स्थानीय

    Showing 3,591-3,600 of 5,057 items.
  • कार्यथलो अभियानमा चालकहरुले भने : गाडी चलाएर जीवन चल्छ जस्तो लाग्न छोड्यो

    धरान/ धरान काकडभिट्टा रुटका बस चालक विकि प्रधानले मजदुरहरुले काम गरिखान सक्ने अवस्था नभएको बताए । उनले भने सडक सिमित छ तर सवारीसाधनको संख्या अत्यधिक हुँदा ट्राफिक समस्या विकराल रहेको, सडक दुर्घटनाको जोखिम तिब्र रहेको र ट्राफिक प्रहरीको असहिष्णु व्यवहार र प्रशानिक झमेलाले काम गर्न समस्या परेको बताए । प्रधानको कुरामा होमा, हो थप्दै चालक दिपक कार्कीले भने चालक भएर काम गरेको दशकौँ भयो तर, गाडी चलाएर जीवन चल्छ जस्तो लाग्न छाडेकोछ । अब त विदेश जाँउ जस्तो लागिरहेकोछ गरिखाने मजदुरलाई हेर्ने दृष्टिकोण नै गलत छ अनि विदेश नगएर के गर्नु । त्यस्तै पहाडी रुटमा लामो समयदेखि काम गरेका गोपाल थापाले भने

    • प्रकाशित मितिः असोज २४, २०८०
    • 2,053 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशीमा कांग्रेसकै सरकार बनाउन पहल

    सुनसरी/  नेपाली कांग्रेसले कोशी प्रदेशमा पुनः आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने भएको छ । मंगलबार सभापति शेरबहादुर देउवाको निवासमा बसेको शीर्ष नेताहरूको बैठकले गठबन्धनमा पहिल्यै भएको सहमति बमोजिम कांग्रेसकै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय लिएको हो । सभापति देउवाले गठबन्धनमा भएको सहमति बमोजिम कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्नुपर्ने विषयमा अडान लिएका छन् । बैठकपछि सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले गठबन्धनमा पहिल्यै भएको सहमति बमोजिम कोशीमा कांग्रेसकै नेतृत्वमा सरकार गठनको लागि पहल गर्ने निर्णय भएको बताए । प्रदेशसभाको पहिलो दलको हिसावले मुख्

    • प्रकाशित मितिः असोज २४, २०८०
    • 575 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा मासु पसल बन्द : बन्दको घोषणाले स्थानीय आक्रोशित

    धरान/  बंगुरको मासुको मुल्य विवादमा धरानका मासु व्यवसायीहरुले अनिश्चितकालिन मासु पसल बन्द गर्ने घोषणा गरे पछि स्थानीयहरु आक्रोशित बनेका छन् । मासु व्यवसायीहरूले सुँगुरको मासुको मूल्य दुई महिनामा दुई पटक वृद्धि गरेका छन् । यसले उपभोक्ता प्रत्यक्ष मारमा परेका छन् । गत सोमबार धरान उपमहानगरपालिकामा बजार अनुगमन समितियले बंगुरको मासुको ५ सय रुपैयाबाट घटाएर मुल्य ४ सय ६० मा समायोजन गर्ने निर्णय गरेको थियो । निर्णयको विरोधमा मासु व्यवसायीहरुले अनिश्चितकालिन बन्दको घोषणा गरे पछि स्थानीयहरु पनि आक्रोशित बनेका हुन् । आफुखुशी बंगुरको मासुको मुल्य बढाएको भन्दै सामाजिक संजालहरुमा स्थानीयले आक्र

    • प्रकाशित मितिः असोज २४, २०८०
    • 847 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीको १२ वटै स्थानिय तहले बुझाएनन करोडौ बिद्युत महसुल रकम

    धरान/ नेपाल बिद्युत प्राधिकरणले पटक पटक ताकेता गर्दा पनि सुनसरीका १२ वटै स्थानिय तहले करोडौ रूपैया बिद्युत महसुल रकम नबुझाएको विवरण सार्वजनिक गरिएको छ । प्राधिकरणले आइतबार शुल्क बुझाउन चेतावनी स्वोरूप स्थानिय तहका नाम र बुझाउनुपर्ने शुल्क सहितको विवरण सार्वजनिक गरेको हो । जसमा सुनसरीको १२ वटै स्थानिय तहले बिद्युत महशुल नबुझाएको प्रस्ट देखाएको छ । स्थानिय तहको क्षेत्र भित्र पर्ने राजमार्ग तथा भित्री सडकको पोलहरूमा जडान गरिएका बत्ती एवम कार्यालय समेतले प्रयोग गरेको बिजुली महसुल नबुझाएको प्राधिकरणले उल्लेख गरेको छ । जसमा सबै भन्दा बढी इटहरी उपमहानगरले झन्डै ३ करोड महशुल बुझाउन बाकि देखिएको छ ।

    • प्रकाशित मितिः असोज २२, २०८०
    • 686 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • शैक्षिक गुणस्तरको जानकारी लिदै वडा नम्बर चौध

    धरान/  सामुदायीक तथा नीजि विद्यालयहरु स्थानीय सरकार मातहत आएपछि स्थानीय सरकारले यसको शैक्षिक गुणस्तर सुधारका लागि धरान उपमहानरपालिका वडा नं.. १४ ले सोही वडामा रहेको दन्तकाली माविको शैक्षिक गुणस्तरको विषयमा जानकारी लिएको छ । नीजि विद्यालयको तुलनामा सामुदायीक विद्यालयको गुणस्तर खस्किएको विषयमा व्यापक जनगुनासो बढिरहेको छ । जनगुनासोलाई आत्मसात गर्दै वडामा रहेका सामुदायीक विद्यालयको शैक्षिक गुणस्तरको विषयमा जानकारी लिएको हो । वडाले विद्यालयको भौतिक संरचनाको अवस्था, अध्ययन तथा अध्यापन गर्ने वातावरण, विद्यालयको शैक्षिक गुणस्तरको विषयमा बुझ्ने काम गरेको थियो । वडाध्यक्ष कृष्णप्रसाद भट्टर

    • प्रकाशित मितिः असोज २२, २०८०
    • 732 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • निराश नबनी संगठन निर्माणमा लाग्न कांग्रेस नेताको आग्रह

    झापा/  नेपाली कांग्रेसका पूर्व महामन्त्री एवम् अग्रज नेता कृष्णप्रसाद सिटौलाले नेपाली कांग्रेसको राजनीतिक शब्दावलीमा निराशा भन्ने शब्द नरहेको बताएका छन् । नेपाली कांग्रेस झापा जिल्ला सम्मेलनमा नेता सिटौलाले २००७ सालदेखि अहिलेसम्मको ब्यवस्था परिवर्तन एवं सरकार सञ्चालनको नीतिगत नेतृत्व कांग्रेसले नै गरेको बताउँदै निराश नबनी उत्साहका साथ संगठन निर्माणमा लाग्न कार्यकर्तालाई आह्वान गरे । नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारले सडक, विजुली, खानेपानी, स्वास्थ्य, सञ्चार, शिक्षा लगायत पूर्वाधार निर्माण एवं नीति निर्माणमा थुप्रै काम गरेको बताउँदै उनले यसको प्रचार–प्रसार गरेर कांग्रेस

    • प्रकाशित मितिः असोज २२, २०८०
    • 573 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कवि इन्दुका कवितामा विमर्श

     धरान/  शनिबार धरान र यसवरपरका कवि–साहित्यकारहरूको विशेष जमघट भएको थियो । यस्तो जमघटको चाँजोपाँजो मिलाएको थियो, कलरव धरानले । फरक शैलीमा छरितो ढङ्गले अर्थपूर्ण कार्यक्रम गर्ने साहित्यिक संस्थाको परिचय बनाएको कलरवले कवि इन्दु नेपाल योन्जनको नवीन काव्यकृति ‘अन्तिम सेलो’ बारे वार्ताको कार्यक्रम आयोजना गरेको थियो । वार्तामा सहभागी वरिष्ठ कवि बम देवान तथा डा अस्मिता विष्टले तामाङ समुदायका संस्कृति र मिथकको प्रयोग नै कवि इन्दुका कविताको शक्ति भएको धारणा राखेका थिए । उनका अधिकांश कविताहरूमा दार्शनिक भाव रहेको धारणा वार्ताकारहरूको थियो । वार्तामा सहभागी हुँदै कवि इन

    • प्रकाशित मितिः असोज २१, २०८०
    • 796 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कविहरूबीच नवआयामबारे विमर्श

     धरान/  शनिबार यहाँ सम्पन्न एक कार्यक्रमका सहभागीहरूले साहित्यलेखनमा नवीन विचार र शैलीहरूको प्रवेश हुनु स्वागतयोग्य भएको धारणा व्यक्त गरेका छन् । ‘नवआयाम–अवधारणा: समयबोध, सिर्जना र सन्दर्भका कुराहरू’ शीर्षकमा भएको अनौपचारिक छलफल कार्यक्रमका सहभागीहरूले यस्तो धारणा राखेका हुन् । कार्यक्रममा नवआयामका प्रस्तावक सुरेन्द्र लिम्बू परदेशीले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए । त्यस क्रममा उनले आयामिक अवधारणाअनुसार सिर्जनाको भौतिक संरचना, छनोट गरिने विषय र सिर्जनात्मक बुनोटको रूपसम्बन्धी धारणा राखेका थिए । उनले वर्तमान समयमा मानवीय जीवनको व्यस्तताका कार

    • प्रकाशित मितिः असोज २१, २०८०
    • 1,016 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मोडर्न प्रिपेरेटोरी सेकेण्डरी बिद्यालयका विद्यार्थीहरूले उदयपुरगढीको शैक्षिक अवलोकन

    उदयपुर/  ऐतिहासिक महत्त्व बोकेको उदयपुर गढीमा पुगेर इटहरी ६ मा रहेको मोडर्न प्रिपेरेटोरी सेकेण्डरी माध्यमिक बिद्यालयका विद्यार्थीहरूले उदयपुरगढीको शैक्षिक अवलोकन गरेका छन् । इटहरी वडा नम्बर ६ मा रहेको उक्त बिद्यालयमा रहेको ट्राभल एण्ड टुरिजम क्लब मोडर्न प्रिपरेटोरीले उदयपुर जिल्लाको उदयपुरगढीमा कक्षा ६, ७, ८ का ८० जना बढी विद्यार्थीहरूलाई शैक्षिक भ्रमण गराएको हो । बिद्यालयमा रहेको ट्राभल एण्ड टुरिजम क्लब मोडर्न प्रिपरेटोरीको आयोजनामा भएको उक्त शैक्षिक अवलोकन भ्रमणमा बिद्यार्थीहरुले उदयपुर गढी र त्यस क्षेत्रको रहनसहन, भेषभूसा, संस्कृति, जीवनशैली लगायतको अध्ययन गरेका थिए । उक्त भ्रम

    • प्रकाशित मितिः असोज १९, २०८०
    • 730 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नगर प्रमुख साम्पाङलाई मजदुरको ध्यानाकर्षण

    धरान/ धरान घण्टाघरबाट निष्कासीत मजदुरहरु प्रकाश राई र नरबहादुर सुब्बाको न्यायका लागि धरानका तीनवटा ट्रेड युनियनहरुले धरानका नगर प्रमुख साम्पाङलाई भेटेर ध्यानाकर्षण गराएकोछ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष तथा नेपाल ट्रेड युनियन महासंघ [जिफन्ट] राष्ट्रिय कमिटी सदस्य भीमज्वाला राई सहित अखिल नेपाल ट्रेड युनियन महासंघ, नेपाल ट्रेड युनियन काग्रेस आवद्ध विभिन्न संगठनका नेतृत्वको प्रतिनिधि मण्डलले मेयरसाम्पाङलाई कार्यकक्षमै भेटेर मजदुरहरुलाई पुनर्वहाली या न्याचित अनुदानको व्यवस्था गर्न सुझाएका थिए । प्रतिनिधि मण्डलको अगुवाइ गर्दै गएका अध्यक्ष राईले मजदुरहरुलाई पुनर्वहा

    • प्रकाशित मितिः असोज १९, २०८०
    • 2,214 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved