‘प्रधानमन्त्री संसदप्रति जवाफदेही बन्नै पर्छ’

  • जेठ ४, २०८३
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं/  सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा विपक्षी दल श्रम संस्कृति पार्टीले संसद्‌भित्रै पर्चा देखाएर चर्को विरोध जनाएको छ।

बैठकको कारबाही सुरु भएलगत्तै उक्त पार्टीका सांसदहरू वेलमा पुगेर सभामुख डोलप्रसाद (डीपी) अर्यालतर्फ फर्किएर पर्चासहित प्रदर्शनमा उत्रिएका हुन्।

श्रम संस्कृति पार्टीले ‘प्रधानमन्त्री संसद्प्रति जवाफदेही बन्नैपर्छ’, ‘प्रश्नदेखि भाग्न पाइँदैन’ र ‘जनमतलाई सम्मान गर’ जस्ता नारा अंकित पर्चा देखाएर सरकारको विरोध गरेको हो।

सभामुखको आसन अगाडि नै पुगेर विपक्षी सांसदहरूले पर्चा देखाउँदै विरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले संसद्‌भित्र विरोध गर्दा नियमानुसार र मर्यादित तरिकाले गर्न आग्रह गरे।

उनले सांसदहरूलाई सचेत गराउँदै भने, ‘सदनमा विरोध गर्दा मर्यादापूर्वक तरिकाले गर्नुपर्छ। तपाईंहरूले सभामुखको अगाडि नै प्रदर्शन गर्नुभयो।’

सभामुख अर्यालले सबै सांसदहरूलाई संसदीय मर्यादा र गरिमाभित्र बसेर मात्र आफ्ना विरोधका कार्यक्रमहरू अगाडि बढाउन निर्देशन दिएका छन्।

सभामुखको निर्देशन र आग्रहपछि वेलबाट पछि हटेका श्रम संस्कृतिका सांसदहरू यतिबेला आफ्नो शरीरमा विरोधका पोस्टरहरू टाँसेर आ(आफ्नो सिटमा बसेका छन्।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved