सामुदायिक कुकुरलाई नियोन बेल्ट

  • पुष ६, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  वेवारिसे ‘सामुदायिक कुकुर’ दुर्घटनामा पर्न थाले पछि कुकुरलाई राती टल्कने नियोन बेल्ट लगाउन धरानमा सुरु गरेको छ ।

धरान मानव कल्याण सेवा समाजले ‘मानव सेवा मात्र नभई सडक दुर्घट्नाबाट आफु पनि बचौ र कुकुरलाई पनि बचाउँ’ भन्ने उदेÞश्यले सामुदायिक कुकुरलाइ रिफ्लेक्सन लाइट सहितको निओन बेल्ट लगाइएको धरान मानव कल्याण सेवाका अध्यक्ष अरमान अलिले बताए ।

उनले भने, ‘धरान बजारमा रहेका सामुदायिक कुकुरको संख्या अधिक छ । दुर्घटना बाट कुकुरहरु धेरै घाईते छन् । यसलाई न्युनिकरण गर्नका लागी र सडकमा रहेका कुकुरको सुरक्षित होस भनेर हामीले यो कार्यक्रम गर्ने सोच राखेका हौ ।’

लगभग एक सय जति कुकुरलाई बेल्ट लगाउने लक्ष्य छ । धरान निवासी हाल हङकङमा रहेका अरुणा देवान र सोनिका बान्तवाले बेल्ट खरिदको लागी ३५ सय आर्थिक सहयोग गरेका छन् ।

त्यस्तैगरि धरान मानव कल्याण सेवाले खाना खर्च १५ सय सहयोग गरेको छ ।

 

मतदानबाट विद्यार्थीह ...

इटहरी/ इटहरी स्थित एक बिद्यालयमा मतदानबाट विद्यार् ...

एमाले सुनसरीको आठौ ज ...

धरान । नेकपा एमाले सुनसरीको आठौं अधिवेशन शनिबारदेखि इटह ...

एमाले सुनसरीको आठौं ...

धरान/ आसन्न नेकपा एमाले सुनसरीको आठौं अधिवेशनबाट उ ...

सुनसरी एमालेको आठौं ...

धरान/ शनिबारदेखि सुनसरीको इटहरीमा सुरु हुने नेकपा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved