स्थानीय

    Showing ३,६०१-३,६१० of ५,३६० items.
  • नेपालको अर्थतन्त्र सुदढ बन्दै गएको मन्त्री किराँतको भनाई

    धरान/ संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किरातीले मुलुकको अर्थतन्त्र सुधारिदै गएको बताएका छन् । मन्त्री किरातीले धरान एक्स्पोको उद्घाटन अघि पत्रकारसँग भएको भेटघाट कार्यक्रममा बिग्रिएको अर्थतन्त्रलाई सरकारले सुधार्ने काम गरेको बताए । उनले हिजोको भन्दा आज अर्थ तन्त्र बलियो भएको दाबी गदै अर्थतन्त्रलाई सही ट्रयाकमा ल्याएर संवृद्धिको आधार तय गर्न सरकार कोसिसमा रहेको बताए । मन्त्री किरातीले हिजोभन्दा आज अर्ततन्त्रको सुचक सृदृढबन्दै गएको बताउदै आफूहरुमाथि परेको दबाब भने अन्त्य भइनसकेको बताए । मन्त्री किराँतले अर्को प्रसंगमा शान्ति प्रक्रिया टुंगोमा पु¥याउने सरकारको लक्ष्य अन

    • प्रकाशित मितिः फागुन ११, २०८०
    • ७२२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सबै भन्दा धेरै धावकहरु सहभागि हुने धरान १०–के रन शनिबार

    धरान/ देशकै उदाहरणीय बनेको सबै भन्दा धेरै धावकहरु सहभागि हुने गरेको धरान १० के नेवा च्यारिटी रनको १२ औँ संस्करण फागुन १२ गते शनिबार हुने भएको छ । धरान रन समूह १२ वर्ष पूरा भएको गौरवमय अवसरमा विगत भन्दा फरक र भव्यरुपले मनाउने तयारी पूरा भएको आयोजकका संस्थापक सन्तोष राईले बताए । शिक्षाको निम्ति दौड नाराको साथ हरेक उमेर समूहका महिला तथा पुरुषहरूको शारीरिक तथा मानसिक पक्षको विकास तथा सबलताको लागि दौडको माध्यमद्वारा निरोगी एवम् स्वस्थ गराउने उद्देश्यले यस संस्थाको स्थापना गरेको उनले बताए । धरानको गौरव र पर्यटन, प्रवद्र्धन विकासको अभियानसँग जोडिएको धरान रनको १२ औँ संस्करणमा तीन हजार ६ सय सहभ

    • प्रकाशित मितिः फागुन ११, २०८०
    • ६६७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बुढासुब्बा गोल्डकप २४ औँ संस्करण फागुन २६ देखि हुने

    धरान/ मोफसलकै प्रतिष्ठित अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २४ औँ संस्करण फागुन २६ गतेदेखि हुने भएको छ । आयोजक धरान फुटबल क्लबले बिहीबार पत्रकार सम्मेलन गर्दै फागुन २६ गतेदेखि चैत ३ गतेसम्म प्रतियोगिता हुने जानकारी दिएको हो । प्रतियोगितामा लिग च्याम्पियन चर्च ब्वाईज क्लब सहित ८ वटा क्लबले सहभागिता जनाउने क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिए । प्रतियोगितामा थ्री स्टार क्लब, न्यूरोड टिम एनआरटी, त्रिभुवन आर्मी क्लब, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा, जिल्ला फुटबल संघ मोरङ, आयोजक धरान फुटबल क्लब र भारतको युके एफसिको सहभागिता रहने आयोजकले जनाएको छ । प्रत

    • प्रकाशित मितिः फागुन ११, २०८०
    • ५७७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आर्थिक चलायमान गराउने धरान एक्स्पोबाट अपेक्षा

    धरान/ कोरोनाले धरायसी बनेको धरानको व्यापार व्यवसाय प्रवद्र्धन गर्न अघिल्लो वर्ष देखि सुनसरी उद्योग वाणिज्य संघले आयोजना गर्दै आएको धरान एक्स्पोले आर्थिक कारोबारलाई चलायमान बनाउने अपेक्षा गरिएको छ । आज (शुक्रबार) देखि २३ गते सम्म धरान १६ स्थित कोशी प्रदेश स्तरिय रंगशालामा तल्लो स्थानमा आयोजना हुने एक्स्पोले धरानमा व्यापार र व्यवसायलाई प्रवद्र्धन गर्दै आर्थिक कारोबारलाई चलायनमा गराउने अपेक्षा लिएको संघका अध्यक्ष तथा एक्स्पोका संरक्षक विजय श्रेष्ठले बताएका छन् । एक्स्पोमा धरान लगायत अन्य पालिकाहरु सहित विदेशी उद्योगीहरु पनि उपस्थित हुने भएकाले आर्थिक कारोबार बढ्ने उनले बताए । विहिबार एक्स

    • प्रकाशित मितिः फागुन ११, २०८०
    • ५७८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान फुस्रेका पार्कले पर्यटक तान्दै

    धरान/  कुनै बेलाको व्यापारीक केन्द्रको रुपमा रहेको धरान १३ फुस्रे सुनसान झै थियो । कोशी पहाडी क्षेत्रबाट कृषि सामाग्री ल्याएर विक्री गर्ने र नुन तेल किनेर घर फर्किने केन्द्र ठाउँ ठाउँमा सडक निर्माणसँगै सवारी साधन चल्न थालेपछि सुनसान झै बन्यो । तर अहिले फेरि यहाँ विभिन्न प्रकारका पार्क निर्माण भएपछि फुस्रेको पुरानो शाख फर्किएको छ, यहाँ रहेको पार्क हेर्न दैनिक हजारौ सर्वसाधारण आउने गरेका छ् । धेरै बर्ष धरानको फुस्रे व्यापारिक केन्द्र थियो । यहाँ धनकुटा, तेह्रुथुम, संखुवासभा, ताप्लेजुङ लगायका क्षेत्रबाट ढाकर बोकेर कृषि सामाग्री ल्याउने गर्दथे भने कृषि सामाग्री विक्री गरेपछि पैदलै दुई

    • प्रकाशित मितिः फागुन १०, २०८०
    • ७८२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पथरीशनिश्चरेको बाल कल्याणका विद्यार्थी र अभिभावक आन्दोलित

    विराटनगर/ मोरङको पथरी–शनिश्चरे नगरपालिका ७ किर्तिपुरमा रहेको बाल कल्याण माध्यामिक विद्यालय स्कुलका विद्यार्थी र अभिभावकले विभिन्न माग गर्दै प्रदर्शन गरेका छन् । व्यवस्थापन समितिले पूर्णता नपाएको, स्कुल प्रशासनले समय तालिका अनुसार स्कुल नलगाएको, स्थानीय विषयमा पठनपाठन नगरेको, सेवामुखी स्कुल नभएको, राजनीतिकरण भएको, विद्यार्थीले कुटपिट गर्ने गरेको, निजी विद्यालयसँग विद्यार्थीको सौदाबाजी गरेको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । विद्यार्थीहरुले दिवा खाजामा पारदर्शीता हुनुपर्ने, शिक्षकहरूले पुरा समय अध्यापन गराउनु  पर्ने लगायतका माग पनि राखेका छन् । प्रदर्शनका क्रममा उनीहर

    • प्रकाशित मितिः फागुन १०, २०८०
    • ५२५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • छुवाछुत अन्त्यमा ब्राम्हण समाज

    धरान/ब्राम्हण समाज धरान उपमहानगर समिति छुवाछुत अन्त्यका लागि गम्भीर बनेको सहभागीहरुले बताएका छन् । सोमबार धरानमा आयोजित समाजको धरान उपमहानगर समितिको नवौ साधारणसभा तथा तेस्रो अधिवेशनका अवसरमा समाजमा आवद्ध रहेकाहरुले सदियौदेखि चल्दै आएको जातीय विभेदको अन्त्यको लागि ब्राम्हण समाज धरान उपमहानगरसमितिले धेरै काम गरेको सहभागी वक्ताहरुले बताएका हुन् । कार्यक्रममा बोल्दै समितिका सल्लाहकार धर्मराज तिम्सिनाले जातीय विभेद अन्त्यको लागि ब्राम्हण समाजले समाजमा उल्लेख्य काम गर्दै आएको बताउदै समाजले अगाडि सहभोजको कार्यक्रम आयोजना गरेको बताए । उनले धरान उपमहानगर समतिले यस्ता कार्यक्रमलाई अगाडि बढाए पनि केन्

    • प्रकाशित मितिः फागुन ९, २०८०
    • ६४२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ६ लेन सडक आयोजना विरुद्ध दुहबीका स्थानीय आन्दोलित

    सुनसरी/ सर्वोच्च अदालतको आदेश अवज्ञा गर्दै ६ लेन सडक बिस्तार आयोजना कार्यालयले संरचना हटाउन खोजेको भन्दै सुनसरीको दुहबीका स्थानीय आन्दोलित बनेका छन् । ६ लेन सडक बिस्तार आयोजना कार्यालयले गत माघ १२ गते सार्वजनिक सूचना जारी गर्दै कोसी राजमार्ग अन्तर्गत दुहबी बजार क्षेत्रको सडक क्षेत्राधिकारमा पर्ने संरचना ३५ दिनभित्र हटाउन आग्रह गरेको थियो । त्यसबिरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका स्थानीयहरू आयोजना कार्यालयले अदालतको आदेश अवज्ञा गर्दै संरचना खाली गर्न खोजिएको भन्दै आन्दोलित बनेका हुन । सर्वोच्च अदालतले संरचना हटाउँदा वा भत्काउँदा निवेदकहरूलाई अपूरणीय क्षति पुग्न जाने भन्दै रिट निव

    • प्रकाशित मितिः फागुन ९, २०८०
    • ७०३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान कार्यपालिका बैठक विवादित

    धरान/ विभिन्न समुहद्वारा निर्मित पार्कहरु धरान उपमहानगरपालिकामा सुचिकृत गर्ने विषयमा कार्यपालिका सदस्यहरुले अध्ययन समिती गठन गर्न माग गरे पछि मेयर हर्कराज राईले कार्यपालिका बैठकनै स्थगित गरेर कार्यपालिका सदस्यहरुको मानहानी गरेको आरोप लागेको छ । मंगलबार भएको कार्यपालिका बैठकमा मेयर राईले हस्तान्तरित पार्कहरुलाई सुचीकरण तथा व्यववस्थापन गर्ने सम्बन्धमा पेश गरिएको प्रस्ताव माथि छलफल गर्न कार्यपालिका सदस्यहरुले सुझाव राख्ने क्रममा उनले प्रस्ताव माथि कुनै छलफल नगरिने भन्दै कार्यपालिका बैठकनै स्थगित गरेको घोषणा गर्दै बाहिरिएका थिए । उनी बाहिरिए पछि उपमेयर सहित वडाअध्यक्ष तथा कार्यपालिका सदस्यह

    • प्रकाशित मितिः फागुन ९, २०८०
    • १,४६१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इकोनोमिक मिडिया एसोसिएसन कोसी प्रदेशमा वाग्ले

    इटहरी./ इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) प्रदेश समिति विस्तार गरेको छ । सञ्जीव वाग्लेको अध्यक्षतामा कोसी प्रदेशमा इमानले आफ्नो पहिलो प्रदेश कमिटि गठन गरेको हो । सोमबार भएको कोसी प्रदेशका सञ्चारकर्मीहरुको भेलाले वाग्लेको नेतृत्वमा १३ सदस्यीय समिति बनाएको हो । समितिको उपाध्यक्षमा टीका खतिवडा र चीना थापा, प्रमुख सचिवमा सुरेन्द्र भण्डारी, सचिवमा कौशल निरौला कोषाध्यक्षमा हिमाल दाहाल, सह कोषाध्यक्षमा दीपक कट्वाल चयन भएका छन् । यसैगरी सदस्यहरूमा दमन राई, भीम चापागाईँ, मदन गौतम, गणेश साम्पाङ, होमबहादुर बस्नेत र योगेशबाबु काफ्लेलाई चयन गरेको छ । भेलामा इमानका केन्द्रीय अध्यक्ष रोयल आचार्य

    • प्रकाशित मितिः फागुन ८, २०८०
    • ६४५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved