धरान । अत्यधिक गर्मीसँग मंगलबार बेलुकी पखदेखि पानी परेर जनजीवन प्रतिकुल भएको अवस्था भीषण पानी पर्ने मौसमविदहरुले अनुमान गरेका छन् । मौसम पूर्वानुमान महाशाखाले बुधबार विशेष बुलेटिन जारी गर्दै आइतबार बिहानसम्म सातवटै प्रदेशमा भीषण वर्षा हुने अनुमान गर्दै सचेत रहन आग्रह पनि गरेको छ । मनसुनी प्रणालीका कारण बिहीबार दिउँसोबाट देशभर भीषण वर्षा हुने भएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थान तथा मधेश, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भीषणदेखि अत्यधिक वर्षाको सम्भावना छ। कोशीमा , झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, खोटाङ, ओखलढुंगा, उदयपुर, भोजपुर, इलाम र पाँचथर रेडअलर्टमा रह
उत्तरी मोरङको एक सुन्दर गन्तव्य केराबारी तस्बिरहरु:
सम्पति के हो ? अष्ट्रेलिया,अमेरिका,क्यानडा,युरोप बस्नेलाई सोध। दुख के हो ?खाडी मुलुक बस्नेलाई सोध । सम्बन्ध के हो?आफन्तबाट टाढिएकालाई सोध।रोग के हो ?मनपरि खानेलाई सोध। उपचार के हो?जिवन पद्धति बुझेकालाई सोध। देश कसरी बिग्रियो?राजनिती गर्ने छट्टुहरुलाइ सोध। आज यो मुलुक छोड्न कोही शरणार्थी बन्न तयार छन्कोही देशमा साशन गर्न श्रणार्थी बनाउन तयार छन् ।।। _ रविन अधिकारी -सञ्चालक,होटल सन्ध्या इन,धरान
काठमाण्डौं । धरानसंग सम्बन्धीत भौतिक पूर्वाधार, सडक , खानेपानी, विपद् र जनसरोकार लगायतका विषयमा सुनसरी निर्वाचन क्षेत्र नम्बर एकका जनप्रतिनिधि सहितको टोलीले मन्त्रालयहरुको ध्यानाकर्षण गराएको छ । मंगलबार सिंहदरबार स्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी र खानेपानी मन्त्री प्रदिप यादवलाई भेटेर धरानको तत्कालिन र दिर्घकालिन समस्या समाधान र विकासका बारेमा ध्यानाकर्षण गराइएको हो । भौतिक पूर्वाधार मन्त्रीसंग गत भदौ १३ र १७ को भिषण वर्षाका कारण कोशी राजमार्ग र धरानका वडा नम्बर १३ लाई पु¥याएको भौतिक पूर्वाधारको क्षतिक
धरान । बडा दशैंको अवसर पारेर एलिसन स्पोर्टस् प्रा.लि.ले फुटसल फिभर–२०८१ को आयोजना गर्ने भएको छ । असोज १७ र १८ गते घटस्थापनाको दिन एलिसन स्पोर्टस्ले चाबहिलको चुच्चेपाटीस्थित भाटभटेनी हेल्थ क्लबमा रहेको फुटसलमा प्रथम खुल्ला फुटसल फिभरको आयोजना गर्न लागेको एलिसन स्पोर्टस्की निर्देशक एलिना मगरले जानकारी दिएकी छिन् । पछिल्लो समय देशमा फुटसलको चासो बढ्दो छ । युवापुस्तामा अझ यसको लगाब बढिरहेको एलिसन स्पोर्टस्का प्रबन्धक सगुन थापा मगरले बताए । खेलको माध्यमबाट देशको शिर उचो बनाउन सकिने विश्वासका साथ खेलले मानसिक तथा शारीरिकरुपमा सकारात्मक प्रभाव पार्दछ । अब खेलको व्याख्या त्यतिमा मात्र सीम
हिजो कार्यक्रममा भेट भयो। आज वर्षौँपछि प्रचण्ड निवासमा भेट भयो। अब देश यस्तो विन्दूमा पुग्यो कि राजसंस्थालाई पुनर्स्थापित नगर्ने हो भने यो देश ’विस्फोटनको अवस्था’ तिर उन्मुख हुँदैछ। र त्यतिबेला तपाईँहरूको ’अग्रगमन’, नाम र सालिक केही बाँकी रहने छैन।“ लामो व्याख्या सहित सारमा मैले यही भनेँ। त्यसपछि उहाँका केही टिप्पणी अर्थपूर्ण लाग्योः # यही स्थितिको निरन्तरताबाट अब देश चल्दैन भन्ने निष्कर्षमा म पनि पुगिसकेँ। आजभोली प्रशिक्षणमा यही भनिरहेकोछु। # पछिल्लो पटक प्रधानमन्त्री हुँदा नेपालका उद्योगधन्दाहरूको सबै विवरण मागेर हेरेको त पंचायतकालमा धेरै राम्रो काम भएको रह
चौतारा अगम सिं राईको तक्मा टेकेर अटल सिं खम्बूको ढाकर बिसाउँछ चतरा !ढिके नुनमा घिऊ साटेर सुन्तलाका भारी, अम्लिसो र डोका नाम्ला बोकेरकाँधका खकन र निधारको बरियो बिसाएरहरियो बन्छ चतरा । जाडोमा कठ्याङ्ग्रिदै बर्खामा उखपात गर्मी छर्छ चतरा मान्छेहरुको श्रमले शिथिल देवी, देउराली र ढुङ्गाका देउताहरुकोपसिना काढ्छ चतरा उफ ! चतरा । वैदिक कालको गायत्री मन्त्र जपेरशृङ्गी ऋषिको तपमा तातिन्छ चतरामहाभारतका पाण्डवले चोरघाट तर्दाबट्टी उठाउँछ चतरा। औलिया बाबाले औलो खिचेर शान्ति छर्दा दुर्वासाको क्रोधले थर्थर काप्छ चतरा उफ ! चतरा। सुम्निमा र सोमदत्तको प्रेम उत्सर्गमा पुग्दा खरमजुरको संसर्गले सेताम्य हुन्छ चतर
सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल एक्लिएका छन् । उपमेयर सहितको जनप्रतिनिधी उच्च अदालतमा मेयर पौडेल विरुद्ध उच्च अदालत पुगेका छन् । पौडेल विरुद्ध उपमहानगरको कार्यपालिकाका बहुमत जनप्रतिनिधिले रिट दर्ता गराए भने रिट दायर गर्नेमा उपमेयर संगीताकुमारी चौधरीसहित १५ जना वडाध्यक्ष र कार्यपालिका सदस्यहरु छन् । उनीहरुले बैठक राख्न परमादेश माग गरेका छन् । यसअघि उनीहरुले भदौ २७ गते इटहरी उपमहानगरपालिका कार्यालयमा कार्यपालिका बैठक राख्न माग गर्दै निवेदन दिएका थिए ।विभिन्न ५ वटा एजेण्डामा छलफल गर्नका लागि कार्यपालिका बैठक राख्न माग गरेपनि मेयर पौडेलले बैठक नराखेपछि अदालतलाई गुहार्न
धरान/ धरानदेखि केराबारी सम्म जोड्ने सडक । जुन सडकले धरान र केराबारीका वासिन्दालाई सीधा जोडेको छ । उक्त सडक सञ्जाल बनाउनको लागि तत्कालिन ६ नम्बर केराबारीका वडाध्यक्ष उपेन्द्र लुंगेली मगरले निकै धेरै कष्ट र प्रयासका बावजुत पनि अन्ततः सडक सञ्जालले जोडर केराबारीबासीलाई सहजता बनाएरै छोडे । तत्कालिन याङशिला हालको केराबारीको कालोपानी हँुदै सडकले धरान सम्म सहज आवगमन बनाएको छ । केराबारी गाउँ पालिका आफैंमा पर्यटकीय संभावना बोकेको पालिका हो । जहाँ प्राकृतिक मनोरम दृष्यले जो कोहीको मनलाई लोभ्याउँछ । उक्त गाउपालिका अन्र्तगत नै पर्ने सतिसाले र कालोपानी ५ नम्बर वडा र ६ नम्बर वडासँगै जोडिएको छ । यी द
धरान/ समय समयमा हुने स्वास्थ्य समस्यालाई ध्यानमा राखेर विभिन्न संघ संस्था र स्वास्थ्य संस्थाहरुले कोशी प्रदेशकै एक मात्र विद्यालय पूर्वाञ्चल ज्ञान चक्षु विद्यालयका विद्यार्थीहरुलाइ निःशुल्क स्वास्थ्य परीक्षण गर्ने गरेका छन् । नेत्रहीनहरुमात्र अध्ययन गर्ने सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सहयोग पुगोस् भन्ने अभिप्रायले कसैको जन्मदिनमा विद्यालयलाई सहयोग पु¥याउने, विभिन्न संघ संस्थाले आर्थिक सहयो गर्नेसँगै उनीहरुको स्वास्थ्यको समेत विभिन्न संघ संस्थाले चेकजाँच गर्ने गरेको छ । कोशी प्रदेशकै एक मात्र नेत्रहीनहरुलाई लक्षितगरी सञ्चालनमा आएको ज्ञानचक्षु विद्यालयमा फरक क्षमता भएका विद्