विराट एक्स्पोको उद्घाटनमा प्रधानमन्त्री आउने

  • माघ ९, २०८१
  • कोशीपत्र/संवाददाता
alt

मोरंग/ प्रधानमन्त्री केपी शर्मा ओलीले विराट एक्स्पोको उद्घाटन गर्ने भएका छन् ।

आगमी माघ १२ गते उद्योग संगठन मोरङले आयोजना गर्न लागेको विराट एक्स्पो २०२५ को समुद्घाटन प्रधानमन्त्रीबाट हुने आयोजकले जनाएको छ ।

पूर्व निर्धारित कार्यक्रम अनुसार माघ ११ गते नै एक्पोको उद्घाटन हुने भनिए पनि प्रधानमन्त्री उपस्थीति हुने भएपछि उद्घाटन एकदिन पछि सरेको हो ।‘ब्रिजिङ इनोभेशन तथा ईन्भेष्टमेन्ट’ थिम राखिएको यस वर्षको आठौँ संस्करणको एक्स्पो माघ ११ देखि २० गतेसम्म डिग्री क्याम्पस विराटनगरमा आयोजना हुनेछ ।

एक्स्पोलाई पूर्ण डिजिटल र अन्तर्राष्ट्रिय स्तरको बनाउन केही प्राविधिक विषय व्यवस्थापनका कारण समुद्घाटन एक दिन पछि सारिएको संगठनले जनाएको छ ।

एक्स्पोमा उद्यम तथा व्यवसायका लागि सेन्टर फर एक्सेलेन्स, रोजगार कोशी पेभिलियन, डिजिटल प्रविधि शोकेस, प्राविधिक तालिम तथा करियर काउन्सेलिङ लगायतका कार्यक्रमहरू समावेश गरिएको छ ।

यस्तै, स्टार्टअप हाकाथन, थिमेटिक कन्फरेन्स, फेशन शो, उद्यमशीलता माइन्डसेट सम्बन्धी कार्यशाला, लाटे आर्ट प्रतियोगिता र दैनिक सांस्कृतिक कार्यक्रमहरू पनि आयोजना गरिने भएको छ । युवा उद्यमशीलता प्रवद्र्धनमा केन्द्रित यस पटकको एक्स्पोमा डिजिटल प्रविधिलाई विशेष प्राथमिकता दिइएको छ ।

समुद्घाटन पछि माघ २० गतेसम्म निर्धारित सबै कार्यक्रमहरू यथावत रूपमा सञ्चालन हुनेछ ।

समुद्घाटन मिति परिवर्तनबाट प्रायोजक, साझेदार र सहभागीहरूलाई पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै एक्स्पो सफल पार्न सबैको सहयोगको अपेक्षा गरिएको आयोजकले जनाएको छ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved