड्दै

    धरान/ २५ औं संस्करणको गोधुली रनिङ कप फुटबल प्रतियोगिता अन्तर्गत आज साँझ १४ नं. वडा र १७ नं. वडा धरान रंगशालामा आमने-सामने हुँदैछन्। यसअघि एक पटक गोधुलीको उपाधि जितेको १४ नं. वडा र चार पटक उपाधि जितिसकेको १७ नं. वडाबीचको खेल रोमाञ्चक र प्रतिष्पर्धात्मक हुने अपेक्षा गरिएको छ। १७ नं. वडाका केही सिनियर खेलाडी बी डिभिजन लिग खेल्न काठमाडौँमा रहेका भए पनि अहिलेको युवा टिमले उत्कृष्ट प्रदर्शन गरिरहेको छ। २० नं. वडालाई ३–० ले तथा १८ नं. वडालाई २–१ को गोल अन्तरले पराजित गर्दै १७ नं. वडाले सेमिफाइनलसम्मको यात्रा तय गरेको हो। १७ नं. वडाका स्ट्राइकर कृष्ण राई उच्च लयमा छन्। उनले २० नं.

    • प्रकाशित मितिः चैत १९, २०८१
    • 277 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मदन भण्डारी राजमार्गका रूख कटानको प्रक्रिया अघि बढ्यो

    झापा । मदन भण्डारी राजमार्गको झापा, इलाम, मोरङ र सुनसरी खण्डमा वन क्षेत्रभित्रका १३ हजार ८३४ रूख कटानको प्रक्रिया अघि बढेको छ ।मन्त्रिपरिषद्ले झापाको बाहुनडाँगीदेखि सुनसरीको धरानसम्मको ७७ किलोमिटर राजमार्गभित्र अवस्थित विभिन्न वन क्षेत्रको भोगाधिकार दिने निर्णय गरिसकेको हुँदा सम्बन्धित जिल्लाका डिभिजन वन कार्यालयबाट अनुमति लिएर रूख कटानको कार्य भइरहेको मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका सूचना अधिकारी सुभाषकुमार दत्तले बताए। कार्यालयले राजमार्गको झापाको पश्चिम खण्डमा पर्ने मावा खोलादेखि दमकको बेलडाँगीसम्मको ४७ रूख कटान गरिसकेको र मावा खोलादेखि मोरङको केराबारीसम्मका दुई हजार १६३ रूख कटान

    • प्रकाशित मितिः चैत १८, २०८१
    • 401 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved