स्थानीय

    Showing ४,५३१-४,५४० of ५,३६४ items.
  • पुसको अन्तिम सातादेखि गोधुली रनिङ कप

    धरान /मोफसलकै सबैभन्दा पुरानो र धरानको फुटबल प्रतियोगितामा महत्वपूर्ण भूमिका खेल्दै आएको अन्तर वडास्तरीय गोधुली रनिङ कपको २३ औं संस्कार पौषको अन्तिम सातादेखि हुने भएको छ ।आयोजक गाधुली क्लबले दिएको जानकारी अनुसार गोधुलीकोे २३ औं सँस्करण यही पुष ३० गतेदेखि हुने भएको हो । आयोजक क्लबका उपाध्यक्ष सतिष केसीका अनुसार प्रतियोगिता पुष ३० देखि माघ १४ गतेसम्म सम्पन्न हुने भएको छ । धरान १६ रंगशालामा हुन लागेको प्रतियोगिताका लागि २० वटै वडा कार्यालयहरुलाई पत्रचार गरिसकेको बताए । उनले भने–‘हामीले प्रतियो्गिता गर्ने निर्णय गरेसँगै वडा कार्यालयहरुलाई पत्राचार गरिसकेका छौं ।’ उनका अनुसार गत

    • प्रकाशित मितिः पुस १२, २०७९
    • ७९१ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विजयपुरका मन्दिरक्षेत्र टिकटक बनाउनेको रोजाई

    धरान / प्रविधिको विकास नहुदा मनोरञ्जनको साधनको रुपमा गाउँघरमा हुने नाचगान, साँस्कृतिक चाडपर्व, लोकदोहोरी, पूजाआजामा भजन किर्तन, संगीत लगायतका हुन्थे । समय परिवर्तनसँगै प्रविधिको विकासले मनोरञ्जनको तौरतरिकामा परिवर्तन ल्याएको छ । अहिलेका पुस्ताका लागि मनोरञ्जन टिकटक, सामाजिक सञ्जाल (फेसबुक), ट्वीट्र, युट्युव लगायतका रहेका छन् । यी मध्ये पनि अहिले टिकटक सबैभन्दा राम्रो मनोरञ्जन गर्ने विधि बनेको छ ।पछिल्लो समय टिकटक फेशनको रुपमा विकास हुदै गएको छ ।   विराटनगरका युवतिहरु विजयपुरमा टिकटक बनाउदै  रमणीय स्थल पुग्ने जोकोहीको पहिलो लक्ष्य नै टिकटक बनाउने हुन्छ । अहिले धरान १४ विजयपुरका

    • प्रकाशित मितिः पुस १२, २०७९
    • ६४६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ का सांसदले पनि लिए सपथ ग्रहण

    विराटनगर / प्रदेश नं. १ का प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश नं. १ को प्रदेशसभा सदस्य निर्वाचन, २०७९ बाट निर्वाचित प्रदेश सभा सदस्यहरूमध्ये ज्येष्ठ सदस्य गयानन्द मण्डल गनगाईलाई सपथ गराएका छन् ।नेपालको संविधानको धारा १८२ को उपधारा (५), प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५, प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रामिक तथा सुविधासम्बन्धी ऐन, २०७५ को दफा १९ बमोजिम पद तथा गोपनीयताको सपथ गराएका हुन्। प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, पर्यटन तथा संस्कृतिमन्त्री खिनु लङ्वा लिम्बू, कमलप्रसाद जबेगु, खगेनसिंह हाङगाम र निर्मला लिम्बूले लिम्बू भाषा र सुनिता गच्छदार

    • प्रकाशित मितिः पुस १२, २०७९
    • ७८५ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कृषि उत्पादन बढाउनु आवश्यक

    नेपालको तराई मधेश क्षेत्रलाई देशकै अन्न भण्डार मानिन्छ । तराई मधेशमा उत्पादन हुने अन्न देशभरि पुर्याउने गरिन्छ तर पछिल्ला वर्षहरूमा तराई क्षेत्रमा अन्नको उत्पादन क्रमशः घट्दै गएको देखिन्छ । यो चिन्ताको विषय हो । त्यसो त आधुनिकीकरण र यान्त्रिकीकरणको अभावमा कृषिमा व्यावसायीकरण हुन सकेको छैन । परम्परागत कृषि प्रणालीका कारण हाम्रो कृषि निर्वाहमुखीभन्दा माथि उठ्न सकेको छैन । विभिन्न कारणले उत्पादन अझ घट्दै जानु चिन्ताको विषय हो ।   मधेश प्रदेशमा धान उत्पादनको पछिल्लो तथ्याङ्क हेर्दा पनि यसबारे प्रस्ट हुन सकिन्छ । मधेश प्रदेश कृषि निर्देशनालयको अभिलेखअनुसार आर्थिक वर्ष २०७७÷७८ मा ४

    • प्रकाशित मितिः पुस १२, २०७९
    • ५७९ पटक पढिएको
    • "कोशीपत्र सम्पादक"
  • तीन महिनापछि कार्यपालिका बैठक बस्यो

    विजयपुर /तीन महिनादेखि अवरुद्ध कार्यपालिका बैठक सोमबार बसेको छ । असोज १३ गते बसेको कार्यपालिका वैठकमा मेयर र वडाध्यक्ष तथा कार्यपालिका सदस्यबीच भएको विवाद समाधान नभएपछि बस्न सकेको थिएन । तर धरान उपमहानगरपालिका उपमेयर अइन्द्र विक्रमले विवाद समाधानका लागि पहल गरेसँगै विहीबार कार्यपालिका बैठक बसेको हो । धरान १७ मा रहेको सप्तरङ्घगी पार्कलाई वहुजातिय पार्क बनाउने मेयरको एजेन्डामाथि छलफल हुँदा मेयर साम्पाङले ‘निस्केर जानुस्’ भनेपछि विवाद चुलिएको थियो । विवादपछि सहमति जुट्न नसक्दा कार्यपालिका बैठक बस्न सकेको थिएन । विहीबार बसेको बैठकमा एजेण्डामा प्रवेश गर्नुअघि मेयर साम्पाङ, उपमेय

    • प्रकाशित मितिः पुस ११, २०७९
    • १,०९५ पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"
  • आइजिपी कप नेपाल पुलिसलाई

    धरान \ नेपाल पुलिस स्कुल सागा काभ्रेको आयोजनामा भएको आइजिपि कपको उपाधि नेपाल पुलिस स्कुल धरानले हात पारेको छ । फाइनल खेलमा लिटल एन्जल स्कुल हात्तिवन ललितपुरलाई पराजित गरी नेपाल पुलिस स्कुलले उपाधि हात पार्न सफल वनेको हो । नेपाल पुलिस स्कुल सागाको आफ्नै खेल मैदानमा भएको सो प्रतियोगितामा देशभरीका १६ स्कुल सहभागी रहेका थिए । सो प्रतियोगितामा नेपाल पुलिस स्कुल भने पहिलो पटक सहभागी वनेको हो । उक्त प्रतियोथिगतामा १६ वर्ष भन्दा मुनिका खेलाडीहरु सहभागी हुने गरेका छन् । प्रतियोगिगतामा म्यान अफ दि म्याच पुलिस स्कुल धरानका टिम क्याप्टेन साहेव मन्सुरी घोषित भएका थिए भने सर्वाधिक गोलकर्ता धरान पुलिस

    • प्रकाशित मितिः पुस ११, २०७९
    • ८६७ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गरिब तथा असहायलाई सहयोग

    धरान  / धरान उपमहानगरपालिका वडा नं. ३ ले आफ्ना वडामा रहेका गरिब, असहाय तथा सुत्केरी महिलालाई लक्षित गरी सहयोग प्रदान गरेको छ ।वडाले गरिब तथा असहायलाई जाडोको समयमा ओढ्नका लागि कमल वितरण गरेको छ भने सुत्केरी महिलाहरुलाई ५ हजार बराबरको खाद्यन्न वितरण गरेको हो । वडाले निर्णय नै गरेर वडामा रहेका ३० जना गरिब तथा असायहरुलाई कम्बल वितरण गरेको हो । जाडोको समयमा उनीहरुलाई सहज होस तथा सुत्केरी महिलालाई लक्षित गरी उनीहरुको सहजताको लागि सहयोग गरिएको धरान वडा नं. ३ का वडाध्यक्ष विद्या शाक्ले बताए । समाग्री वितरणका लागि वडाले संयोजक नै तोकेको छ । वडाकी दलित सदस्य शोभा विश्वकर्मालाई वितरणको संयोजक तोकि

    • प्रकाशित मितिः पुस ११, २०७९
    • ६२५ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कर्मचारी कल्याण समाजको अध्यक्षमा राईले उमेद्वारी दिने

    धरान / धरानस्थित बीपी कोइरालाको कर्मचारी कल्याण समाजको आगामी हुने निर्वाचनमा अध्यक्षमा प्रतिष्ठानका कर्मचारी महेश्वर राईले उमेद्वारी दिने भएका छन् । उनले आइतबार पत्रकार सम्मेलन गरेर समाजको अध्यक्षमा उमेद्वारी दिने बताएका हुन् । प्रतिष्ठानको प्रशासन शाखाका कार्यरत राईले आफू अध्यक्षमा निर्वाचित भए कर्मचारीहरुलाई एकताबद्ध बनाएर अघि बढ्ने बताए । उनले विगतमा प्रतिष्ठानका निकायहरुले पूर्णता नपाउँदा प्रतिष्ठानका काम बारबाहीमा समस्या भएको बताउदै अहिले त्यस्तो अवस्था नभएको बताए । उनले भने–‘अहिले सिनेटका सबै पदाधिकारीले पूर्ण पाएको छ, कासका मेम्बर पनि कम्प्लिट भइसकेका छन्, पदाधिकारी पन

    • प्रकाशित मितिः पुस ११, २०७९
    • ६७३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुझाव दिएर सरकारको दायित्व पूरा हुँदैन

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शीतलहर र हिमपातको जोखिमबाट जोगिन सर्वसाधारणलाई आग्रह गरेको छ । केही समययता बढेको चिसोसँगै शीतलहर र हिमपातले जनजीवनमा असर पार्ने भएकाले त्यसबाट जोगिन आग्रह गरिएको मन्त्रालयले जनाएको छ । सम्भावित जोखिमबाट जोगिन आप्mना नागरिकहरूलाई पहिले नै सचेत गराउनु स्वाभाविक छ । यस अर्थमा सरकारको यो आग्रहलाई सकारात्मकरूपमा लिन सकिन्छ तर के सर्वसाधारणलाई चिसोको जोखिमबाट जोगिन आग्रह गर्दैमा सरकारको दायित्व समाप्त हुन्छ ? यो महत्वपूर्ण प्रश्न हो ।  पक्कै पनि नागरिकलाई चिसोबाट जोगिन सतर्क गराएर मात्र सरकारको दायित्व पूरा हुँदैन । चिसोबाट जोगिन शरीरका सबै भाग ढाक्ने गरी बा

    • प्रकाशित मितिः पुस ११, २०७९
    • ५८६ पटक पढिएको
    • "कोशीपत्र सम्पादक"
  • बार्गेनिङ गर्ने शान्ता विरुद्ध प्रहरीमा उजुरी

    विजयपुर / महिला सञ्जालको नाम लिएर विभिन्न घटनामा पैसाको बर्गेनिङ गर्ने गरेको कुरा बाहिर आएपछि महिला सञ्जाल धरानले  शुक्रबार पत्रकार सम्मेलन गरी त्यस्ता कुनै घटनामा आफुहरुको संलग्नता नरहेको स्पस्ट पारेको छ । धरान १४ की शान्ता खड्काले मुद्दा मिलाइदिने भन्दै पिडित पक्षसँग पैसाको बार्गेनिङ गरेको घटना सार्वजनिक भएपछि महिला सञ्जाल धरानले खड्का सञ्जालमा आबद्ध नरहेको पनि स्पस्ट पारेको छ । पत्रकार सम्मेलन पश्चात महिला सञ्जालले बार्गोनिङको विषयमा प्रहरीमा निवेदन दिएको छन् । महिला सञ्जाल धरानले शुक्रबार इलाका प्रहरी कार्यालय धरानमा खड्का विरुद्ध निवेदन दिएको हुन् । धरान १७ मा मृत्यु

    • प्रकाशित मितिः पुस १०, २०७९
    • ८२२ पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved