स्थानीय

    Showing 4,561-4,570 of 4,960 items.
  • धरानका मेयर राईले आश्रमका बालबालिकाहरु भेटे

    धरान । धरान उपमहानगरपालिकाका मेयर तिलक राईले श्री सरस्वती बाल आश्रममा आश्रित बालबालिकाहरुसँग भेटघाट तथा शुभकामना आदान प्रदान गरेका छन् । शुक्रबार मेयर राईले धरान वडा नं. स्थित बाल आश्रम मै पुगेर आश्रित बालबालिकाहरुलाई भेट् गरेका हुन् । आश्रित बालबालिकाहरुसँग मेयर राईले आफ्नो अनुभवहरु साटासाट गरेका थिए । बालबालिकाहरुले मेयर राईलाई कात्तिक २२ गते शैक्षिक भ्रमणमा जाने जानकारी गराएका थिए । मेयर राईले तिहार, नेपाल सम्वत तथा छठ पर्वको शुभकामना दिदैं बालबालिकाहरुलाई अध्ययनमा निरन्तरता दिन आग्रह समेत गरेका थिए । शैक्षिक भ्रमणमा जादाँ एक÷एक वटा नोट बुक बोकेर रिपोर्ट गर्न पनि आग्रह गरे । मेयर रा

    • प्रकाशित मितिः कार्तिक २०, २०७८
    • 873 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा छुवाछूत कायमै

    धरान । धरानलाइ करिब १२ वर्ष अघि छुवाछुत मुक्त नगर घोषाणा गरिए पनि अझै गाउँ घरमा छुवाछुत कायमै रहेको छ । उपमहानगर बने पनि गाउँ घरमा छुवाछुतको जरो अझै उखेल्न सकेको छैन । आज धरान ६ स्थित पानबारीको सिमल चोकमा रहेको एक होटल एक दलित युवा माथी जातियताको आधारमा विभेद भएको छ । सिमल चोकमा घर बनाउदै गरेका धरान –१५ का रविन लोहोरलाई चिया खान जादा होटलकी साहुनी मिना श्रेष्ठ(राई) ले विभेद गरेकी हुन । श्रीमती सहित होटलमा खाजा नास्ता पाउँछ भन्ने थाहा पाएर पुगेका थिय । बाहिर होटलवाला नदेखे पछि घरसँग जोडिएको खाजा र चिया वनाउने सामान्य बाँसको टाटीले बारेको खुल्ला स्थानबाट होटल सञ्चालकलाई बोलाउन गएका थिए ।

    • प्रकाशित मितिः कार्तिक १८, २०७८
    • 926 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपीमा ह्विल चेयर र स्टेचरको अभाव

    धरान । दक्षिण एसियाकै उत्कृष्ट अस्पताल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विरामीका लागि चाहिने अत्यावश्यक सामाग्री ह्विल चेयर, स्टेचर पर्याप्त नहुँदा विरामी तथा विरामीका आफन्तले हैरानी व्यहोर्नु परेको छ । प्रतिष्ठानमा उपचारका लागि ल्याइएका विरामीलाई बाहिर भित्र गराउन चाहिने ह्विल चियर र स्टेचरको अभावमा सहज उपचारमा समस्या बढ्दै गएको छ । वार्डमा राखेका हिड्न नसक्ने विरामीहरुलाई सिटिस्क्यान, भिडियो एक्स–रे लगायत चेकजाँच गर्न विभागहरु पुर्याउन आवश्यक पर्ने ह्विल चियर, स्टेचरनै नपाउँदा बिरामीले सास्ती भोग्नु परेको छ । पालो सिस्टममा विरामी लिएर सिटिस्क्यान, भिडियो एक्सरे गर

    • प्रकाशित मितिः कार्तिक १७, २०७८
    • 998 पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • बाढी नियन्त्रणको योजना कागज मै सिमित

    इटहरी/ गत कार्तिक २ गते लगातार परेको बेमौसमी वर्षाका कारण आएको बाढिले इटहरीमा ९ करोडको क्षति पुगेको छ । इटहरी उद्योग वाणिज्य संघले तयार पारेको तथ्यांक अनुसार इटहरी स्थित टेंग्रा, खेति खोला साथै तरहरा स्थित खार्शाला, पानीपियाको पैनिमा आएको बाढिले इटहरी उपमहानगरको बिभिन्न ब्यवसाय, कृषि तथा जिन्सि सामग्रीहरूमा क्षति पुगेको छ । इटहरीमा सञ्चालन हुदै आएका एक दर्जन बढी पुस्तक पसलहरूमा बाढी पस्दा करीब ३ करोड बराबरको क्षति भएको इटहरी उद्योग वाणिज्य संघले जनाएको छ ।बाढिबाट १५ सय नगरवासीहरू प्रत्यक्ष प्रभावित बनेको संघको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै बाढिले होटल ब्यवसायमा धेरै क्षति गरेको प्रतिवेद

    • प्रकाशित मितिः कार्तिक १६, २०७८
    • 782 पटक पढिएको
    • "तेजबहादुर बन"
  • ठेलामा फास्टफुड व्यवसाय बढ्दै, खाद्य स्वच्छतामा खोई चासो ?

    धरान/ पछिल्लो समय सडकमा ठेलामा राखेर फास्टफुड बेच्ने प्रचलन बढ्दै गएको छ । विशेष गरि साँझको समयमा सडकका छेउछाउ ठेलामा फास्टफुड बेच्नेहरुको भिडनै लाग्ने गरेको छ । धरानमा पनि विगत १० वर्ष देखिनै सडकमा ठेलामा फास्टफुडको व्यापार भइरहेको छ । तर सडकका ठेलामा बिक्रि भइरहेका फास्टफुडहरु कति स्वच्छ र गुणस्तरिय छन् भन्ने विषयमा भने कसैले चासो दिएका छैनन् । सडक छेउछाउमा विक्री गरिने चाउचाउ, अन्डारोल, चाउमिन, मोमो मानिसले स्वाद मानी मानी खाने गरेका छन् । छिटो तथा सस्तो मूल्यमा सडकमै उभिएर भोक मेटाउने गरेका छन् । तर यी खाद्य सामाग्रीका शुद्धताको विषयमा कसैले अनुगमन गरेका भने पाइदैन । धरान १३ का सुवास

    • प्रकाशित मितिः कार्तिक १६, २०७८
    • 1,016 पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • भ्रष्टाचार मुक्त बनाउन स्वास्थ्य राज्यमन्त्री समक्ष माग

    धरान । मुलुककै गौरवको रुपमा रहेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अहिले भइरहेको वेथितिको अन्त्य चाँडो गर्न स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ सँग धरानेहरुले माग गरेका छन् । स्वास्थ्य राज्यमन्त्री भएपछि पहिलो पटक आफ्ने गृह जिल्ला तेह्रथुम जाने क्रममा धरान उपमहानगरपालिकाले राखेको स्वागत कार्यक्रममा धरानका नागरिक समाज, पत्रकार राजनीतिक दलका प्रतिनिधिहरुले मन्त्री समक्ष प्रतिष्ठानको वेथिति, भ्रष्टाचार, अनियमितता मात्र हैन उपचार पद्धति, त्यँहा रहेका उपकरण चुस्तदुरुस्त नभएकाले सुधारका लागि राज्यमन्त्री समक्ष माग गरेका हुन् । धरान उपमहानगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा ना

    • प्रकाशित मितिः कार्तिक १५, २०७८
    • 660 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • काल बन्दै जेब्राक्रसिङ : इटहरीमा ट्राफिक नियम पालना शून्य

    इटहरी/ गत बिहीबार इटहरीबाट भाटभटेनी तर्फ हुइकिएको एक सफारीलाइ मालबाहक ट्रकले ठक्कर दिदा सफारीमा सवार ३ जना मध्ये २ जना घाइते भए । दुर्घटना इटहरीको मुख्य चौक अन्तरगत पश्चिम दिशा तर्फ बनाइएको जेब्राक्रसिङमा भएको थियो । त्यस्तै शनिबार को ४ प ३१६२ नं को मोटरसाइकलले इटहरी ३ का सुमन न्यौपानेलाइ ठक्कर दिदा उनी घाइते भए । जेब्राक्रसबाट बाटो काटने क्रममा उनलाइ मोटरसाइकलले ठक्कर दिएको थियो । ठक्करबाट उनी सामान्य घाइते बनेका छन् । दुर्घटना न्युनिकरण तथा सर्वसाधरणका लागि बाटो काटन सहज होस भन्ने उद्देश्यले बनाइएको जेब्राक्रसिङ पछिल्लो समय सर्वसाधरणका लागि काल बन्न थालेको छ । इटहरीमा गएको असोज १० गते

    • प्रकाशित मितिः कार्तिक १४, २०७८
    • 1,060 पटक पढिएको
    • "तेजबहादुर बन"
  • तीनदिन देखी हराएका सुकविर इन्जिनियरिङ क्यामप्स भित्र मृत्र फेला

    धरान / विगत तीनदिन देखी हराइरहेका सुकविर तामाङ धरान–८ स्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस हाताभित्र मृत अवस्थामा फेला परेका छन् । अन्दाजी ५० वर्षीय सुकविर शनिवार क्यामप्स परिसर भित्र मृत अवस्थामा फेला परेका हुन् । इलका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुवँरका अनुसार थप अनुसन्धानका लागि शव पोस्टमार्टम गर्न विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको उनले बताए । एक महिनाअघि मात्र उनको श्रीमतीको मृत्यु भएको र श्रीमतीको मृत्यु पछि उनको हाउभाउ असामन्य रहेको स्थानीयहरुले बताएका छन् ।

    • प्रकाशित मितिः कार्तिक १३, २०७८
    • 940 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बिरामीनै दुर्घटनाको खतरामा

    धरान/ एसियाकै प्रतिष्ठिन धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जाने मुख्य सडक मै बनेका खाल्डाखुल्डीले एम्बुलेन्सहरु नै दुर्घटनाको जोखिममा परेका छन् । धरान ८ भोटेपुलबाट प्रतिष्ठान पुग्ने करिब २ किलोमिटर सडकमा बनेका खाल्डाखुल्डीले दुर्घटनाको जोखिम त बढाएकै छ, दैनिक सयौंको संख्यामा अन्य सवारी साधन समेत चलिरहँदा एम्बुलेन्सलाई सयममै विरामीलाई अस्पताल सम्म पुर्याउन समेत कठिन हुने गरेको छ । अस्पताल पुग्ने प्रमुख रुट भएकाले लोकल सिटी सफारी, टेम्पो, मोटरसाइकल अत्याधिक कुद्ने गरेका छन् । खाल्डाखुल्डीमा जोगाउँदै सवारी साधन चलाउदा दुर्घटनाको जोखिम अत्याधिक रहेको एम्बुलेन्स चालक मिलन रा

    • प्रकाशित मितिः कार्तिक ८, २०७८
    • 825 पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • एमाले धरान नगर अधिबेशन एकै ठाउँ नभए बहिस्कार गर्ने कार्यकर्ताको चेतावनी

    धरान । बिबाद चुलिदै गएको नेकपा एमाले धरान नगर समितिको अधिबेशन दुई पक्षले छुट्टाछुट्टै गर्ने प्रचारबाजी गर्न थालेपछी कार्यकर्ताहरु आक्रोशित बनेका छन । देश भरीनै एकै साथ मंगलबार हुने अधिबेशन सुनसरीको धरानमा चै दुई समुहको छुट्टाछुट्टै स्थानमा हुने भएपछी कार्यकर्ताहरु आक्रोशित बनेका हुन् । सुनसरीमा आफ्नो नेतृत्व आधिकारिक रहेको दाबी गर्दै आएका रमेश बस्नेत र रेवती रवण भण्डारी समुहले आइतबार छुट्टाछुट्टै सुचना जारी गर्दै अलग अलग स्थानमा अधिबेशनको आव्हान गरे पछि स्थानिय नेता तथा कार्यकर्ताले दुबैको अधिबेशन बहिष्कार गर्ने चेतावनी दिएका छन् । आइतबार भण्डारी समुहबाट धरान नगर अध्यक्ष हर्क जङ एभेङले धरान

    • प्रकाशित मितिः कार्तिक ८, २०७८
    • 1,191 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved