धरान/ बुढासुब्बा मन्दिरको ऐतिहासितालाई जोगाउदै जीर्ण बन्दै गएको मन्दिरको मर्मत संभार गरिने भएको छ ।नेपाल सरकार पुरातात्विक विभागले मर्मत सम्भारका लागि बजेट विनियोजन गरेस“गै बुढासुब्बाको ऐतिहासिकता नामेट नहुने गरी आकर्षक ढंगबाट मर्मत सम्भार गरिने भएको हो । प्रदेश नं. १ कै धार्मिक पर्यटकीय क्षेत्र धरान उपमहानगरपालिका वडा नं. १४ विजयपुरमा रहेको बुढासुब्बा मन्दिर जीर्ण बन्दै गएपछि यसको ऐतिहासिता बचाउदै पुननिर्माण गरिन लागेको जनाइएको छ । मन्दिर पुननिर्माण गर्नुपूर्व १४ नंं. वडा समितिले बुढासुब्बामा क्षमा पूजा समेत सम्पन्न गरेको छ । मन्दिरको मर्मत सम्भार गर्ने क्रममा सिमेन्टको पिल्लर त
धरान / बिरामीको चाप अत्याधिक बढ्न थाले पनि जनशक्ति अभाव हुँदा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्ष अस्तव्यस्त हुँदै गएको छ । अहिले विरामीहरुले सहजै उपचार पाउन कठिन बन्दै गएको छ । शुक्रबार संखुवासभाको मादी नगरपालिकाबाट धरानतर्फ आउदै गरेको बस दुर्घटना भएपछि उपचारका लागि प्रतिष्ठानमा ल्याउँदा विरामीको चाप अत्याधिक भएपछि घाइतेहरुले सहज रुपमा उपचार पाउन सकेनन् । उपचारमा आएकाहरुले बेड अभावमा भुइमा उपचार गर्न बाध्य थिए । उपचारमा ल्याईएका घाइतेका आफन्तले प्रतिष्ठानमा उपचार ढिलाई हुने गुनासो गरे ।घाइते हर्क मंग्रान्तीले प्रतिष्ठानमा ल्याउने वित्तिकै नर्सहरुले सामान्य
धरान/ हुलका हुल बादर बजार क्षेत्रमा प्रवेश गरेर भान्सामा पकाएका खाना खाइदिने, होटल व्यवसायीले बनाएको खाना तथा नास्ता लिएर भाग्ने, छरिदिने, फलफूल तथा सागसब्जी व्यापारीहरुको सामान चोरेर खाइदिने गरेर हैरान बनाउने गरेका छन् । यतिमात्र हैन जथाभावि बजार छिरेका यस्ता बादरले पसलमा राखेका सामग्रीहरु समेत च्यातिदिने, झारिदिने लगायतका उच्छृंखल काम गरेर क्षति पु¥याउने गरेका कारण पनि धरानका सर्वसाधारणले हैरानी व्यहोर्नु परेको हो । बादरले धेरै हैरानी दिएपछि बादर व्यवस्थापनका लागि २०७० सालमा धरान ३ निवासी सकुल श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय बादर पीडित संघर्ष समिति गठन गरेको थियो । समितिले तत्काल
धरान / बालबालिकाहरुलाई पत्रकारिता तर्फ आकर्षित गर्न धरान ८ ले भित्तेपत्रिका लेखन तथा प्रकाशन तालिम सम्पन्न गरेको छ । बालबालिका लक्षित कार्यक्रम अन्र्तगत वडामा रहेका बाल क्लबका प्रतिनिधीहरुलाई दुई दिने भित्ते पत्रिका लेखन तथा प्रकाशन तालिम प्रदान गरेको हो । वडामा रहेका ७ वटा बालक्लब र वडा स्तरिय बालसञ्जालबाट सहभागि भएका थिए । तालिममा २८ जना बालबालिकाहरुको सहभागिता रहेको छ । उनीहरुलाई कोशीपत्र दैनिकका कार्यकारी सम्पादक दिनेश गजमेरले सहजीकरण गरेका छन् । तालिमको उदघाटन कार्यक्रमका प्रमुख अतिथी बालमैत्री स्थानीय सुशासन समितीका सदस्य लक्ष्मण दासले गरेका थिए । उनले बालबालिकाहरुले पत्रकारिता तर्
धरान/ गत माघको पहिलो साता धरान उपमहानगरपालिकाको वडा नम्बर ५ ले छैठौं तहको अधिकृत नभएकाले सेवा दिन नसकिएको भन्दै एक साता कार्यालयको सेवा ठप्प पारे । वडाको भुक्तानी देखि सेवाग्राहीलाई दिनुपर्ने प्रशासनिक कामहरु गर्न नसकेको भन्दै वडाअध्यक्षले नै वडा कार्यालय बन्द गर्न निर्देशन दिए पछि अधिकृत तहको कर्मचारी धरान उपमहानगरपालिकाले पठाएको थियो । अहिले धरान उपमहानगरपालिका वडा नम्बर ४ दुई साता देखि सचिव विहिन भएको छ । वडा सचिव नहुँदा अहिले सेवाग्राहीलाई सेवा दिन र सम्पन्न भएका योजना तथा कार्यक्रमको भुक्तानी सबै रोकिएको छ ।धरान उपमहानगरपालिकाले आर्थिक कारोबारको अधिकार वडालाई नै दिएको छ । छैठौं तहको
धरान / कोरोना संक्रमणको असर एक बर्षपछि विस्तारै सहज बन्दै गएको जनजीवन फेरि त्रसित बन्न थालेको छ । छिमेकी मुलुकमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि देशमा पनि आम नागरिकमा त्रास उत्पान्न हुन थालेको छ । सरकारले सुरक्षा मापदण्ड अपनाउन आग्रह गरे सँगै आम नागरिक सहित आर्थिक गतिविधिमा संलग्न रहेका व्यवसायीहरु आफ्नो व्यवसाय धरासायी बन्ने हो कि भन्ने चिन्तामा छन् । सरकारले भीडभाड हुने कुनै पनि कार्यक्रम नगर्न आग्रह गर्दै कोरोनाको जोखिम कम गर्न विदेशबाट भित्रिने व्यक्तिहरुका लागि सातै प्रदेशमा हेल्पडेस्क सञ्चालनमा ल्याएपछि अब फेरि सरकारले लकडाउन गर्ने हो कि भन्ने शंका व्यवसायीहरुमा परेको छ । उनी
धरान । स्थानीय तहले तेस्रो चौमासिक शुरु हुँदासम्ममा करिब ५० प्रतिशतभन्दा बढी खर्च गरिसक्नुपर्ने हुन्छ । आर्थिक वर्ष समाप्त हुँदासम्म ८० प्रतिशत बजेट कार्यान्यवन भएका स्थानीय तहलाई उत्कृष्ठ मानिन्छ । सोही आधारमा संघीय सरकारबाट आउने बजेटको पनि निर्धारण हुने गर्दछ । स्थानीय तहको निर्वाचन हुनु अघिसम्म कर्मचारीबाट चलेको स्थानीय तह जनप्रतिनिधी आए पछि विकाश र बजेट कार्यान्यवनले गति लिने विश्वास गरिएको थियो । तर विगत ४ वर्ष यता जनप्रतिनिधी आए पछिको बजेट कार्यान्यवन वर्षेनी निराशाजनक नै बन्दै गएको छ । निर्वाचन भएको पहिलो वर्ष र दोस्रो वर्ष बजेट कार्यान्यवनमा नितिगत अफ्ठयाराहरु देखाए पनि चौथो वर्षको बज
धरान । विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेका बालबालिकाहरुलाई कारवाही गर्न प्रहरीलाई चुनौतीपुर्ण बनेको छ । धरानमा केही समय यता स्कुटी चोरीमा संलग्न रहेका बालकहरुलाई कारवाही गर्न चुनौतीपुर्ण बनेको हो । पछिल्लो समय धरानका विभिन्न वडाबाट स्कुटी चोरीका घटनामा बालबालिकाहरु संलग्न हुने गरेको पाइएको छ । करिब ११ वर्ष देखि १३ वर्ष उमेरका बालकहरु चोरीका घटनामा संलग्न भएका पाइएको हो । घर अगाडि पार्किङ गरि राखिएका स्कुटी चोरी गर्ने र स्कुटीका पार्टसहरु बिक्रि गर्ने गरेका छन् । उनीहरुलाई पक्राउ गरे पनि कानुनी प्रक्रिया अनुसार कारवाही गर्न समस्या देखिएको छ । इलाका प्रहरी कार्यालयका अनुसार स्कुटीका चोरी
धरान / बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बाहिर हुने गरेको अव्यवस्थीत पार्किङले एम्बुलेन्स तथा विरामी बोकेर आएका सवारीसाधनलाई पनि अस्तव्यस्त बनाएको छ । प्रतिष्ठानको प्रवेशद्वार अघि पार्किङ गरिएका टेम्पो, सिटीसफारी लगायतका सवारी साधनले अस्पताल प्रवेशमै बाधा पुर्याउने गरेको छ । अव्यवस्थीत पार्किङले गम्भीर प्रकृतिका बिरामी बोकेर आएका एम्बुलेन्सनै रोकिदा बिरामीहरु जोखिममा हुने गरेका छन् । जथाभाविको पार्किङले बाटोमा हिड्न्े बटुवा, विरामी लिएर आएका आफन्तहरुलाई समेत आवतजावतमा समस्या हुने गरेको छ । दिनप्रतिदिन विरामीको चाप बढ्नु र प्रतिष्ठान रेफरल अस्तापलको रुपमा विकसित हुदै गएकोले प्रतिष
धरान/ उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आएका बिरामीहरुले घण्टौं लाइनमा उभिएर नाम दर्ता गर्नु पर्ने बाध्यता कायमै रहेको छ । प्रदेश १ र २ का विरामीहरु दैनिक ३ हजार भन्दा बढी उपचारका लागि आउने गर्दछन् । तर बिल काट्ने काउण्टर व्यवस्थापन नहुँदा बिरामीले अझै पनि झञ्झट व्यहोर्नु परीरहेको छ ।दुई दिन अघि पेटको समस्या लिएर ओपीडीमा चेकजाँच गराउन आएकी झापा बिर्तामोडकी सम्झाना मोतेले ओपीडीको बिल काट्नै झन्झटिलो रहेको सुनाईन् । पहिलो दिन त उनले बिल काट्नै पाइनन् । दोस्रो दिन करिब ३ घण्टा लाइनमा बसेर बिल काटिन् । उनी भन्छिन्, ‘यति ठुलो अस्पताल छ, बिल काट्न भने दुई