धरान/धरान मदिरा व्यवसायी संघको १२औँ साधारणसभा तथा पदस्थापना कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। सभाले प्रदीप कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गर्दै आगामी कार्यकालका लागि स्पष्ट कार्यदिशा तय गरेको छ। निर्वाचन आयुक्त सुनिल श्रेष्ठका अनुसार उपाध्यक्षमा नरेन्द्र खवास, सचिवमा जीवन साही, कोषाध्यक्षमा श्रवण गुप्ता र सह–सचिवमा सन्तोष कार्की चयन भएका छन्। सदस्यहरूमा सागर प्रसाईं, अमित श्रेष्ठ, प्रदीप कुमार तामाङ, भीमबहादुर बोहोरा र तोर्णबहादुर कार्की रहेका छन्। कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल मदिरा व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष सोनाम शेर्पाले
धरान/आज शनिबार धरान १०के रन भव्य रूपमा सम्पन्न भएको छ। प्रतिस्पर्धात्मक दौडमा पुरुषतर्फ नरेन्द्र सिंह रावत र महिलातर्फ सन्तोषी श्रेष्ठले प्रथम स्थान हासिल गर्दै उपाधि आफ्नो नाममा पारेका छन्। १० किलोमिटर दूरी रावतले ३१ मिनेट ५१ सेकेण्डमा पूरा गर्दै पहिलो स्थान सुरक्षित गरे भने श्रेष्ठले ३७ मिनेट ३७ सेकेण्डमा दौड पूरा गर्दै महिलातर्फ उपाधि जितिन्। विजेता दुबैलाई जनही नगद ६० हजार रुपैयाँ प्रदान गरिएको आयोजकले जनाएको छ। पुरुषतर्फ जुलियस मर्युकी ३१ मिनेट ५८ सेकेण्डमा दूरी पार गर्दै दोस्रो भए भने महिलातर्फ पुष्प सेर्मा ४१ मिनेट ४४ सेकेण्डसहित दोस्रो भइन्। उनीहरुलाई जनही ४० हजार रुपैयाँ नगद पुरस्का
धरान/ धरानमा सक्रिय विभिन्न राजनीतिक दल परित्याग गर्दै २५ जना युवाहरू नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। युवाहरूको यो सामूहिक प्रवेशलाई स्थानीय राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। शुक्रबार धरान–८ स्थित लाङ्घाली सामुदायिक वनमा आयोजित विशेष कार्यक्रमबीच नेकपाका केन्द्रीय सदस्य किरण राई ले नवप्रवेशीहरूलाई टीका–खादा लगाई औपचारिक रूपमा पार्टीमा स्वागत गरे। पार्टी प्रवेश गर्नेहरूमा मिना लिम्बु, अञ्जना राई, मनु राई, फुला लिम्बु, सरोज राई, बिष्णु लिम्बु, रोजा लोकान्द्री, सुपेन्द्र लिम्बु, सुमन लिम्बु, तेज लिम्बु, दीपेन लिम्बु, हेमन मगर, भूपु लिम्बु, सुसिला
धरान/ सुनसरीको धरान -१२ मा अवस्थित प्रतिष्ठित शैक्षिक संस्था धरान मेघा हिमालयन स्कुल ले आफ्नो २१औँ वार्षिकोत्सव तथा वार्षिक अभिभावक दिवस २०८२ विशेष समारोहका साथ सम्पन्न गरेको छ। विद्यालयका प्रिन्सिपल भास्कर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एन-प्याब्सन (NPABSON) धरान का अध्यक्ष भगत लिम्बु प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। दीप प्रज्वलन र राष्ट्रिय गानसँगै सुरु भएको कार्यक्रममा विद्यार्थीहरूले कला, संस्कृति र प्रयोगात्मक क्षमताको प्रभावशाली प्रस्तुति दिएका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै प्रिन्सिपल पौडेलले ‘हिमालयन बोर्डिङ स्कुल’ बाट सुरु भएको यात्रा आज
धरान/ यहीँ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सुनसरी क्षेत्र नं. १ ९धरानसहित० बाटविभिन्न राजनीतिक दल र स्वतन्त्र गरि कुल २६ जना उम्मेद्वारहरु चुनावी मैदानमा छन् । तिनै उम्मेद्वारहरुको भीडमा अलग राजनीतिक परिचय बनाएका उम्मेद्वार मनोज भट्टराई ९सूर्य० लाई यसपटकको निर्वाचनमा बलिया दाबेदारका रूपमा हेरिएको छ। स्थानीय तहमा दुई पटक वडाध्यक्षको अनुभव, रैथाने पहिचान र स्पष्ट एजेण्डाका कारण उनी चुनावी प्रतिस्पर्धामा प्रभावशाली उम्मेदवार मानिएका छन्। यसै सन्दर्भमा कोशीपत्रले भट्टराईसँग उनको राजनीतिक दृष्टिकोण, विकासको अवधारणा र क्षेत्रका प्राथमिक मुद्दाबारे विस्तृत कुराकानी गरेक
धरान/आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन दलहरूका लागि वास्तविक शक्ति परीक्षण भएको नेकपा(एमाले)का उपमहासचिव योगेश भट्टराईले बताउनु भएको छ । विगतमा गठबन्धन र सहकार्यका आधारमा चुनाव लड्ने दलहरुले यसपटक आ–आफ्नै बलबुतामा मैदानमा उत्रिएकाले कुन दलसँग कति जनलहर छ भन्ने कुरा यही निर्वाचनले खुट्याउने बताउनु भयो । उपमहासचिव भट्टराई ताप्लेजुङको चुनावी सभामा सहभागी हुन जादैं गर्दा विहीबार धरानमा सुनसरी क्षेत्र नं. १ का एमाले उम्मेदवार टिकाराम लिम्बूसहितको छलफलमा यस्तो धारणा राख्नु भएको हो । ‘विगतका चुनावमा केही दलले अर्को दलसँग टाँसिएर आफ्नो अस्तित्व जोगाउँदै आएका थिए,
धरान/ ९८ वर्षीया तुलसादेवी सापकोटाबाट टीका तथा आशिष ग्रहण गर्दै टीकाराम लिम्बूले धरान–८ मा औपचारिक रुपमा घरदैलो अभियान सुरु गरेका छन्। नेकपा (एमाले) का तर्फबाट प्रतिनिधि सभा उम्मेदवार लिम्बू र समानुपातिक उम्मेदवार मौसम राई जनतासँग प्रत्यक्ष संवादमा उत्रिएका हुन्। २०४८ सालदेखि निरन्तर प्रभाव जमाउँदै आएको सुनसरी–१ मा २०६४ बाहेक एमालेको जितको इतिहास रहेको छ। यसपटक भने ४१ वर्षीय कानुनका ज्ञाता लिम्बूलाई मैदानमा उतारेपछि क्षेत्रभर ‘युवा लहर’ चलेको मतदाताहरू बताउँछन्। जेनजी पुस्ताको भावना समेट्दै पार्टीले नयाँ अनुहार अघि सारेको नेताहरूको दाबी छ। फागुन ४ गतेदेखि सुरु भएको
धरान/ नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सुनसरी–१ बाट काँग्रेस उम्मेदवार सुजेन्द्र तामाङ विजयी भए देशको नेतृत्व परिवर्तनको मार्ग खुल्ने बताएका छन्। सुनसरी–१ मा तामाङको प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा बोल्दै शर्माले क्षेत्रीय जितले राष्ट्रिय राजनीति प्रभावित गर्ने दाबी गरे। “यस क्षेत्रबाट सुजेन्द्र तामाङ विजयी भए, त्यो मतले गगनकुमार थापालाई प्रधानमन्त्री बनाउने बाटो खोल्छ,” उनले भने। राष्ट्रिय सङ्कटको घडीमा देश सिकारुलाई नभई परिपक्व र अनुभवी शक्तिलाई जिम्मा दिनुपर्ने उल्लेख गर्दै उनले काँग्रेस नै आँधी–हुरीमा पनि देशको बागडोर सम्हाल्न
वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा नं १ चतरा स्थित तोरीवारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले दसौं साधारण सभा तथा तेस्रो विधान अधिवेसन ( २०८२ आयोजना गरेको छ । बुधवार उपभोक्ता समितिले कार्यालयको सभाहलमा समितिको बार्षिक प्रगति प्रतिवेदन , संस्थाको अवस्था , आर्थिक वर्ष २०८०र८१ को लेखा समितिको प्रतिवेदन, आर्थिक प्रतिवेदन , अनुगमन समितिको प्रतिवेदन तथा साधारण सभामा प्रस्तावहरु पेस गरिएको थियो । सभामा समितिका अध्यक्ष डम्वर प्रसाद सिग्देलले बार्षिक प्रगति प्रतिवेदन , भाबि योजना र साधारण सभाको बन्द सत्रमा छलफल तथा निर्णयकालागि प्रस्तावहरु पेस गरेका थिए । सभामा शोक प्रस्ताव , आर्थि
धरान/ नेपाल कम्युनिष्ट पार्टी ९एमाले० ले सुनसरी निर्वाचन क्षेत्र नं। १ का लागि पूर्वाधार, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र रोजगारीका क्षेत्रमा केन्द्रित गर्दै दीर्घकालीन विकासको विस्तृत प्रतिबद्धता जनाएको छ। निर्वाचन प्रचार–प्रसार समितिमार्फत सार्वजनिक योजना अनुसार धरान, बराहक्षेत्र र रामधुनीलाई समेटेर ती क्षेत्रलाई समृद्ध, सुरक्षित र आत्मनिर्भर बनाउने लक्ष्य अघि सारिएको छ।यसपटक एमालेले सुनसरी–१ बाट युवा टीकाराम लिम्बूलाई उम्मेदवार बनाएको छ। विकासमुखी एजेण्डालाई केन्द्रमा राख्दै लिम्बूको नेतृत्वमा समग्र क्षेत्रको रूपान्तरण गर्ने पार्टीले जनाएको छ । विगतमा एमालेको नेतृत