आइजिपी कप नेपाल पुलिसलाई

  • पुस ११, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान \ नेपाल पुलिस स्कुल सागा काभ्रेको आयोजनामा भएको आइजिपि कपको उपाधि नेपाल पुलिस स्कुल धरानले हात पारेको छ । फाइनल खेलमा लिटल एन्जल स्कुल हात्तिवन ललितपुरलाई पराजित गरी नेपाल पुलिस स्कुलले उपाधि हात पार्न सफल वनेको हो ।

नेपाल पुलिस स्कुल सागाको आफ्नै खेल मैदानमा भएको सो प्रतियोगितामा देशभरीका १६ स्कुल सहभागी रहेका थिए । सो प्रतियोगितामा नेपाल पुलिस स्कुल भने पहिलो पटक सहभागी वनेको हो । उक्त प्रतियोथिगतामा १६ वर्ष भन्दा मुनिका खेलाडीहरु सहभागी हुने गरेका छन् । प्रतियोगिगतामा म्यान अफ दि म्याच पुलिस स्कुल धरानका टिम क्याप्टेन साहेव मन्सुरी घोषित भएका थिए भने सर्वाधिक गोलकर्ता धरान पुलिस स्कुल कै रोहन गुर्मेतालाई घोषित गरीएको थियो ।

मंसिर २१ गतेबाट शुरु भएको सो प्रतियोगिता पुष ८ गते सम्पन्न भएको थियो । विजेता नेपाल पुलिस स्कुल धरानलाई प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले नगद ५० हजार ट्रफि,मेडल र प्रमाण–पत्र वितरण गरेका थिए ।

पुलिस स्कुल धरानमा खेलाडीलाई भव्य स्वागत तथा वधाई

विजेता खेलाडीहरुलाई नेपाल पुलिस स्कुलले शनिवार एक कार्यक्रमका साथ भव्य स्वागत गरेको छ । खेल जितेर शनिवार धरान आइपुगेका खेलाडीहरुलाई १ नं प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक सुदिप गिरीले खेलाडीलाई खदा र मालाले स्वागत गर्दै वधाई ज्ञापन गरेका थिए ।
खेलाडीहरुलाई प्रोत्साहनको लागि विद्यार्थीहरुले लामवद्ध लागेर स्वागत गरेका थिए । खेलाडीहरुलाई प्रोत्साहन गर्नको लागि कार्यक्रम आयोजना गरिएको स्कुल प्रिन्सिपल डिकेन्द्र रायाले बताए ।

 

नेपाल आज हङकङसँग भिड ...

काठमाडौं/आइसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन ...

विजयपुर अस्पतालमा अन ...

धरान/ धरान–१० मा रहेको विजयपुर अस्पतालमा सोम ...

स्थानीय पर्यटन प्रवर ...

वराहक्षेत्र/ धार्मिक, ऐतिहासिक र पर्यट ...

खेतीपाती सप्रियोस् भ ...

खोटाङ/ किरात समुदायको प्रमुख पर्व साकेला उभौली&nbs ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved