सुकुम्बासीको पक्षमा जेठ ९ गते नेकपा एमाले धरानले प्रदर्शन गर्ने

  • जेठ ५, २०८३
  • कोशीपत्र/संवाददाता
alt

धरान/ नेकपा एमाले धरानले अव्यवस्थित, भूमिहीन तथा सुकुम्बासीको पक्षमा आगामी जेठ ९ गते शनिबार धरानमा शान्तिपूर्ण प्रदर्शन गर्ने भएको छ। 

अव्यवस्थित, भूमिहीन तथा सुकुम्बासी संघर्ष समिति को आयोजनामा हुने उक्त प्रदर्शन दिउँसो १ बजे छाताचौकमा भेला भएर भानुचौकमा कोणसभामा परिणत हुने जनाइएको छ। नेकपा एमाले धरानद्वारा गठित संघर्ष समितिको नेतृत्वमा हुने आन्दोलन शान्तिपूर्ण रहने बताइएको छ।

नेकपा एमाले धरानका उपाध्यक्ष पारस काङमाङ राई ले सुकुम्बासीको हक–अधिकार सुनिश्चित गर्न प्रदर्शनको निर्णय गरिएको जानकारी दिएका छन्।

संघर्ष समितिका संयोजक चन्द्र भुजेल का अनुसार कार्यक्रममा विभिन्न सुकुम्बासी संघ–संस्था, अव्यवस्थित बसोबासी तथा राजनीतिक दलसँग आबद्ध व्यक्तिहरूको समेत सहभागिता रहनेछ।

समितिमा उपसंयोजक राजेश राई र सचिव टिकाराम बिक सहित १३ सदस्यीय टोली सक्रिय रहेको जनाएको छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved