छुवाछुत अन्त्यमा ब्राम्हण समाज

  • फागुन ९, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ब्राम्हण समाज धरान उपमहानगर समिति छुवाछुत अन्त्यका लागि गम्भीर बनेको सहभागीहरुले बताएका छन् ।

सोमबार धरानमा आयोजित समाजको धरान उपमहानगर समितिको नवौ साधारणसभा तथा तेस्रो अधिवेशनका अवसरमा समाजमा आवद्ध रहेकाहरुले सदियौदेखि चल्दै आएको जातीय विभेदको अन्त्यको लागि ब्राम्हण समाज धरान उपमहानगरसमितिले धेरै काम गरेको सहभागी वक्ताहरुले बताएका हुन् ।

कार्यक्रममा बोल्दै समितिका सल्लाहकार धर्मराज तिम्सिनाले जातीय विभेद अन्त्यको लागि ब्राम्हण समाजले समाजमा उल्लेख्य काम गर्दै आएको बताउदै समाजले अगाडि सहभोजको कार्यक्रम आयोजना गरेको बताए ।

उनले धरान उपमहानगर समतिले यस्ता कार्यक्रमलाई अगाडि बढाए पनि केन्द्रबाट भने उद्घोष हुन नसकेकोमा चिन्ता व्यक्त गरे । उनले जातीय भेदभाव मान्छेबाटै शुरुवात भएकोले यसको अन्त्य अब ब्राम्हण समाजले गर्नुपर्नेमा जोड दिए ।

सो अवसरमा बोल्दै समाजका अध्यक्ष उद्धव अधिकारीले संविधानको मौलिक हकको पालना गर्दै ब्राम्हण जातिलाई सद् आचारण, ज्ञान, निष्ठा, आर्थिक सम्बृद्धि आस्तिकतातर्फ अभ्रिप्रेरित गर्न गठित ब्रामहण समाज नेपाल एक सामाजिक संस्था भएको बताएका थिए ।

पहिलो दिनको खुल्लासत्रपछि मंगलबार भएको बन्दसत्रबाट समाजको अध्यक्षमा पुन: उद्धव अधिकारीलाई सर्ब सम्मत चयन गरिएको छ । ११ सदस्यीय समितिको उपाध्यक्षमा बासुदेव बराल, सचिवमा कमला भट्टराइ रहनु भएको छ भने सदस्यहरुमा क्रमश:रविन्द्र अधिकारी, कुमार ढकाल, सुवद्रा सुवेदी,

सेतादेवी निरौला, गोपाल प्रसाद भट्टराई, खेमप्रसाद भण्डारी, गंगा सिटौला नेपाललाई सर्बसम्मत चयन गरिएको छ । ब्राम्हण समाजले विगतदेखि नै प्रत्येक बर्ष छुवाछुत अन्त्य गर्ने उद्देश्यले सबै जातजातिलाई एकै ठाउँमा राखेर सामुहिक ब्रतबन्ध, कर्मकाण्ड तालिम समेत दिँदै आइरहेको छ ।

ससुरालीमै धारिलो हति ...

खोटाङ/ खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३, आह ...

होटलमा जुवाको खालमा ...

इटहरी / सुनसरीको इटहरी उपमहानगरपालिका–४ स्थित शान ...

सप्तकोशीमा पानीबोट द ...

धरान/ धनकुटाको साँगुरीगढी गाउँपालिका–१० त्रिवेणीस ...

इनरुवामा दुई जना पक् ...

इनरुवा/ सुनसरीको इनरुवामा मलद्वारमा लुकाएर ल्याइएक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved