धरानकाे पब्लिक मावि अब्बल विद्यालय सावित

  • असार १३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/  महंगो शुल्क लिएर अध्यापन गराउदै आएका नीजि विद्यालयको विकल्पमा धरान १२ मा रहेको सामुदायिक विद्यालय बन्दै गएको छ ।

यवहारिक शिक्षासँगै शिक्षाको गुणस्तर सुधारमा तल्लिन यो विद्यालय अहिले धरानकै अब्बल विद्यालयको रुपमा दर्ज हुन पुगेको छ ।

आजभन्दा ७८ बर्ष अगाडि अर्थात २००३ सालमा स्थापना भएको पब्लिक हाइस्कुल धरानले थप शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सञ्चाकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रमको सम्पन्न गरेको छ ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्नका लागि विगतमा समेत बौद्धिक तथा प्रवुद्ध व्यक्तित्वहरुसँग छलफल र परामर्श चलाउदै आएको धरानकै पुरानो सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा दिनप्रतिदिन सुधार हुदै गएको पाइएको छ ।

भौतिक पूर्वाधारको पर्याप्ता, नेपाल सरकारले विज्ञान विषयको प्रवद्र्धन लागि अधिराज्यभरिबाट छानिएका ११७ सार्वजनिक विद्यालयमध्येको एक पब्लिक हाइस्कुल भएकोले पनि यसको सुधारका लागि विद्यालय व्यवस्थापन समिति, विद्यालयका शिक्षक, शिक्षिकाले खेलेको भूमिकालाई अभिभावकहरुले समेत साथ दिएका छ् ।

यसैका कारण अहिले यो विद्यालयमा विद्यार्थीको संख्या समेत बढ्दै गएको छ । कोशी प्रदेशमै सामुदायिक विद्यालयमा होटल म्यानेजमेन्ट अध्यापन गराउन थालेपछि यो विद्यालयमा विद्याथीको संख्या बढ्दै गएको हो ।

विद्यालयका प्रद्यानाध्यापक डा. इन्द्रमोहन झाले विद्यालयको भौतिक, शैक्षिक, विद्यार्थीहरुको बाह्य गतिविधि, आागमी दिनमा समावेश गरिने योजनाका सम्बन्धमा जानकारी गराउनुभएको थियो । उहाँले साइन्स, इलेक्ट्रिकल, म्यानेजमेन्ट र मानविकी विषयलाई समेत सँगै अध्यापन गराउदै आएको बताउनुभयो।

उहाँले होटल म्याजेमेन्टलाई अझ गुणस्तरीय बनाउन ल्याब बन्दै गरेको जानकारी दिनुभयो ।

अहिले भने प्राइमभिजनसँग कोअर्डिनेट गरेर पठनपाठन होटल म्यानेजमेन्ट विषय पढाइ भइरहेकाजानकारी दिनुभयो । उहाँका अनुसार नेपाल सरकारले विद्यालयमा ४० जनाको दरबन्दी दिएको छ ।

जसमा ३८ जना शिक्षक र २ जना कर्मचारी रहेका छन् । विद्यार्थी संख्याको आधारमा नेपाल सरकारलेउपलब्ध गराएको दरबबन्दी अर्पाप्त भएकोले अभिभावकबाट संकलिन आर्थिक सहयोगबाट १४४ जना शिक्षकहरु निजी स्रोतबाट राखिएको जानकारी दिनुभयोे ।

यसैगरि उहाँल विद्यालयको समग गतिविधिमाथि प्रकाश पार्नुभएको थियो ।

विद्यालयमा हाल नर्सरीदेखि कक्षा १० सम्म १ हजार ८सय ४२ जना र कक्षा ११ र १२ मा १ हजार ५ सय ९० जना विद्यार्थी गरी ३ हजार४ सय ३२ जना रहेका छन् ।

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved