धरानको समग्र विकासमा ध्यान दिन मेयर राईलाई काँग्रेसको ध्यानाकर्षण

  • असार १०, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ नेपाली काँग्रेस धरान उपमहानगर समितिले धरानको समग्र विकासमा मिलेर अगाडि बढ्न धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईलाई ध्यानाकर्षण गराएका छन् ।

सोमबार उपमहानगरपालिकाकाका प्रमुख राईलाई ध्यानाकर्षण बुझाउदै काँग्रेस नगर समितिले ध्यानकर्षण गराएको हो ।

नगरका सभापति श्याम पोख्रेलेको नेतृत्वमा मेयर राईलाई ध्यानकर्षण बुझाउदै धरान आफ्नो श्रम, सीप लगानी र मेहेनतले निर्माण गरेको शहर भएकोले विगतदेखि नै जनसहभागिताको सहरको रुपमा चिनिएको बताएका थिए ।

उनीहरुले धार्मिक सद्भाव कायम गर्न राजनैतिक, सामाजिक, शैक्षिक एवम् धार्मिक रुपमा सद्भाव कायम गर्दै भाईचारा, भातृत्व र विकास निर्माणको उदाहरण बन्न मेयर राईलाई ध्यानाकर्षण गराएका थिए ।

३३ बुदे ध्यानकर्षणपत्रमा उनीहरुले राष्ट्रिय गौरवको योजनामा रहेको जोगबनी किमाथाङ्का राष्ट्रिय सडकलाई धरानवाट निकासा दिनुपर्ने, धरानमा रहेका खोलाहरुमा तटबन्ध निर्माण गरी जनधनको क्षति हुनबाट जोगाउन आवश्यक रहेकोले मसाने,

अधेरी, शेरा, सर्दु, सेउती र खहरे खोलाहरुमा तटवन्ध सहित करिडोर निर्माण गरिनुपर्ने, वान वे प्रभावकारी बन्दै गएकोले १, २ र ३ मा रहेका सडकलाई मर्मत तथा पुनर्निर्माण गरिनुपर्ने, धरान–३ मा रहेको धरान उप–महानगरको स्वामित्वको सपिङ्ग मललाई स्तरोन्नती गरी आयआर्जन गर्नेगरी सञ्चालन गरिनुपर्ने बुदाहरु समेटिएका छन् ।

यसैगरि ध्यानकर्षण पत्रमा उनीहरुले परम्परागत सीपमूलक कार्यक्रमहरुलाई प्रोत्साहन गर्ने गरी बजेटको व्यवस्थापन गर्नुपर्ने, प्रदुर्षलाई ध्यानमा राखी इलेक्ट्रिक भेकल गाडीहरु सञ्चलानमा जोड दिनुपर्ने,

सर्दु जलाधारको रुपमा व्याख्या गरी धरान उप महानगरपालिका १३ नं. वडावासीलाई सम्बोधन गरी सर्दु जलाधारको जग्गा सीमा विवादलाई यथासक्य सम्वन्धित पक्षसँग समन्वय गरी जग्गा विवादलाई निष्कर्षमा पुर्याउन पहल गरिनुपर्ने, लगायतका बुदा ध्यानकर्षणपत्रमा समेटिएको छ ।

काँग्रेस नगरसमितिले सोही ध्यानाकर्षण उपमेयर अइन्द्र विक्रम बेघा र प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र राईलाई समेत बुझाएका थिए । 

 

 

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved