काठमाडौ / नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रि र शिक्षा प्रविधि तथा विज्ञान मन्त्रिले धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई छाता ऐन नखारी छुट्टै विश्वविद्यालय बनाउनु पर्नेमा जोड दिएका छन् । वीपी प्रतिष्ठान बचाउ संघर्ष समितिको ज्ञापन पत्र बुझ्दै मन्त्रिद्वयले प्रतिष्ठानको गरिमालाई उच्च राख्दै पुर्ण विश्व विद्यँलय बनाउन आफुहरु लागि गर्ने आश्वसन समेत दिए । मोहन वहादुर वस्नेतले स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई छाता ऐन भित्र राख्न नहुने वताए । मन्त्रि वस्नेतले प्रतिष्ठानको स्वायत्तता खोस्ने र आंगिक मेडिकल कलेज बनाउन परिकल्पना गर्न नकिने वताए । ‘तपाईहर
धरान / वडागत र बिषयगत क्षेत्रको बजेट सिमा पारित गर्दै धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक सम्पन्न भएको छ । श्रोत निर्धारण समितिले बिहिबार पेश गरेको बजेट सिमाको बिषय बिबादित बने पछि स्थगित भएको कार्यपालिकाको बैठक आज पुनः २ बजे देखि शुरु भएको थियो । बैठकले वडागत र बिषयगत क्षेत्रको सिमाको प्रस्ताब पारित गरेको छ । बैठकले निर्णय गरे अनुसारको बजेट सिमा आजै सबै वडाहरुमा पठाउने प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले बताए । वडागत तहमा बिनियोजन गरेको सिमा अनुसार वडा नम्बर १ मा ७७ लाख ३४ हजार ५ सय ६९, वडा नम्बर २ मा ६९ लाख १९ हजार २ सय ९३, वडा ३ मा ६८ लाख ७९ हजार १ सय ३, वडा ४ मा १ करोड ११ ल
काठमाडौ / चिकित्सा विश्वविद्यालय वनाउने उद्येश्यले भारतको अखिल भारतीय आयुर्विज्ञान संस्थान All India Institute Of Medical Sciences AIIMS ,को मोडलमा स्थापना भएको वीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानलार्ई पुर्ण विश्वविद्यालय बनाउनु पर्ने सरोकारवाहरुले माग गरेका छन् । नेपाल सरकारले सबै स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुलाई एक ठाँउमा राख्ने गरि ल्याउन लागेको नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐनमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नराखी छुट्टै विश्वविद्यालय बनाउनु पर्नेमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउ संघर्ष समितिले बिहिबार काठमाडौमा गरेको अन्तक्रियामा सरोकारवा
धरान/ बजेट सिमा बिबादित बने पछि स्थगित भएको धरान उपमहानगरपालिकाको कार्यपालिकाको बैठक आज पुनः २ बजे बस्ने भएको छ । बिहिबार बिषयगत समितिका संयोजकहरुले पर्याप्त छलफल नगरी सिमा निर्धारण गरिएको भन्दै बिरोध गरे पछि कार्यपालिका बैठक स्थगित भएको थियो । आज २ बजे कार्यपालिका बैठकका लागि प्रमुख प्रशासकिय अधिकृत मातृका भट्टराईले सुचना जारी गरेका छन् । उनका अनुसार आजको बैठकले बिहिबार उठेका बिषयहरुलाइ समाधान गर्दै वडागत र बिषयगत सिमाहरु अनुमोदन गरेर सबै वडा र समितिमा सिलिङ पठाइने भएको छ । आजको बैठकमा नीति तथा कार्यक्रम, आर्थिक बिधेयक, बिनियोजन बिधेयक पनि पेश गरिने भएको छ । आर्थिक वर्ष २०८०/ ८
धरान /होटल म्यानेजमेन्ट र ट्राभल एण्ड टुरिजमको क्षेत्रमा अध्ययन गर्ने विद्यार्थीहरुका लागी धरान १२ स्थित मेघा हिमालयन कलेजले होटल म्यानेजमेण्ट अन्तरगत तीन हप्ते हस्पिटालिटी वर्कसप सुरु गरेको छ । स्वीस कन्ट्याक्ट प्रोगामसँगको सहकार्यमा वर्कशप शुरु भएको विहीवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । कलेजका प्राचार्य भाष्कर पौडेलका अनुसार तीन हप्ता सम्म वर्कसप सन्चालन हुनेछ । वर्कसपमा स्वीस कन्ट्याक्ट मार्फत नेदरल्याण्डबाट आएका हस्पिटालिटी एक्स्पर्ट बेरेनड जन हेरिङ्गाले सहभागीहरुलाई प्रशिक्षण दिइरहेका छन् । प्रशिक्षक हेरिङ्गा २५ वर्षदेखि यस क्षेत्रमा क्रियाशील दक्ष प्रशिक्षक हुन ।
सुनसरी / नेपाल ट्रेड यूनियन काँग्रेसको सातौं राष्ट्रिय महाधिवेशनमा संस्थापन इतर पक्ष हावी भएको छ । बिहीबार भएको निर्वाचनको मत परिणाममा संस्थापन इतर समूहको १७ वटा कार्यसमिति पदाधिकारीमा १५ जनामा जित भएको छ। निर्वाचन समितिका अनुसार अध्यक्षमा संस्थापन पक्षबाट योगेन्द्रकुमार कुवँरले संस्थापन इतरका महेन्द्रप्रसाद यादवलाई ६५ मतान्तरले पराजित गरेकाछन् । कुवँरले ४४१ मत हासिल गर्दा यादव ३७६ मतमा सीमित भए । त्यसैगरि, संस्थापन इतरबाट वरिष्ठ उपाध्यक्षमा तेजेन्द्रजंग कार्की ४६९ मतसहित विजयी भए । उनले अयोध्याप्रसाद यादवलाई ३३६ मत पराजित गरे । दुई खुल्ला उपाध्यक्षतर्फ संस्थापन इतरबाट दांगका गण
धरान / आर्थिक वर्ष २०८०/८१ लागि धरान उपमहानगरपालिकाले वडागत तथा बिषयगत समितिलाइ बिनियोजन गरेको बजेट सिमा बिबादित बनेको छ । धरान उपमहानगरपालिका कार्यपालिकाको बैठकमा श्रोत अनुमान तथा बजेट सिमा निर्धारण समितिले पेश गरेको वडागत तथा क्षेत्रगत बजेट सिमाको बिषयमा प्रस्ताब पेश गरे पछि वडाध्यक्ष तथा कार्यपालिका सदस्य र बिषयगत समितिका संयोजकहरुले पर्याप्त छलफल नगरी सिमा निर्धारण गरिएको भन्दै बिबादित बनेको हो । बिबाद समाधान नभएपछी कार्यपालिका बैठक स्थगित भएको छ । बिषयगत समितिले सदस्यहरु सङ छलफल नगरी श्रोत बाडफाड समितिले कार्यक्रम पनि ल्याए पछि बिबाद बढेको हो । ४ घण्टा लामो छलफलमा मेयर हर्कर
धरान / भाडाको घरमा संचालन भइरहेको धरानको मालपोत कार्यलयको सेवा आफ्नै भवनबाट संचालन हुने भएको छ । धरानको १६ नम्बर वडामा रहेको कृषि बिकाश बैंकको भवनमा संचालन भइरहेको मालपोतको कार्यलय धरान ६ पानबारीको आफ्नै भवनमा सर्ने भएको छ । मालपोत कार्यलयले आज सुचना जारी गर्दै असार ८ गते शुक्रवार कार्यलय स्थानान्तरण गरिने जनाएको छ । कार्यालयको असार ६ गतेको बैठकले शुक्रवारबाट कार्यालय स्थानान्तरण गर्ने निर्णय गरेको हो । असार ८ गते देखि कार्यलय सार्ने भएकाले असार १२ गते सम्म ५ गते सम्म सेवा प्रवाह अवरुद्ध हुने सूचनामा उल्लेख गरेको छ ।
धरान/ नेपाली कृषकहरुले उत्पादन गरेको कृषिजन्य साामग्रीको बजारीकरण नहुदा उत्पादन अनुसारको लाभ लिन सकेका छैनन् । धरानस्थित कृषि उपज बजारको तथ्यांकलाई हेर्ने हो भने पनि यहाँका कृषकहरुले उत्पादन गरेको ९० प्रतिशत कृषि सामाग्री भारत निर्यात हुन्छ भने १० प्रतिशतमात्र नेपालमा खपत हुन्छ । उत्पादन गरेको कृषकको सामाग्री भारतीय बजारमा भर पर्नुपर्दा कृषकहरु मारमा परेका हुन् । ‘कृषि प्रधान देश नेपाल’ भनेर संसारभरि चिनिन्छ । यहाँका अधिकांश सर्वसाधारण कृषिमै आधारित भएर जीवनयापन गरिरहेका छन् । तर उनीहरुले उत्पादन गरेको कृषि सामाग्रीको भाउ भारतीय बजारमा भर पर्छ । भारतले बढी मूल्य लिएर
धरान/ नेपाली कांग्रेसले सुनसरी क्षेत्र नं. १ को प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति विस्तार गरेको छ । क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा बसेको बैठकले समितिको विस्तार गरेको हो । समितिमा मनोनित र आमन्त्रित सदस्य तथा सल्लाहकारहरु चयन गरी विस्तार गरिएको क्षेत्रीय सचिव एवम् प्रवक्ता केशव पुरीले बताएका छन् । विस्तारित समितिका सदस्यहरुमा मुकेश थापा, पदमसुन्दर लिम्वु, पेम्वा तामाङ, गम्भिर दाहाल, तिलक बहादुर कार्की, रामबहादुर मगर, दिनेश श्रेष्ठ, रेखा लिम्वु, आशिष तामाङ, महेन्द्र तामाङ, धनगोपाल राई, गोपाल कार्की र सुमन श्रेष्ठ रहेका छन् । त्यसैगरी अन्य सदस्यहरुमा योगेश थपलिया, प्