स्थानीय

    Showing 3,251-3,260 of 5,056 items.
  • इटहरी गोल्ड कप उद्घाटन खेलमा एपीएफ र सगरमाथा भिड्ने

    सुनसरी/ अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्ड कप फुटबल प्रतियोगिताको १४ औँ संस्करणको उद्घाटन खेलमा विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ र साबिक विजेता सगरमाथा यूथ क्लब मोरङबिच प्रतिस्पर्धा हुने भएको छ । आयोजक राष्ट्रिय जागृति क्लब इटहरीले सोमबार खेल तालिका सार्वजनिक गर्दै उद्घाटन खेल एपीएफ र सगरमाथाबिच हुने जनाएको हो । प्रतियोगिता चैत्र १० गते देखी १९ गतेसम्म रात्रिकालीन समयमा हदै छ । एक सातासम्म चल्ने गोल्ड कपमा एक भारतीय सहित नेपालका ८ टिमको सहभागिता रहनेछ । सोमबार सार्वजनिक खेल तालिका अनुसार चैत्र ११ गते आइतबारको दोस्रो क्वाटर फाइनलमा आयोजक राष्ट्रिय जागृति क्लब र कञ्चनजंगा फुटबल क्ल

    • प्रकाशित मितिः चैत ६, २०८०
    • 736 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मानवीय विकाशमा प्रदेश सरकार अघि बढेको छ : मुख्यमन्त्री कार्की

    धरान /भौतिक विकाशले मात्रै नभई मानवीय विकाशले सभ्य समाज निर्माण गर्ने भएकाले कोशी प्रदेश सरकार मानवीय विकाशमा अघि बढेको कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बताएका छन् ।  विराटनगरमा सोमबार देखि शुरु भएको ५९ औं अन्तराष्ट्रिय जातीय विभेद तथा रंगभेद उन्मुलन दिवसको अवसरमा आयोजित दलित जनप्रतिनिधिहरूको तेस्रो कोशी प्रदेश सम्मेलनको उद्घाटन गर्दै प्रदेश सरकारले मानवीय विकाशलाई प्राथमिकतामा राखेको बताउँदै समाजमा विभेद रहे सम्म विकाश नहुने तर्क गरे । उनले विभेद रहित समाजले मात्रै प्रदेशको विकाश गर्ने बताए ।  उनले ऐन कानुन बनाएर मात्र विभेद अन्त्य नहुने भएकाले त्यसका लागि आफु भित्र

    • प्रकाशित मितिः चैत ६, २०८०
    • 478 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दोस्रो गोर्खा ट्रेल व्लेजरको उपाधि प्रशान्त र जुहिलाई

    धरान/ गोर्खा सिमेष्ट्रिज ट्रष्ट नेपालको अयोजना, धरान १८ न. वडाको संयोजन तथा धरान उपमहानगरपालिकाको सहयोगमा शनिवार आयोजित दोस्रो गोर्खा ट्रेल व्लेजर ८.५ किलोमिटर दौड प्रतियोगिताको उपाधि धरानका प्रशान्त तामाङ र भोजपुरकी जुहि राईले जितेकी छन । पुरुष तर्फका उपाधि विजेता प्रशान्त तामाङले ३१ मिनेट ५९ सेकेन्ड र महिला तर्फको उपाधि विजेता जुहि राईले ४१ मिनेट ५४ सेकेन्डमा दौड पुरा गर्दै उपाधि जितेका थिए । विजेता प्रशान्तले नगद १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रशान्त यहि फागुन १२ गते संपन्न १२ औ धरान १० किलोमिटर रन प्रतियोगिताका उपविजेता समेत हुन । महिला तर्फका विजेता जुहिले नगद १५ हजार,

    • प्रकाशित मितिः चैत ५, २०८०
    • 635 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

    बिराटनगर/ इलाका प्रहरी कार्यालय चक्रघट्टी, सुनसरीमा कार्यरत प्रहरी निरीक्षक राम प्रसाद तिमल्सिना र इलाका प्रहरी कार्यालय पथरी मोरङमा कार्यरत प्रहरी सहायक निरीक्षक किशोर भट्टराई फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । बिभिन्न स्थानमा सचेतनामुलक कार्यक्रमहरु संचालन गरी आफूलाई दिइएको जिम्मेवारी उच्च मनोबलका साथ निर्वाह गरी उत्कृष्ट तथा प्रशंसनीय कार्य गरेको हुँदा इलाका प्रहरी कार्यालय महेन्द्रनगर, चक्रघट्टी सुनसरीमा कार्यरत प्रहरी निरीक्षक राम प्रसाद तिमल्सिना र इ.प्र.का.पथरी मोरङ कार्यरत प्रहरी सहायक निरीक्षक किशोर भट्टराईलाई निजहरुले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मूल्याङ

    • प्रकाशित मितिः चैत ५, २०८०
    • 934 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विगत ३ वर्षदेखि निरन्तर स्वास्थ्य शिविर

    धरान/ परिवर्तनका लागि सामाजिक अभियानले विगत ३ वर्षदेखि धरानका विभिन्न वडाहरुमा निःशुल्क सामाजिक स्वास्थ्य शिविरको आयोजना गर्दै आईरहेको छ ।  जेष्ठ नागरिकहरुका लागि आयोजित यस शिविरमा विशेष गरि मुटु, मधुमेह र रक्तचापका विरामीहरुको स्वास्थ्य परिक्षण गर्ने गरिन्छ । वरिष्ठ मुटु रोेग विशेषज्ञ डा. प्रशान्त शाहले परिक्षण गर्ने यस क्लिनिकमा निःशुल्क रुपमा सुगर परिक्षण र औषधि वितरण गर्ने गरिएको अभियानका अध्यक्ष विष्णु बरालले बताए । “हामीले बुवाआमाको सुस्वास्थ्य र दीर्घायुको निम्ति विगत ३ वर्षदेखि सामाजिक स्वास्थ्य क्लिनिक आयोजना गरिरहेका छौं ।” बरालले भने । शिविरमा बिरामी हुनुभन

    • प्रकाशित मितिः चैत ५, २०८०
    • 437 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्रको चतरा बजारमा अनुगमन, म्याद नाघेका सामाग्री नष्ट

    चतरा/  वराहक्षेत्र नगरपालिकाले आइतबार चतरा बजारमा अनुगमन गरेको छ । उपभोक्ताहरूको अधिकार सुनिश्चितताको लागि र वाह्र वर्से पुर्ण महाकुम्भ मेलालाई केन्द्रित गरेर बजार अनुगमन गर्ने योजना अनुसार नगरपालिकाको अनुगमन टोलीले चतरा बजारका पसलहरू अनुगमन गरेको नगरपालिकाका आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारीले बताए । अनुगमनको क्रममा बजारमा रहेको पसलहरूबाट म्याद नाघेका खाद्य सामाग्री, बढी मात्रामा चिसो पदार्थहरू, बिस्कुट फेला पारेर नष्ट गरिएको आर्थिक विकास शाखाका प्रमुख तिवारीले बताए । म्याद नाघेको सामाग्री फेला परेको पसल, दर्ता प्रक्रिया नगरी सञ्चालन भएका पसल र होटलहरूलाई ५ हजारसम्म जरिमाना समेत

    • प्रकाशित मितिः चैत ४, २०८०
    • 620 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • २४ औ बुढासुब्बा गोल्डकपको उपाधि एनआरटीलाई

    धरान/  न्यू रोड क्लब (एनआरटी) २४ औ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिताको च्याम्पियन बनेको छ।  धरान रंगशालमा शनबिार भएको फाइनल खेलमा मोरङ फुटबल एशोसियसनलाई २–१ गोल अन्तरले पराजित गर्दै एनआरटी दोस्रो पटक च्याम्पियन बनेको हो । एनआरटी १० औ सस्करणको बिजेता हो । उपाधी जितेको एनआरटीले रनिङ ट्रफीसहित नगद १० लाख रुपैया हात पारेको छ । पहिलो पटक फाइनलमा पुगेको मोरङ उपबिजेतामा चित्त बुझाउदै नगद ५ लाख रुपैया प्राप्त गर्‍यो १ निर्धारित ९० मिनेटको खेलमा एनआरटीका बिदेशी खेलाडी अफिज ओलावालेले सुरुवाती ७ औ मिनेटको गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। अफिजले

    • प्रकाशित मितिः चैत ४, २०८०
    • 616 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नागरिक स्तरबाट खानेपानी व्यवस्थापनमा लागे एक करोड सहयोग गर्ने प्रतिवद्धता

    धरान/ कर्ण श्रेष्ठ धरान १ मा बसोबास गर्ने पुराना व्यवसायी हुुनुहुन्छ । धरानका आम चासोका विषय र सरोकारका विषयमा चासो र चिन्ता गरिरहने मध्य उहाँ पनि एक हुनुहुन्छ । धरानमा खानेपानीको दीर्घकालिन समाधानका लागि सरकारबाट कुनै काम नहुँदा उहाँ चिन्तित पनि हुनुहुन्छ । राणा, पञ्चायत, प्रजातन्त्र र उन्नत लोकतन्त्र सबै खेप्नु भएको श्रेष्ठ धरानमा खानेपानीको समस्या राणाकालदेखि नै भोग्दैं आएको बताउनु हुन्छ । समस्या राणाकालदेखि थियो । नयाँ व्यवस्था आयो । शासक फेरिए । शासन फेरियो । तर धरानको खानेपानीको दीर्घकालिन व्यवस्थापन हुन सकेको छैन् ।, उहाँ भन्नुहुन्छ । अव यस विषयमा नागरिक नै जागरुक हुनु जरुरी छ

    • प्रकाशित मितिः चैत ४, २०८०
    • 717 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पहिचानवादीको साझा उम्मेदवार डकेन्द्रसिंह थेगिम

    धरान/  वैशाख १५ गते हुने इलाम २ को उपनिर्वाचनमा पहिचानवादीहरुले डकेन्द्रसिंह थेगिम लिम्बूलाई साझा उम्मेदवार बनाउने घोषणा गरेका छन् । प्रदेश नं १ पुनः नामांकन सयुक्त संघर्ष समितिले पत्रकार सम्मेलन गरी डकेन्द्रसिंहलाई साझा उम्मेदवार घोषणा गरेका हुन् । समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘इलाम जिल्ला क्षेत्र नं २ मा प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिको तर्फबाट प्रदेश नं १ पुनः नामकरणको विगत २०७९ फागुन १७ गतेबाट जारी आन्दोलनको अग्रपङ्क्तिमा सशक्त नेतृत्व गर्दै आएका संघर्ष समितिका वर्तमान अध्यक्ष डकेन्द्रसिंह लिम्बूलाई पहिचान पक्षधरहरूको सर्वसम्मत साझा स्वतन्त्र उम

    • प्रकाशित मितिः चैत ४, २०८०
    • 507 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अन्तर्राष्ट्रिय गणित तथा पाई दिवस मनाइयो

    धरान /अन्तर्राष्ट्रिय गणित तथा पाई दिवसको अवसरमा यहाँस्थित महेन्द्र बहुमुखी क्याम्पसमा बिहीबार ‘टक सिरिज’ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नरेन्द्रप्रसाद लिम्बूले वास्तविक जीवनमा गणितको उपयोग, नरबहादुर तामाङले पाई र जम्बु शेर्पाले गणित शिक्षणमा समस्या र समाधान विषयमा प्रस्तुतीकरण प्रस्तुत गरेका थिए । त्यस क्रममा सहभागी विद्यार्थीहरूका तर्पmबाट केन्द्रीय प्रविधि क्याम्पसमा बीएससी चौथो वर्षका छात्र भुवन पौडेल र बीएड दोस्रो वर्षकी छात्रा विनीता लिम्बूले अनूभुति मन्तव्य राखेका थिए । नेपाल गणित समाजको कोशी प्रदेश समिति र महेन्द्र बहुमुखी क्याम्पसको गणित तथा भूगोल विभागले संयुक्

    • प्रकाशित मितिः चैत २, २०८०
    • 1,216 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved