धरानको बरगाछीमा खुल्यो १५ बेड सहितको अस्पताल

  • वैशाख ३०, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान वडा नं ८ को वरगाछीमा खुलेको १५ बेडको धरान सिटी अस्तालले औपचारिक रुपमा शुक्रबारदेखि विरामीको उपचार सेवा शुरु गरेको छ । 

नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि चाम्लिङ राईले रिबन काटेर अस्पतालेको उद्घाटन गरेका थिए भने अस्पतालकी अध्यक्ष वरिष्ठ स्त्री तथा प्रसुती रोग डाक्टर खुश्बु अग्रवालका अनुसार १५ बेडको सुविधा सहित उपचार सेवा शुरु गरेको वताइन् ।

आँखा र दाँत बाहेकका बिशेषज्ञ डाक्टरहरुबाट ओपिडी सेवा पनि उपलब्ध हुने उनले बताइन् । दैनिकरुपमा ओपिडी सेवा हुन्छ भने चौबिसै घण्टा २ जना डाक्टरसहित इर्मजेन्सी सेवा उपलब्ध रहने उनले बताइन् ।

‘हामीले इर्मजेन्सी सेवा दिने हो, २ जना डाक्टर चौबिसै घण्टा हुन्छ,’उनले भनिन्,‘बिहान ९ बजेदेखि ५ बजेसम्म ओपिडी रहन्छ ।’ल्याब र फार्मेसी पनि चौबिसै घण्टा सुविधा हुने अस्पतालले जनाएको छ ।

अस्पतालमा माइनर अप्रेशन पनि हुनेछ तर तत्काल व्यवस्थित अप्रेशन थिएटर र आइसियु सुविधा नभएकोले जटिल किसिमका विरामी भर्ना नलिने पनि डाक्टर अग्रवालले स्पष्ट पारिन् । ‘सेवाग्राहीहरुले विश्वास गर्दै जानुभयो भने चाडै हामी अप्रेशन थिएटर र आइसियु सेवा पनि दिने योजनामा छौं,’उनले भनिन् ।

अस्पतालमा अत्याधुनिक ल्याब तथा प्याथोलोजी सेवा, एक्स रे, इसिजि सेवा, एम्बुलेन्स सेवा पनि रहेको छ । यस्तै, भिडियो एक्स रे, इकोकार्डियोग्राफी, नवजात शिशु तथा बाल रोग उपचार, प्रसुति एवं स्त्रीरोग सम्बन्धी सम्पुर्ण सेवा पनि रहेको अस्पतालको भनाई छ ।

चार जना बोर्ड सदस्य रहेको प्रालिले करिब एक करोड हाराहारीमा लगानी भएको पनि अध्यक्ष अग्रवालले बताइन् ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved