श्री मावि घोपालाई लायन्स विजयपुर द्धारा शैक्षिक सामग्री वितरण "बिकास चाम्लिङ राई"

  • फागुन १५, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/लायन्स क्लव अफ धरान विजयपुर द्धारा धरान १७ टेम्के चौक स्थित श्री मावि घोपा स्कुलका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

क्लवले मंगलवार विद्यालयको प्रागणमा एक कार्यक्रमको आयोजना गरि घोपा स्कुलका ७ कक्षा सम्मका विद्यार्थीलाई शैक्षिक सामग्री र जेहेन्दार एक छात्र र एक छात्रा विद्यार्थीलाई स्कुल पोशाक प्रदान गरेको थियो ।

क्लवले १ सय ६० विद्यार्थीहरुलाई करिव ३३ हजार रुपैया वरावरको शैक्षिक सामग्री वितरण गरेका छन ।

शैक्षिक सामग्रीका लागि सहयोग रकम धरान ८ निवासी हाल युके वस्नु हुने दल याङदेन र उनको श्रमती गिता याङदेनले उपलव्ध गराएका हुन ।

उनिहरुले आप्mनो २७ औ वैवाहिक वर्षगाठको अवसरमा सामाजिक कार्यका लागि रकम उपलव्ध गराएका हुन ।

उनिहरुले आप्mनो वैवाहिक वर्षगाठको अवसरमा नियमित रुपमा सामाजिक कार्य गर्दै आइरहेको उनको साथी समेत रहेका एलसिआइएफ जिल्ला संयोजक लायन्स रेखा गुरुङले जानकारी गराए ।

गुरुङकै पहलमा सहयोग रकम क्लवलाई प्रदान गरेका हुन ।

सहयोग सामग्री कार्यक्रमका सभाध्यक्ष लायन्स विजयपुरका अध्यक्ष उमा ताम्रकार, प्रमुख अतिथि निवर्तमान डिष्ट्रिक गभर्नर धिरज गुरुङ, प्रोटोकल चिफ लायन्स विपिन सुव्वा,

समाजेवि सम्राट श्रेष्ठ, व्लड चिफ टंक गुरुङ लगायतले वितरण गरेका थिए ।20240227_150555

श्री मावि घोपा स्कुल २०२६ सालमा स्थापना भएको हो । हाल शिसु कक्षा देखि १० कक्षा सम्म अध्यपन भइरहेको छ ।

विद्यालयमा हाल २ सय ३४ जना विद्यार्थी रहेको छ ।

कार्यक्रममा विद्यालयका प्रधानध्यापक रवि भुजेल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष मदन राई, लायन्स एकता श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved