धरान / १२ औ नेवा च्यारिटि १० के रनमा धरान उपमहानगरपालिकाका जनप्रतिनिधिहरुको छुट्टै प्रतिश्पर्धा गराइने भएको छ । स्वस्थ्य समाज निर्माणका लागि जनताले चुनेका जनप्रतिनिधिहरु आफै पनि स्वस्थ्य रहनु पर्छ भन्ने सन्देश दिनलाई यस पटक देखि जनप्रतिनिधिहरुको पनि छुट्टै प्रतिश्पर्धा गराउन लागेको आयोजक धरान रनका संस्थापक सन्तोस राईले जानकारी गराए । एकै समुहमा रनमा सहभागि भए पनि जनप्रतिनिधिहरुको छुट्टै नतिजा निकालिने छ । जुन वडाका जनप्रतिनिधि विजेता हुनेछ त्यस वडालाई १२ औ नेवा च्यारिटि रन च्याम्पियन वडा घोषण गरिने संस्थापक अध्यक्ष राईले जनाए । विजेता वडालाई विशेष ट्रफिको व्यवस्थासँगै विजेता खेलाडिलाई
धरान/ हिसान सुनसरीद्धारा आयोजित हिसान स्पोष्ट अन्तर्गतको वास्केटवलको उपाधी जित्न सफल खेलाडीहरुलाई धरान उच्चले सम्मान गरेको छ । वुधवार सम्पन्न प्रतियोगितामा वास्केटबल तर्फको छात्र तथा छात्रातर्फ दुवैको उपाधी जित्न सपल विद्यार्थीहरुलाई उच्चले सम्मान गरेको हो । हिसान सुनसरीले आयोजना गरेको विभिन्न खेल अन्तर्गत भएको खेलमा धरान उच्चले वास्केटवल तर्फको दुवै खेलमा विजेता वन्न सफल भएको थियो । छात्रतर्फ सहभागी ८ स्कुललाई पछि पार्दै उच्चका विद्यार्थीहरु प्रथम हुन सफल वनेका थिए भने छात्रातर्फ ३ स्कुल सहभागी भएका थिए । विजेता विद्यार्थीहरुलाई धरान उच्चका प्रिन्सिपल हेमचन्द्र अधिकारी र विरेन्द्र मे
धरान/ लामो समयदेखि वृत्ति विकासको माग राख्दै आन्दोलनमा उत्रिएका धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षक तथा कर्मचारीरुले आफूहरुको मागमा प्रतिष्ठानका कामु उपकुलपति प्रा.डा. प्रहलाद कार्की गम्भीर नभएको बताएका छन् । उनीहरुले कामु उपकुलपति प्रा.डा. कार्कीसँगै सम्बन्धित पक्षले समेत आफूहरुको मागलाई गम्भीरतापूर्वक नलिएको बताएका हुन् । झण्डै एक महिनादेखि वृत्ति विकासको माग गर्दै प्रतिष्ठानका शिक्षक कल्याण समाज र कर्मचारी कल्याण समाजले चरणवद्ध आन्दोलन गरिरहेका छन् । उनीहरुले आफूहरुको आन्दोलनलाई सम्बन्धित पक्षले दबाउने प्रयास गरेको बताएका छन् । आफूहरुले पाउनै पर्ने बढ
मोरङ/ नेकपा एमालेले मुख्यमन्त्री केदार कार्कीलाई सरकारले हालै ल्याएको अध्यादेश फिर्ता लिन आग्रह गर्दै पत्राचार गरेको छ । अध्यादेश फिर्ता गरेर प्रदेशसभा बोलाउन उसले पत्रमा माग समेत गरेको छ । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री केदार कार्कीलाई पत्र नै पठाएर हालै सरकारले जारी गरेको ‘केही प्रदेश ऐन संशोधन अध्यादेश’ फिर्ता लिन आग्रह गरेका छन् । मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले माघ ६ गते जारी गरेको अध्यादेशबाट सरकारले ६ वटा ऐन संशोधन गरेको छ । अध्यादेशमार्फ प्रदेशसभाका पदाधिकारी थप गर्ने, प्रदेश म
धरान/ पछिल्लो समय मृगौलाका विरामी अत्याधिक बढेको पाइएको छ । धरानस्थित बीपी कोइराला स्वासथ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. सञ्जिव शर्माले समुदायमा गएर चेक जाँचलाई तिब्रता दिने क्रममा मृगौलाका विरामी बढेको बताएका छन् । मृगौलामा समस्या देखिएका रोगीलाई रोग भएको पत्तै नपाउने र समस्या आएपछि मात्र थाहा हुने भएकोले शुद्ध खानपान र व्यायमलाई बढी जोड दिन उनले शिविरमा आएकाहरुलाई सुझाव समेत दिदै आएका छन् । मेडिसिनका विज्ञ चिकित्सक समेत रहेका प्रा.डा. शर्माले दीर्घ रोगीहरुको उपचार समुदायमा गएर गर्दै आएका छन् । पछिल्लो समय यस्ता वर्गको उपचार सहज रुपमा होस् भन्ने मुख्य ध्येय लिएर उनल
सुनसरी/ कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयले बिभिन्न स्थानबाट चोरी भएका १० वटा मोटरसाइकल र २ वटा चार पाङ्ग्रे गरी १२ वटा सवारी साधन पक्राउ गरी सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेको छ । कार्यलयले बुधबार इटहरीमा पत्रकार सम्मेलन गरी बिभिन्न मितिमा हराएका सवारी साधन खोजतलास तथा नियन्त्रणमा लिएर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो । झापा, मोरङ, सुनसरी लगायतका जिल्लाहरुमा गत पुस १९ गतेदेखि खोजतलास तथा नियन्त्रणको लागि पाँच जना प्रहरी कर्मचारीको टिम परिचालन गरेको कार्यालयले जनाएको छ । प्रहरीको उक्त टिमले ती सवारी साधन नियन्त्रणमा लिई सम्बन्धित धनीलाई जिम्मा लगाइएको प्रहरी उपरिक्षक सरोज पौ
वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकामा जारी दोस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता अन्तरगत बुधबार भएको पहिलो खेलमा वडा नं ३ बिजयी भएको छ । वडा नं ६ लाई शुन्यका बिरुद्ब दुई गोलले पराजित गर्दै वडा नं ३ ले प्रतियोगितामा तीन अंक जोड्न सफल भएको छ । खेलमा १ गोल गरेका वडा नं ३ का क्याप्टेन रोशन भुजेल म्यान अफ द म्याच घोषित भए । उनले नगद २ हजार १ सय सहित ट्रफि प्राप्त गरेका थिए । त्यस्तै बुधबार नै भएको दोस्रो खेलमा वडा नं.१ विजयी भएको छ । वडा नं २ लाई दुइका विरुद्ध तिन गोलले पराजित गर्दै वडा नं १ ले प्रतियोगितामा ३ अंक जोड्न सफल बनेको छ । खेलमा २
धरान/ कोशी प्रदेश स्तरीय रोवोरेस प्रतियोगितामा उपविजेता हुन सफल विद्यार्थीहरुलाई धरान उच्चले सम्मान गरेको छ । रोवोटिक्स एसोशिएसन अफ नेपाल (इष्ट)ले आयोजना गरेको कोशी मिनियन्त्र टु पइन्ट जिरो रोवोरेस प्रतियोगितामा उपविजेता हुन सफल विद्यार्थीहरुलाई उच्च्ले सम्मान गरेको हो । विजेता हुन सफल विद्यार्थीहरु आयाम खवास,लिन भुजेल, निमदिकी लामा र विप्रसा श्रेष्ठलाई क्याम्पसले खदा र मला लगाई सम्मान गरेको थियो । विजेता धरान उच्चले प्रमाण– पत्र सहित नगद १० हजार समेत हात पारेको थियो । विजेता विद्यार्थीहरुलाई धरान उच्च अन्तर्गतको विरेन्द्र मेमोरीयल कलेजका प्रिन्सिपल तारा बहादुर निरौला,धरान उच्च
धनकुटा/ पूर्वी नेपाललाई भारत र चीनसँग जोड्न निर्माणाधीन तमोर करिडोर कालोपत्र सडकका लागि बजेट अभाव भएको छ । सुनसरीको चतराबाट धनकुटा हुँदै पाँचथरसम्मको एक सय ५५ किलोमिटरमध्ये ठेक्का लागेको धनकुटाको मुलघाटबाट पाँचथर खण्डका लागि बजेट अभाव भएको हो । आयोजनाको मुलघाट–पाँचथर खण्डको एक सय १२ किमी सडक कालोपत्रका लागि नेपाल सरकारको रु. चार अर्ब १६ करोड लागतमा मिति २०७९ कात्तिकबाट तीन वर्षमा काम पूरा गर्न ठेक्का लागेको थियो । कालोपत्र सडकका लागि स्तरोन्नति गर्न गत वर्ष रु. ४८ करोडको काम भएको करिडोरमा चालु आर्थिक वर्ष २०८०/८१ मा रु. ५८ करोड विनियोजन भएको थियो । तर उक्त रकम पुस मसान्तको
धरान/ नेकपा एमाले धरानले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विषयलाई लिएर सिंहदरबार केन्द्रित आन्दोलन गर्ने भएको छ । मङगलबार नेकपा एमाले धरानका अध्यक्ष हर्कजङ एभेङले अपिल जारी गर्दै प्रधानमन्त्री समेत रहेका प्रतिष्ठानका कुलपती,सहकुलपती रहेका नेपाली कांग्रेसका नेता तथा स्वास्थ्यमन्त्री, सहितले प्रतिष्ठानलाई बन्धक बनाएको भन्दै माघ २२ गते भित्र प्रतिष्ठानको समस्या समाधान नगरे सडक सदन हुदै सिंहदरबार केन्द्रित आन्दोलन गर्ने चेतावनी दिएका छन् । विपी प्रतिष्ठानको समस्या समाधान गर्न असक्षम भएको भन्दै एमाले धरानले प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीको राजीनामा समेत मागेको छ । ‘