स्थानीय

    Showing 3,241-3,250 of 4,929 items.
  • धरान उच्चद्वारा रोवोरेस प्रतियोगितामा उपविजेता हुने विद्यार्थीलाई सम्मान

    धरान/ कोशी प्रदेश स्तरीय रोवोरेस प्रतियोगितामा उपविजेता हुन सफल विद्यार्थीहरुलाई धरान उच्चले सम्मान गरेको छ । रोवोटिक्स एसोशिएसन अफ नेपाल (इष्ट)ले आयोजना गरेको कोशी मिनियन्त्र टु पइन्ट जिरो रोवोरेस प्रतियोगितामा उपविजेता हुन सफल विद्यार्थीहरुलाई उच्च्ले सम्मान गरेको हो । विजेता हुन सफल विद्यार्थीहरु आयाम खवास,लिन भुजेल, निमदिकी लामा र विप्रसा श्रेष्ठलाई क्याम्पसले खदा र मला लगाई सम्मान गरेको थियो । विजेता धरान उच्चले प्रमाण– पत्र सहित नगद १० हजार समेत हात पारेको थियो । विजेता विद्यार्थीहरुलाई धरान उच्च अन्तर्गतको विरेन्द्र मेमोरीयल कलेजका प्रिन्सिपल तारा बहादुर निरौला,धरान उच्च

    • प्रकाशित मितिः माघ १७, २०८०
    • 1,107 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • तमोर करिडोर कालोपत्र सडकका लागि बजेट अभाव

    धनकुटा/  पूर्वी नेपाललाई भारत र चीनसँग जोड्न निर्माणाधीन तमोर करिडोर कालोपत्र सडकका लागि बजेट अभाव भएको छ । सुनसरीको चतराबाट धनकुटा हुँदै पाँचथरसम्मको एक सय ५५ किलोमिटरमध्ये ठेक्का लागेको धनकुटाको मुलघाटबाट पाँचथर खण्डका लागि बजेट अभाव भएको हो । आयोजनाको मुलघाट–पाँचथर खण्डको एक सय १२ किमी सडक कालोपत्रका लागि नेपाल सरकारको रु. चार अर्ब १६ करोड लागतमा मिति २०७९ कात्तिकबाट तीन वर्षमा काम पूरा गर्न ठेक्का लागेको थियो । कालोपत्र सडकका लागि स्तरोन्नति गर्न गत वर्ष रु. ४८ करोडको काम भएको करिडोरमा चालु आर्थिक वर्ष २०८०/८१ मा रु. ५८ करोड विनियोजन भएको थियो । तर उक्त रकम पुस मसान्तको

    • प्रकाशित मितिः माघ १७, २०८०
    • 501 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वीपी आन्दोलन : संहदरबार केन्द्रित आन्दोलन गर्ने एमालेको चेतावनी

    धरान/ नेकपा एमाले धरानले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विषयलाई लिएर सिंहदरबार केन्द्रित आन्दोलन गर्ने भएको छ । मङगलबार नेकपा एमाले धरानका अध्यक्ष हर्कजङ एभेङले अपिल जारी गर्दै प्रधानमन्त्री समेत रहेका प्रतिष्ठानका कुलपती,सहकुलपती रहेका नेपाली कांग्रेसका नेता तथा स्वास्थ्यमन्त्री, सहितले प्रतिष्ठानलाई बन्धक बनाएको भन्दै माघ २२ गते भित्र प्रतिष्ठानको समस्या समाधान नगरे सडक सदन हुदै सिंहदरबार केन्द्रित आन्दोलन गर्ने चेतावनी दिएका छन् । विपी प्रतिष्ठानको समस्या समाधान गर्न असक्षम भएको भन्दै एमाले धरानले प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीको राजीनामा समेत मागेको छ । ‘

    • प्रकाशित मितिः माघ १७, २०८०
    • 443 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गठबन्धनका नेतालाई गाडी बाढ्दै सरकार

    विराटनगर/  कोशी प्रदेश सरकारले केही प्रदेश ऐन संशोधन गर्न ल्याएको अध्यादेश फिर्ता नलिए नेकपा एमालेले कठोर कदम चाल्ने जनाएको छ । नेकपा एमाले कोशी प्रदेश संसदीय दलले आज पत्रकार सम्मेलन गर्दै गठबन्धन दलका नेताहरूलाई खुसी पर्न ल्याएको अध्यादेश फिर्ता नलिए सांसदबाटै निष्क्रिय पार्ने सम्मको चेतावनी दिएको छ । एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले दलका तर्फबाट पत्रकार सम्मेलन गर्दै तत्काल अध्यादेश फिर्ता नलिए निष्कर्ष बिहिन तुल्याउन लागि आवश्यक तयारी गर्ने बताए । उनले अध्यादेश फिर्ता नगर यो अध्यादेश फेल गराउन एमाले बाध्य भएर लाग्ने चेतावनी दिए । उनले भने संसद्को

    • प्रकाशित मितिः माघ १६, २०८०
    • 447 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दश वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सुरू

    सुनसरी/ कोशी प्रदेशका १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सोमबारबाट सुरू भएको छ । मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा स्वास्थ्य मन्त्रालयले यसअघि नै नोबेल शिक्षण अस्पताल, विराट शिक्षण अस्पताल, हाम्रो अस्पताल र प्रादेशिक अस्पतालसँग सम्झौता गरेर उक्त उमेर समूहका बालबालिकाको निःशुल्क उपचार सुरू गरेको हो । स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुधा देवकोटाले नोबेल शिक्षण अस्पतालबाट सोमबार अ‍ौपचारिक रूपमा बालबालिकाहरूको निःशुल्क उपचार सेवा सुरू गरेकी हुन् । प्रदेश सरकारको निःशुल्क उपचार सेवा कोशी प्रदेशमा स्थायी बसोबास गर्नेले मात्रै पाउने छन्,ञ उनले भनिन्, झनिःशुल्क उपचार सेवा लिन बा

    • प्रकाशित मितिः माघ १६, २०८०
    • 424 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विभिन्न कविले कवि पाख्रिनका कविता सुनाए

    धरान/ शनिबार धरानमा पूर्वका विभिन्न स्थानबाट आएका कविहरू भेला भएका थिए । सन्दर्भ थियो – धराने कवि सुदीप पाख्रिनको ‘दगुरिहिँड्ने चौबाटो’ कविता सङ्ग्रहको दोस्रो संस्करणको सन्दर्भमा आयोजित काव्योत्सव । सुनसरी, मोरङ, झापा, उदयपुर, धनकुटालगायतका स्थानबाट भेला भएका कवि–लेखकहरू भेला हुनेबित्तिकै पृष्ठभूमिमा बजिरहेको मधुरो सङ्गीतसँगै कवि हेमन यात्रीले कार्यक्रमबारे जानकारी गराए । त्यस क्रममा ‘दगुरिहिँड्ने चौबाटो’ कविता सङ्ग्रहभित्र रहेका दुई दर्जन कविता विभिन्न कविहरूले वाचन गरेका थिए । प्रायः जसो कार्यक्रममा कविहरूले आफ्नो कविता आफै वाचन गर्छन् तर त्यस दिन

    • प्रकाशित मितिः माघ १५, २०८०
    • 697 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अनुशासित चालकलाई सम्मान

    धरान/ नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरानले इमान्दार, अनुशासित र कर्तव्यनिष्ठ चालक तथा अन्य मजदुरहरुलाई सम्मान गरेको छ । संगठन धरानको १५ औँ अधिवेशनको अवसरमा मजदुरहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा लामो समयदेखि चालकपेशामा रहेर सडक दुर्घटना नगर्ने चालकहरु उपेन्द्र कार्की, सहदेव सतार, प्रदिप श्रेष्ठ, राजेन्द्र धिमाल, घुरनलाल चौधरी, रुद्र तामाङ, सहचालक राजकुमार कर्ण, बुकिङ बालकुष्ण बुढाथोकी र रिक्सा चालक जीवन खड्का रहेका छन् । संगठनका केन्द्रीय अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि भीमज्वाला राईले सम्मान पत्र र नगद १ हजार १ सय सहित सम्मान गरेका थिए ।

    • प्रकाशित मितिः माघ १५, २०८०
    • 678 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हिसान रन : धरान मेघाका संयोगहाङ र कोशी सेन्ट जेम्सकी आयुसा प्रथम

    सुनसरी/ उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल हिसान सुनसरीको स्पोर्ट्स मिट २०८० अन्तर्गत हिसान रनमा छात्रतर्फ धरान मेघा हिमालयन कलेज र छात्रातर्फ कोशी सेन्टजेम्स स्कूल प्रथम भएका छन । इटहरीमा आइतबार बिहान भएको ५ किलोमिटर लामो दौडमा धरान मेघाका संयोगहाङ राईले निर्धारित दुरी १४ मिनेट ३९ सेकेण्डमा पुरा गरेर प्रथम भए । एम्स एकेडेमी धरानका प्रताप राई १५ मिनेट ६ सेकेण्डमा निर्धारित दुरी पार गर्दै दोस्रो भए । सुनाखरी एकेडेमीका उज्वल राईले १५ मिनेट १९ सेकेण्डमा निर्धारित दुरी पार गर्दै तेस्रो भए । छात्रातर्फ कोशी सेन्टजेम्सकी आयुसा प्रधानले २० मिनेट २२ सेकेण्डमा निर्धारित दुरी पार गर्द

    • प्रकाशित मितिः माघ १५, २०८०
    • 969 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सौर्य उर्जा जडामा उद्योगीहरुको साथ

    विराटनगर/ डिजल खपत गरिरहेको उद्योगहरुमा सोलार रुफटप प्रविधि जडान गरी कार्बन उत्सर्जनमा कमी ल्याउने उद्देश्यले उद्योगी, व्यवसायीहरुका साथ सोलार रुफटप सम्वन्धी अन्तरक्रिया गरेको छ । नेपाल सरकारको उर्जा, जलश्रोत तथ सिंचाई मन्त्रालय अन्तर्गतको वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र आयोजना, उद्योग संगठन मोरङ र जर्मन सहयोग नियोगको समन्वयमा कार्यक्रम भएको हो । कार्यक्रममा संगठनका अध्यक्ष्ँ राकेश सुरानाले सौर्य उर्जा उद्योगहरुका लागि सस्तो वैकल्पिक उर्जा भएको वताए । उनले पर्याप्त विद्युत उपलब्ध नभईरहेको अवस्थामा सौर्य उर्जाको उपलब्धता उद्योग संचालनका लागि उत्तम विकल्प हुने वताउदै यसको प्रँविधिक पक्

    • प्रकाशित मितिः माघ १५, २०८०
    • 637 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सेवा सुचारु गर्न नागरिक दवाव निरन्तर आन्दोलनले विरामी मारमा

    धरान/ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या छिटो समाधान तथा सेवाग्राहीलाई सेवा तत्काल प्रदान गर्न दवाव स्वरुप धरान १८ का वडाध्यक्षको नेतृत्वमा शान्तिपूर्ण र्‍याली गरिएको छ । प्रतिष्ठानका पदाधिकारी, चिकित्सक, शिक्षक, कर्मचारीहरुको गुटबन्दी र अकर्मयन्यताले प्रतिष्ठान आफै विरामी मात्र होइन हाल आएर उपचार सेवा समेत ठप्प भएकोले आन्दोलनमा होमिनुपरेको वडाध्यक्ष नरेन्द्र राई (प्रविन)ले जानकारी दिए । तत्काल अस्पतालको सेवा र पठनपाठन सुचारु गर्न माग गर्दै विभिन्न प्लेकार्ड बोकेर सयौं धरानेहरु सहभागी भएका थिए । अब प्रतिष्ठान सुधार्न हदै कोसिस भएको र सबैले लत्तो छाडे पछि भण

    • प्रकाशित मितिः माघ १५, २०८०
    • 1,633 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved