पशुपालक कृषकलाई घाँसको बिऊ वितरण

  • मंसिर १३, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ विराटनगर महानगरपालिकाले पशुपालक कृषकहरुलाई उन्नत जातको घाँसको बिऊ वितरण गरेको छ ।

महानगरको पशुपंक्षी विकास शाखाले आयोजना गरेको कार्यक्रममा महानगरका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले घाँसको बिऊ वितरण गरेका हुन् ।

विराटनगर क्षेत्रभित्रका पशुपालक ७५ जना कृषक र ८ वटा कृषि समूहलाई बिऊ वितरण गरिएको थियो ।

पशुपंक्षी विकास शाखाका प्रमुख शुभनारायण यादवका अनुसार बरसीम र जै जातको घाँसको बिऊ वितरण गरिएको थियो । प्रतिकृषक बरसीम १ र जै ४० केजी वितरण गरिएको शाखा प्रमुख यादवले जानकारी दिए ।

महानगरमा दर्ता भएका कृषि फर्मलाई छनौट गरेर उन्नतजातको बिऊ वितरण गरिएको उनको भनाइ थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले विराटनगर महानगरपालिकाभित्र कृषिमा आधारित घरधुरी पनि ठूलै रहेको बताए ।

उनले महानगरले निःशुल्क रुपमा वितरण गरेको घाँसबाट बढीभन्दा बढी लाभ लिन आग्रह समेत गरे । यसअघि महानगरले गहुँ र मकैको बिऊ वितरण गरेको थियो ।

 

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved