कर्मचारी कल्याण समाजको अध्यक्षमा राईले उमेद्वारी दिने " कर्मचारीको हकहितका लागि लड्ने"

  • पुस ११, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / धरानस्थित बीपी कोइरालाको कर्मचारी कल्याण समाजको आगामी हुने निर्वाचनमा अध्यक्षमा प्रतिष्ठानका कर्मचारी महेश्वर राईले उमेद्वारी दिने भएका छन् । उनले आइतबार पत्रकार सम्मेलन गरेर समाजको अध्यक्षमा उमेद्वारी दिने बताएका हुन् ।

प्रतिष्ठानको प्रशासन शाखाका कार्यरत राईले आफू अध्यक्षमा निर्वाचित भए कर्मचारीहरुलाई एकताबद्ध बनाएर अघि बढ्ने बताए । उनले विगतमा प्रतिष्ठानका निकायहरुले पूर्णता नपाउँदा प्रतिष्ठानका काम बारबाहीमा समस्या भएको बताउदै अहिले त्यस्तो अवस्था नभएको बताए । उनले भने–‘अहिले सिनेटका सबै पदाधिकारीले पूर्ण पाएको छ, कासका मेम्बर पनि कम्प्लिट भइसकेका छन्, पदाधिकारी पनि सबै नियुक्ति भइसकेको अवस्था छ, निर्वाचन भइसकेपछि प्रतिष्ठानले सबै पक्षबाट पूर्णता पाउँछ ।’

उनले विगतको संस्थाले वैधानिकता नपाएको भएपनि ०७२ सालमा सिनेटको बैठकबाट यस संस्थालाई वैधानिकता दिएको बताए । उनले अब बन्ने कर्मचारी कल्याण समाजका पदाधिकारी वैधानिक हुने बताए । उनले भने–‘वैधानिक संस्था भएपछि प्रतिष्ठानका विभिन्न निकाय, प्रतिष्ठानमा आर्थिक धरासायी भएको विषयमा पनि २४ जना कार्य समितिले निर्णय गरेर अगाडि बढ्छ, आफू निर्वाचित भएको खण्डमा प्रतिष्ठानभित्र हुने गुट, उपगुटलाई एकताबद्ध बनाएर लान्छु ।’

उनले अहिलेसम्म अध्यक्षको दाबेर आफूमात्र देखिएको बताउदै कर्मचारीहरुले सक्षम नेतृत्व छान्नेमा आफू ढुक्क हुने बताए । उनले भने–‘अहिलेसम्म अध्यक्षको दाबेदारी म मात्रै छु, निर्वाचन आउन अझै बाँकी छ, अरु पनि सक्छन्, तर कर्मचारीले सक्षम, कर्मचारीको हितमा काम गर्न सक्ने नेतृत्व छान्छन् भन्ने मलाई लागेको छ ।’

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कर्मचारी कल्याण समाजको निर्वाचन पुष २३ गते हुदैछ । निर्वाचनमा आफू आकांक्षी हुने बताएका हुन् । पेशागत हकहित, अधिकारको लागि
निर्वाचन समितिले सार्वजनिक गरेको अनुसार समाजको मतदाता संख्या १ हजार ३ सय २६ जना रहेको छ ।

प्रतिष्ठानमा यसभन्दा अगाडि २०६२/०६३ को आन्दोलनपछि तदर्थ समिति गठन भएको थियो भने २०६४ र ०६६ मा क्रमशः पहिलो र दोस्रो पटक निर्वाचन भएको थियो । तर सिनेटले मान्यता दिएर नियमावली संशोधन गरेपछिको पहिलो निर्वाचन भएकोले निर्वाचिन पदाधिकारी विगतको भन्दा सशक्त हुने अध्यक्षका आकांक्षी राईको भनाई छ ।

 

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved