धरान/ स्वास्थलाई मध्यनजर गरी धरान उपमहानगरपालिका ६ नं. वडा समितिले आफ्ना वडामा रहेका वडाबासीहरुको निःशुल्क स्वास्थ्य विमा गरिदिएको छ । ‘स्वास्थ्य नै धन हो’ भन्ने मूल मर्म बोकेर वडाले वडाबासीहरुहरुलाई स्वास्थ्यको पहुच पुगोस् भन्ने हेतुले वडाकै बजेटबाट स्वास्थ्य विमा गरिदिएको हो । पहिलो चरणमा वडाले गरिब तथा विपन्न परिवारको छनोट गरेर १ सय जनाको निःशुल्क स्वास्थ्य विमा गरिदिएको छ । वडामा रहेका गरिब तथा असहायलाई स्वास्थ्यको पहुच पु¥याउने उद्देश्ले वडाकै बजेटमा सर्वसाधारणको निःशुल्क स्वास्थ्य विमा गरिदिएको वडाले जनाएको छ । वडाले निःशुल्क स्वास्थ्य विमा गरिदिएकोमा आर्थिक
धरान/ धरान स्थित भानुचोक बसपार्कमा काम गर्ने श्रमिकहरूको संगठन नेपाल यातायात स्वतन्त्र मजदुर संगठन स्ट्यान्ड श्रमिक इकाईको दसौं अधिवेशनले बलबहादुर लिम्बूको अध्यक्षतामा ११ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले उपाध्यक्षमा धनबहादुर अधिकारी, सचिवमा जीवन ठटाल, सहसचिवमा शम्भु अधिकारी र कोषाध्यक्षमा गणेश काफ्ले चयन भएकाछन् । त्यस्तै सदस्यहरूमा डम्बर मग्राती, टेकबहादुर तोलाङ्गी, तिलक ठटाल, धनबहादुर मग्राती, खड्ग रोका र लिला तोलाङ्गी रहेकाछन् । अधिवेशनमा संगठन केन्द्रीय सदस्य लक्ष्मी बानियाँ, प्रदेश कमिटी अध्यक्ष
धरान/ गायक, संगीतकार, लेखक र मोडल समेत रहेका कन्चन थलङ र चलचित्र तथा म्युजिक भिडियोको क्षेत्रमा उदाईरहेकी धराने नायिका रेखा लिम्बुद्धारा अभिनित म्युजिक भिडियो ‘चिसो चिसो छ मौसम’ बोलको भाग २ म्युजिक भिडियो सार्वजनिक भएको छ । भाग १ सार्वजनिक भएको करिब ४ बर्षपछि पुनः ‘चिसो चिसो मौसम’ भाग २ कै रुपमा म्युजिक भिडियो सार्वजनिक गरी बजारमा ल्याइएको हो । चार बर्ष अघि कञ्चनकै शब्द, सङ्गीत र स्वरमा रहेको चिसो चिसो मौसम बोलको गीत सार्वजनिक भएसंगै सोही भर्सनको ‘यो मौसम बैमानी’ बोलको नयाँ गीत संगै म्युजिक भिडियो सार्बजनिक गरिएको हो । निर्देशक सान थापाको निर्दे
धरान/ समाजमा चोरी, झै–झगडा, साना घरेलु हतियारको प्रयोग, लैंगिक तथा जातीय हिंसा यौन दुव्र्यवहार लगायत समाजमा हुने आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न टोल टोलमा सुरक्षा समिती गठनको अभियानलाई तिब्रता दिएको छ । युवा पुस्ता लागूपदार्थ दुव्र्यसन जस्ता कुलतमा फस्दै गईरहेको अवस्थामा नेपाल सरकार गृह मन्त्रालय अन्तरर्गतको स्थानीय प्रहरीले समाजमा शान्ति सुरक्षा लागू पदार्थ दुव्र्यसन अपराधजन्य क्रियाकलाप नियन्त्रण तथा न्यूनिकरणका लागि समुदाय स्तरमै सम्पर्क र समन्वय गर्नका लागि टोलमा सुरक्षा समिति गठनको अभियानलाई तिव्रता दिएको हो । गाउँ र नगर, टोल–टोलमा प्रहरी भन्ने नाराका साथ समुदाय प्
धरान/ पश्चिम नेपालको जाजरकोट र रुकुम जिल्लाका भूकम्प पीडितहरुको राहतका लागि नेकपा एमाले धरान उपमहानगर कमिटीले बुधबार देखि सुनसरीको धरानमा राहत संकलन अभियान औपचारिक रुपमा सुरु गरेको छ । पार्टी नगर अध्यक्ष हर्कजंग एभेङका अनुसार धरान बजारदेखि राहत संकलन अभियान औपचारिक रुपमा शुरु गरिएको छ । धरानको भानुचौक हुँदै वजारका विभिन्न स्थानमा पुगेर उद्योगी व्यापारी एवम ऐच्छिक सहयोग गर्नेहरुलाई भेटेर आर्थिक रकम संकलन गरिएको हो । आर्थिक रकम संकलनका लागि पार्टीले नगर उपाध्यक्ष पारस काङमाङ राईको सयोजकत्वमा समिति बनाएको छ । अध्यक्ष एभेङले भने, ‘भुकम्पमा परी जनधनको क्षति गुमाएकाहरुको लागि धरा
धरान/ यस बर्ष नेपालमै उत्पादन भएको स्थानीय फूलले तिहारमा प्रसस्त पुग्ने धरानस्थित कृषि बजारले जनाएको छ । तुलानात्मक रुपमा सयपत्री लगायत अन्य फूलहरु स्थानीय स्तरमै प्रसस्त फुलेका कारण भारतबाट आउने आयातित फूल कम भित्रिने कृषि बजारले जनाएको छ । कोशी पहाडी जिल्लाको विभिन्न ठाउँमा यस बर्ष तिहार लक्षित सयपत्री फूल प्रसस्त फुलेको पाइएको छ । यस बर्ष नेपाली फूलले तिहारको माग धान्ने भएकोले भारतबाट आएको आयातित फुलको परिणाम घट्ने कृषि बजारले जनाएको हो । धरानलाई मात्र हेर्ने हो भने पनि उपमहानगरपालिकाले पकेट क्षेत्र मानिएको वडा नं. ४, ५, ६ र २० वडामा यस बर्ष प्रसस्त फूल फुलेको पाइएको छ । विगतका
मोरङ/ त्रिभुवन विश्वविद्यालयद्वाराप्रकाशित बि.बि.एस चौथो वर्षको रिजल्टमा विराटनगर स्थित मेरिल्याण्ड कलेजका छात्र प्रवेश पौडेलले नेपालमै सर्वाधिक अंक ल्याएको दाबी गरेको छ । विद्यालयका अनुसार पौडेलले ८१ दशमलव ६ प्रतिशत अंक ल्याई नेपाल प्रथम भएको कलेजले दाबी गरेको हो । ८४ जना विद्यार्थी सामेल भएकोमा डिस्टीङ्सन अंक ल्याई ८ जना, प्रथम श्रेणी ३८ जना र दोश्रो श्रेणीमा २२ जना उतिर्ण सहित ८१ प्रतिशत विद्यार्थी उतिर्ण गराउन सफल भएको कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले बताए । गत वर्ष पनि सिम्रन अग्रवालले विविएस चौथो वर्षको रिजल्टमा ८१ दशमलव २५ अंक ल्याई नेपाल प्रथम भएकी थिइन् । त्यस्तै २०७६ सा
विराटनगर/ कोशी प्रदेश सभा सदस्यहरुले कोशी प्रदेशमा बजेट कार्यक्रमहरू योजना विहीन अवस्थामा रहेको बताएका छन् । कोशी प्रदेश सभाको शून्य समयमा सांसदले योजना बजेट कार्यक्रमको अनुगमन समेत नभएको बताए । प्रदेश सभा सदस्य खड्गबहादुर बस्नेतले कोशी प्रदेशको योजना तर्जुमा प्रक्रियाको बारेमा असाध्यै कमजोर रहेको उल्लेख गरे । प्रदेशका योजनाहरू अलपत्र छ, योजना छनौट प्रक्रियादेखि नै गल्ती छ, उनले भने, अनुगमन प्रभावकारी भएका छैन । ठेकेदारको मनपरीको कारण काम अलपत्र छ ।’ उनले भूकम्पको कारण ठुलो धनजनको क्षति भएको र घरबार विहीनहरूलाई गाँसबासको व्यवस्था गर्न आग्रह गरे । त्यसै गरि प्रदेश सभा सदस्य गोविन
इलाम/ २०७५ सालमा कालोपत्रे हुँदै गर्दा इलाम नगरपालिका ५ का मनोज लम्सालले यति छिटो यो सडक भत्किन्न छ भन्ने सोचेका थिएनन् । सडक निर्माण हुन थालेको लामो समय पछि कालो पत्रे हुने भन्ने खबरले खुसी भए पनि उनको कालोपत्रेको खुसी पाँच वर्षमा चिन्तामा परिणत भयो । इलाम नगरपालिका ५ बिब्ल्याँटे देखी माई पोखरी जाने सडक कालोपत्रे टुङ्गामा नपुगी पाँच वर्ष अघि बनेको सडक जता ततै भत्किएपछि सडकको अवस्था पुरानै हुने भन्दै चिन्तित देखिन्छन् । उनी भन्छन्, ‘निर्माणको समयमा गुणस्तरीय काम नभएकै कारण यति छिटो सडक भत्किएको हो । यो बाटोको कालोपत्रे चाँप गैरी सम्म पुग्दै गर्दा सडकको सुरुको ठाउँमा भने हिँड्न न
धरान/ बढुवा प्रक्रियाको माग गर्दै आन्दोलनरत धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरूको आन्दोलन स्थगित गरेर काममा फर्किएका छन् । तीन बुदे सहमतिपछि एक महिनादेखि आन्दोलनरत चिकित्सकहरु सोमबार देखी नै काममा फर्किएका हुन् । चिकित्सकहरूको आन्दोलनले बिपी प्रतिष्ठानको ओपिडी समेत बन्द भई स्वास्थ्य सेवा प्रायः ठप्प भएको अवस्थामा आन्दोलनकारी र कार्यकारिणी बिच सहमति भई उपचार सेवा सुचारु हुने भएको छ । आन्दोलनकारी चिकित्सकहरू र पदाधिकारीहरूबिच सहमति भएको पत्र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको रोहवरमा आदान प्रदान भएको हो । रोकिएको बढुवा प्रक्रिया सुरु गर्न २ महिना भि