एसइइ स्पिकर सिजन २: उपाधि चतराकी एङ्लिसा थापालाई

  • असार ३०, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । र्‍याडिकल लाइट नेपाल प्रा.लि. धरानले आयोजना गरेको एसइइ स्पिकर २०७९ सिजन २ को उपाधि चतराकी एङिलासा थापाले जितेकी छन् ।

धरान १३ वडा सञ्जालको प्रागरणमा बुधबार भएको फाइनल प्रतिष्पर्धामा फष्ट रनर अप–बिष्णु मेमोरियल मा.बि.कि प्रतिष्ठा श्रेष्ठ, सेकेन्ड रनर अप–हिबिस्कस बोर्डिङ स्कुलकी सिसम गुरुङ र सान्त्वना–भरोल बाल मन्दिरका दिमन गिरी भएका छन् ।

प्रतियोगितमा बिजेता, उपविजेता, तृतीय हुने र सान्त्वना हुनले क्रमशः २० हजार, १५ हजार, १० हजार र ५ हजार नगदसहित धरानका विभिन्न कलेजमा अध्ययनका लागि छात्रबृति पाउने भएका छन् ।

यसैगरी प्रतियोगितामा बेस्ट पर्फमेन्स–कोशी बोर्डिङ धरानका अवेका श्रेष्ठ, बेष्ट डिसिप्लिन–जन सहयोग मा.वि .तरहराका एल्जिना खाति, मस्ट सिन्सियर–आदर्श मा.वि.चतराकी प्रज्ञा न्यौपाने, मस्ट पन्चुअल–शिक्षा शन्देश बोर्डिङ पानमाराका रज्निस न्यौपाने, मस्ट ट्यालेन्ट–कोशी बोर्डिङकी एशिका कार्की, मस्ट एक्टिभ–हिमालयन बोर्डिङ चतराकी रबिना तामाङ भएकी छन् ।

विजेता, उपविजेता, तृतीय र सान्त्वनासँगै विभिन्न टाइटल जित्ने विजेतालाई प्रमुख अतिथि धरान उपमहागरपालिकाका उपमेयर अइन्दविक्रम बेघा, पब्लिक माविका प्राचार्य इन्द्रमोहन झा, यु.एन.कलेजका होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगन श्रेष्ठ, जनता आधारभुत बिद्यालयकी प्रधानाध्यापक रीत्ता पोख्रेल, लगायतले पुरस्कार वितरण गरेका थिए ।

तीर्थ कार्कीका् अध्यक्षतमा भएको फाइनल प्रतियोगितामा महेन्द्र बहुमुखी क्याम्पसका उप–प्राध्यापक राजेश बिद्रोही र युएन.नावोदय कलेजका अध्यापक बिजय आछामीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved