धरान / आदिकबी भानुभक्त आचार्यको जन्म जयन्तीमा धरानको भानुचौकमा रहेको भानुभक्तको शालिकमा माल्यर्पण गरिएको छ । नेपाली लेखक सङ्घले २१० औ भानु जयन्तीको अवसरमा धरानका लेखक, कवि साहित्यकारहरूले भानुभक्तको शालिकमा माल्यार्पण गर्दै मनाएका हुन् । कार्यक्रममा धरान उपमहानगरपालिका उपमेयर आइन्द्रविक्रम बेघाको पनि उपस्थिति रहेको थियो । उनले भानु जयन्तीका अवसरमा सबैलाई शुभकामना दिएका छन् । भानुचौकमा भएको कार्यक्रममा समालोचक प्राडा खेमनाथ दाहालले भानु भक्तिमय रामायणको सुन्दर काण्डका केही श्लोकहरू पाठ गरेका थिए । नेपाली लेखक सङ्घका केन्द्रीय सदस्य प्राडा.गोपालप्रसाद भण्डारी, मोती संस्मरण समितिका अध्य
धरान । प्राज्ञिक व्यक्तिहरुद्वारा धरानमा वि.सं. २०६६ सालमा स्थापना भएको धरान मेघा हिमालयन कलेज गुणस्तरिय शिक्षा सँगै विद्यार्थीहरुको अतिरिक्त क्रियाकलापमा बढी भन्दा बढी सहभागि गराउने विद्यालयको रुपमा परिचित छ । स्थापनादेखि नै आफूलाई उत्कृष्ट रुपमा प्रस्तुत गर्दै आएको कलेजले आधुनिक शिक्षण सिकाइ प्रणालीमा प्रयोगात्मकता र व्यवहारिकता भित्र्याइ प्रभावकारी शिक्षण गर्दै आएको छ । अतिरिक्त क्रियाकलापमा समेत नयाँ शैलीको प्रयोग गर्नु मेघा कलेजको विशेषता हो । शैक्षिक गुणस्तरको दृष्टिले वर्तमान समय तीव्र प्रतिस्पर्धाको समय हो । यो आधुनिक शिक्षण प्रणाली र ज्ञानको तीव्र प्रतिस्पर्धामा आफूलाई अद
धरान / धरानमा डेंगु सक्रमण बढ्दै गएपछि वडावडाबाट डेंगुका लार्भा नष्ट गर्ने अभियान ‘सच एण्ड डिस्ट्रोय’ लाई अगाडि बढाइएको छ । डेंगु रोग कसरी लाग्छ र सावधानीका उपायसहित यसरी वडाहरुले यो अभियान चलाएका हुन् । यसै क्रममा धरान १६ ले पनि आफ्ना वडाबासीको घर घरमा पुगेर लार्भा नष्ट गर्ने र सचेतनात्मक कार्यक्रमलाई अगाडि बढाएको हो । धरानमा अहिले डेंगुरोगीको संख्या बढ्दै गएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नीजि स्वास्थ्य संस्थाहरुमा डेंगुका विरामीहरु बढ्न थालेपछि यो अभियान अगाडि बढाइएको धरान १६ का वडाध्यक्ष मुरारीप्रसाद भट्टराईले जानकारी दिए । सच एण्ड डिस्ट्र
धरान / धरान १ सिद्धिचरण मार्गका स्थानीयहरु मलवाहक ट्रकका कारण हैरानी व्यहोर्नु परेको छ । मालवाहक ट्रक जुनसुकै समयमा छिरेर अनलोड गर्ने गर्दा सडक जाम हुनेदेखि लिएर विजुलीको तार, टेलिफोनको तार, नेटको तार चुडाइदिने लगायतका समस्या भोग्दै आएपछि स्थानीयले वडा कार्यालयमा लिखित उजुरी दिएका छन् खाद्यान्न व्यवसायीका ठूला सवारी साधनले स्कुल, कलेज, आवासक्षेत्र रहेको उक्त मार्गमा २१ टन सम्मका सवारी साधनबाट खाद्यान्न अनलोड गर्न जुनसुकै समयमा घण्टौसम्म सडक जाम गर्नेमात्र हैन विजुली, टेलिफेन र केवलका तारह चुडाइदिँदा हैरानी व्यहोर्ने गरेका छन् । यो सडक १८ फुटको रहेको छ । एउटा ह्याब्बी ट्रक छिर्ने वित्तिकै सडक
विजयपुर / सुनसरीमा रहेको बौद्धिक अपांगता भएका बालबालिकाहरुको अभिभावक भेलाले ११ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ । बौद्धिक अपांगताका अभिभावक संघ नेपालका अध्यक्ष राजु बस्नेतको समन्वयमा गत सोमबार धरानमा आयोजित कार्यक्रमबाट सन्तना श्रेष्ठ शाक्यको अध्यक्षतामा नयाँ कार्यसमिती बनेको हो । समितीको उपाध्यक्षमा सम्भु कटुवाल, सचिव अस्मित सुवेदी, कोषाध्यक्ष दिपा भट्टराई रहेका छन् । त्यसै गरि सदस्यहरुमा बिनादेबि चाम्लिङ, निमा शेर्पा, सावित्री श्रेष्ठ, कविता तामाङ, सन्तोष कुमार सुवेदी चयनभएका छन। सह –सचिव र एक सदस्य पछि मनोनयन गरिने भएको छ। बौद्धिक रुपमा कमजोर र फरक क्षमता भएको बालबालिकाहरुलाई स
धरान । धरानका विभिन्न सामाजिक कार्यको सहयोगार्थ धरानमा कोरा साइक्लिङ च्यालेन्ज हुने भएको छ । कोरा धरान २०२३ कमिटीको आयोजनामा धरान आसपासका क्षेत्रहरुमा ३८ किलोमिटर साइक्लिङ हुने आज पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । विगत ६ वर्ष देखि कोरा साइक्लिङ च्यालेन्ज गर्दै विभिन्न सामाजिक कार्यमा सक्रिय रहेको कोरा धरानले यस वर्षको मुल नारा ज्येष्ठ नागरिकका लागि साईकल यात्रा रहेको छ । जुलाई १५ शनिबार मनाइने साइकल डे को अवसरमा धरानमा हुने कोरा साइक्लिङ च्यालेन्जमा बिराटचौंक, सुन्दर हरैचा, इटहरी, तरहरा, विराटनगर, काठमाण्डौं लगायतबाट करिब २ सय जना साइक्लिस्टहरुको उपस्थिती रहने कार्यक्रम संयोजक विनयलाल श
धरान । खेलाडीलाई सहयोग गर्नका लागि पूर्व खेलाडीहरुले व्यक्तिगत रुपम अक्षयकोष स्थापना गरिदिएका छन् । धरानका पूर्व खेलाडी केन्द्र लिम्बु र धरान फुटबल क्लबका कोच समेत रहेका सागर घिमिरेले संयुक्त रुपमा १ लाख ५० लाखको स्थापना गरिदिएका हुन् । अक्षय कोषमा केन्द्र लिम्बुले १ लाख र सागर घिमिरेले ५० हजार जम्मा गरेका हुन् । विशेष गरेर फुटबल खेलाडी खेल्ने क्रममा घाइते भएको अवस्थामा सहयोग गर्ने उद्देश्यले सहयोग पु¥याउन अक्षय कोष स्थापना गरिएको अक्षयकोषका परिकल्पनाकार सागर घिमिरेले बताए । धरान १० फुड गार्डेन रेष्टुरेन्टमा आयोजित कार्यक्रममा अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रीय मानार्थ उपाध्यक्ष, को
विजयपुर / सोमबार धरान १० स्थिति सैनिक भवनमा भएको नगरसभाले बजेट पास गरेको छ । आर्थिक बर्ष २०८० र २०८१ निति तथा कार्यक्रम ,आर्थिक विधेयक, विनियोजन विधेयक बिषयमा छलफल गरि नगरसभा सदस्यहरुले पास गरेका छन । शिक्षा ,स्वास्थ उक्त कार्यक्रममा सुने समयमा विभिन्न वडाका सदस्यहरुले समस्या राख्नुको साथै आगामि बर्षमा शिक्षा र स्वास्थ मध्येनजर गरि बजेटमा समावेश गर्ने अनुरोध गरेका छन । आर्थिक विकास माहाशाखाले आर्थिक वर्ष ०८० र ०८१ मा कृषि ,सहकारी, उघोग, पशुसेवा,पर्यटन ,धार्मिक संघ संस्था परिचालन कार्यक्रम र पुर्वधार विकासको आयोजनामा धरान बसपार्क निर्माण ,विभिन्न पार्कहरु, वडा कार्यलय भवन निमर्ण, सदनरोड सडक न
धरान । धरान–१४ का सुरेन्द्र घिमिरेले स्वर्गीय बुवा कमलापति घिमिरेको नाममा बि.पि. प्रतिष्ठानका क्यान्सरका बिरामीहरुका लागि ५० हजार रुपैया बराबरको २ वटा ह्वील चियर र औषधि सहयोग गरेका छन । सोमबार बी. पी. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको ओन्कोलोजी बिभाग क्यान्सर रोग बिशेषज्ञ डा.सोनिया दुलाललाई उक्त सामग्री हस्ताम्तरण गरेका हुन् । घिमिरेका बुवा कमलापतिको गत ज्येष्ठ २४ गते ७२ बर्षको उमेरमा प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको थियो । घिमिरेका पिता समेत क्यान्सर रोगबाट मृत्युवरण गरेका थिए । पिताको उपचारका क्रममो व्हील चियरको अभाव र अन्य बिरामीका आफन्तले औषधि किन्न नसक्ने अवस्था समेत रह
धरान । तेस्रो पटक सम्म बिबादित बनेको धरान उपमहानगरपालिकाको नीति तथा कार्यक्रम र बिनियोजन बिधेयक कार्यपालिका बैठकले अनुमोदन गरेको छ । गत असार १० गते उदघाटन गरि स्थगित भएको नगरसभा आज २ बजे देखि बस्दैछ । नगरसभामा पेश हुने नीति तथा कार्यक्रम र बिनियोजन बिधेयक कार्यपालिकाले अनुमोदन गरेको छ । अघिल्लो नगरसभामा नीति तथा कार्यक्रमलाई संशोधन सहित पेश गर्न नगरसभा सदस्यहरुले माग गरेका थिए । संशोधन सहित कार्यपालिकामा पेश भएको नीति तथा कार्यक्रम र बिनियोजन बिधेयक अनुमोदन गरेको छ ।