स्थानीय

    Showing ३,२३१-३,२४० of ५,३५८ items.
  • प्यारागनका सबै बिद्यार्थी उत्कृष्ट नतिजा ल्याएर उतीर्ण,कक्षा ११ र १२ को कक्षा सुरु गर्ने

    धरान/विद्यार्थीको आकर्षण र रोजाईमा पर्ने विराटनगर महानगरपालिकामा मध्येकै उत्कृष्ट स्कुल प्यारागन एकेडेमी हाई स्कुल यो वर्षको एसइईको परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । विराटनगर ३ मा रहेको उक्त स्कुलका जम्मा ५ जना विद्यार्थीहरु एसइई परीक्षामा सहभागि रहेका थिए । ३ जना विद्यार्थीले ए प्लस र अन्य तीन जनाले ए ग्रेड ल्याएर परीक्षामा उतीर्ण भएको स्कुलका प्रिन्सिपल सन्तोष अधिकारीले बताए । उनले भने,“हामीले उत्कृष्ट नतिजा ल्याउन सफल भएका छौ,विद्यार्थीहरु सबैलाई हार्दिक बधाई र शुभकामना छ। ”स्कुलले यो वषैदेखि कक्षा ११ र १२ पनि सञ्चालन गर्ने भएको छ भने कानुन,एजुकेशन र कमर्स कोर्ष अ

    • प्रकाशित मितिः असार १४, २०८१
    • १,६५८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका खुकुरी व्यवसायी दर्नालको कार दुर्घटनामा मृत्यु

    धरान/धरान १७ बीच घोपा निवासी हाल काठमाण्डौमा खुकुरी व्यवसाय गरेर अस्थायी बसोबास गर्दै आएको पूर्ण बहादुर दर्नालको विहीबार राती मृत्यु भएको भतिज रोशन दर्नालले बताए । उनका अनुसार काठमाण्डौ नार्गजुन ६ मा वा.प्र.०२७.०४९१ नम्बरको कार दुर्घटना हँुदा दर्नालको घट्ना स्थलमै मृत्यु भएको वताइएको छ । उनी नार्गजुन ६ स्थित खरीबोटमा रहेको खुकुरी उद्योग तर्फ काम विशेषले जाने क्रममा कार दुर्घटना भई मृत्यु भएको जनाइएको छ । धरानका खुकुरी व्यवसायी दिपक दर्नाल र चन्द्र दर्नालको आफ्नै माइला दाजु हुन् । एक श्रीमती ,तीन छोरी सहित १ छोरा उनको परिवारमा छ । कारण दुर्घटनाका कारण भने खुल्न सकेको छैन । मृतक दर्नालको आज

    • प्रकाशित मितिः असार १४, २०८१
    • ८३४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एसइईमा सरस्वती,शिक्षा उत्कृष्ट र एभरेष्टको सत प्रतिशत उत्कृष्ट नतिजा

    धरान । यो बर्षको एसईई परीक्षामा धरान उपमहानगरभित्र रहेका विद्यालयहरु मध्ये धरान वडा नम्बर ६ मा रहेको सरकारी तथा नीजि विद्यालयले  उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । विहीबार देशैभर प्रकाशित भएको एसईई परीक्षाको नतिजा आउँदा पानबारीमा रहेको सवैभन्दा पुरानो सरकारी विद्यालय सरस्वती माविले यो बर्ष गत वर्षको भन्दा उत्कृष्ट नतिजा ल्याएको जनाइएको छ । विद्यालयका सहायक प्रधानाध्यापक होमनाथ दाहालका अनुसार यो बर्षको(एसईई) मा ६९.६९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । उनले भने,“९९ विद्यार्थी परीक्षा सहभागी भएकोमा ६९ जना उतिर्ण भएका छन, ३.६ भन्दा बढि जिपिए २ जना, ३.२ देखि ३.५९ जिपिए १६ जना,२.८ द

    • प्रकाशित मितिः असार १४, २०८१
    • ४,९१४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान मेघा कलेजमा विद्यार्थी–अभिभावकको बढ्दो आकर्षण

    धरान मेघा कलेज स्थापनाको छोटो समयमै यस क्षेत्रका विद्यार्थी र अभिभावकको रोजाइमा पर्न सफल शैक्षिक संस्था हो । शिक्षाको मूल उद्देश्य विद्यार्थीहरूको सर्वाङ्गीण विकास हो । विद्यार्थीहरूको शारीरिक, मानसिक र संवेगात्मक विकास नै शिक्षाको मूल उद्देश्य हो । धरान मेघा कलेजले पनि यसैलाई मूल मन्त्र ठानेको हुँदा विद्यार्थी र अभिभावकको रोजाइमा पर्न सफल भएको कलेजका शैक्षिक निर्देशक अर्जुन घिमिरेले बताए । २०६१ सालमा धरान–१२ को चतरा लाइनमा स्थापना भएको मेघा कलेजले पठनपाठनसँगै अतिरिक्त क्रियाकलापमा पनि जोड दिने गरेको छ । अहिलेको समयमा बालबालिकालाई हरेक क्षेत्रमा अब्बल बनाउनु आवश्यक भएको हुँदा गुणस्तरी

    • प्रकाशित मितिः असार १४, २०८१
    • १,१७३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानकाे पब्लिक मावि अब्बल विद्यालय सावित

    धरान/  महंगो शुल्क लिएर अध्यापन गराउदै आएका नीजि विद्यालयको विकल्पमा धरान १२ मा रहेको सामुदायिक विद्यालय बन्दै गएको छ । यवहारिक शिक्षासँगै शिक्षाको गुणस्तर सुधारमा तल्लिन यो विद्यालय अहिले धरानकै अब्बल विद्यालयको रुपमा दर्ज हुन पुगेको छ । आजभन्दा ७८ बर्ष अगाडि अर्थात २००३ सालमा स्थापना भएको पब्लिक हाइस्कुल धरानले थप शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सञ्चाकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रमको सम्पन्न गरेको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्नका लागि विगतमा समेत बौद्धिक तथा प्रवुद्ध व्यक्तित्वहरुसँग छलफल र परामर्श चलाउदै आएको धरानकै पुरानो सामुदायिक विद्यालयको शैक्षिक गुणस्

    • प्रकाशित मितिः असार १३, २०८१
    • ७७६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वीपी प्रष्ठिानका प्रा.डा. शर्मालाई सम्मान

    धरान/ ‘स्वास्थ्य नै धन हो’ भन्ने मूल मन्त्र बोकेर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र मात्र हैन समुदायमै गएर विविध कारणले उपचार गराउन नपाएका सर्वसाधारणलाई लक्षित गरी शिविर सञ्चालन गर्दै आएका प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. सञ्जिव शर्मालाई केएचडिसी कार्यक्रम सञ्चालन गरेर लक्षित वर्गको स्वास्थ्य सेवामा समर्पित भएको भन्दै दोसल्ला सहित कदरपत्रले सम्मान गरिएको छ । प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. शर्मासँगै उनको टिमलाई धरान उपमहानगरपालिका वडा नं. ८ वडासमितिले सम्मान गरेको हो । विशेष गरी मेडिसिन विभागमा रहेर उच्च रक्तचाप, मधुमेह, मृगौलाको उपचारमा संलग्न रहँ

    • प्रकाशित मितिः असार १३, २०८१
    • ५३८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इनरुवा ढल्केबर ४०० केभीको विद्युत प्रवाह शुरु

    काठमाडौं/  नेपाल–भारतबीचको विद्युत व्यापार विस्तारका लागि निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रशारण लाइनको ढल्केबर–इनरुवा खण्ड सञ्चालनमा आएको छ । धनुषाको ढल्केबरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेसम्मको १५४ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारण लाइनलाई मङ्गलबार बेलुका ७ः३० बजे चार्ज गरी सञ्चालनमा ल्याइएको हो । ढल्केबर र इनरुवा ४०० केभी सबस्टेसनमा जोडेर प्रशारण लाइन चार्ज गरिएको हो । ढल्केबर–इनरुवा खण्ड सञ्चालनमा आएसँगै देशभित्र पहिलोपल्ट ४०० केभीबाट विद्युत् प्रशारण सुरु भएको छ । यसअघि ढल्केबर–मुजफ्फरपुर

    • प्रकाशित मितिः असार १३, २०८१
    • ५१८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी राजधानी जलमग्न,उडान सेवा बन्द

    विराटनगर/ कोशी प्रदेशको राजधानी अविरल बर्षाको कारण जलमग्न भएपछि डुबानमा परेको छ । विराटनगरका धेरै ठाउँ जलमग्न भएको छ। बुधबार बिहानै देखि परेको अविरल वर्षाको कारण विराटनगरका सबै क्षेत्र डुबानमा परेका हुन् । लगातारको वर्षाको कारण मोरङका धेरै ठाउँ जलमग्न भएको प्रहरीले जनाएको छ। लगातार पानी परिरहेको कारण अझै बिवरण आई नसकेको र आउने क्रम सुरु भएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीले जानकारी दिए । उनका अनुसार विराटनगरका केही बस्तीहरू डुबानमा परेका छन् । विराटनगर महानगरपालिका वडा नम्बर १९ को सरदार टोलका १० घर विस्थापित भएको एसपी कार्कीले जानकारी दिए । विराटनगर, बुढीगंगाका धेरै क्ष

    • प्रकाशित मितिः असार १३, २०८१
    • ४६५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा तेस्रो राष्ट्रिय स्तरीय कुराश प्रतियोगीता सुरु

    धरान/ धरानमा तेस्रो राष्ट्रियस्तरीय कुराश प्रतियोगीता आज बुधबार देखी सुरु भएको छ । कोशी प्रदेश कुराँश संघको आयोजनामा धरान १६ स्थित रंगशालाको कर्भड हलमा बिहिबार तेस्रो राष्ट्रिय कुरांश प्रतियोगिताको उद्घाटन कोशी खेलकुद बिकास बोर्ड उपाध्यक्ष विन्दीया कार्कीले गरेका छन् । उनले भने खेल नै जीवन भएका भन्दै खेलमा लागेका खेलाडीहरु अनुशासीत स्वास्थ्य हुने बताईन ।  नेपालका जुनै खेलका खेलाडीहरूले राष्ट्रिय पदक प्राप्त गरी नेपालको शान मान र ईजज्त दिलाउन सफल रहँदै आएको उनले बताईन । खेलाडीहरु राष्ट्रका सम्पत्ति हुन उनीहरुलाई लगानी गरे उन्नत राष्ट निर्माणमा सहयोग पुग्ने बताईन । प्रतियोगितामा ७

    • प्रकाशित मितिः असार १२, २०८१
    • ६०६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरीमा विवादका बीच तीन साढे तीन अर्ब वढीको बजेट

    इटहरी/ विवादका बिच इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ५७ करोड ८४ लाख ५० हजारको बजेट सार्वजनिक गरेको छ । सोमबार राती अबेर बसेको नगर सभाले उक्त बजेट प्रस्तुत गरेको हो । नगर उपप्रमुख संगीता चौधरी सहित नेकपा एमालेबाट निर्वाचित बहुमत सदस्यले नगर सभा बहिष्कार गरे पनि नगर सभा बसेर बजेट प्रस्तुत गरिएको हो । सोमबार दिउसो १ बजे बोलाइएको नगर सभामा बजेटको आकार तथा सिलिङमा सहमति नभएपछि एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले उपस्थिति पुस्तिकामा हाजिर गरे पनि नगर सभा बैठक बहिष्कार गरेका थिए । नगरउप्रमुख सहित उनीहरूले सभा बहिष्कार गरेपछि ६ नम्बर वडाध्यक्ष दिवस पोखरेलले राती १० बजे बजेट

    • प्रकाशित मितिः असार १२, २०८१
    • ५३० पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved