स्थानीय

    Showing 1,881-1,890 of 4,925 items.
  • लाइसेन्सको लागि शैक्षिक योग्यता अनिवार्य

    काठमाडौं/  मोटरसाइकल चालकसहित यात्रुले पनि सुरक्षा टोप (हेल्मेट) लगाउनुपर्ने व्यवस्था खारेज भएको १८ वर्षपछि फेरि लागू गरिने भएको छ ।सरकारले २०६१ सालदेखि मोटरसाइकलका चालकसहित त्यसमा सवार यात्रुका निम्ति हेल्मेट अनिवार्य गरेको थियो । तर, २०६२–०६३ को जनआन्दोलनपछि गठित सरकारले ‘सम्पूर्ण शाहीकालीन आदेश तथा निर्देश खारेज हुने’ भनी एकमुष्ट निर्णय गरेपछि दुई हेल्मेटको व्यवस्था पनि खारेज भएको थियो । सरकारले संसदमा दर्ता गरेको सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक– २०८१ मा त्यस्तो व्यवस्था गरेको छ । ‘सडक यातायात सेवालाई सहज, सुरक्षित, भरपर्दो

    • प्रकाशित मितिः फागुन २१, २०८१
    • 513 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एपीएफ क्वाटरफाइनलमा, भारतका दुवै टिम बाहिरिए

    विराटनगर/ रमपम विराट गोल्डकपको दोस्रो दिन सशस्त्र प्रहरीको एपीएफ क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ। भारतको दिल्ली सुदेवा क्लबलाई पेनाल्टी सुटआउटमा ५-३ ले पराजित गर्दै एपीएफले अन्तिम आठमा स्थान बनाएको हो। निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टीमा गएको थियो। भारतबाट सहभागी भएका दुईमध्ये कोलकाता फुटबल क्लब पहिलो खेलमै मोरङसँग पराजित भई बाहिरिएको थियो भने दिल्ली सुदेवा पनि दोस्रो खेलमा पराजित भई बाहिरियो। यसअघिका संस्करणहरूमा भारतीय टोलीहरू सेमिफाइनलसम्म पुग्ने गरे पनि यस पटक दुवै टोली पहिलो खेलमै पराजित भए। उद्घाटन खेलमा मोरङ फुटबल एकेडेमीले कोलकाता क्लबलाई ३-२

    • प्रकाशित मितिः फागुन २१, २०८१
    • 380 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वराहक्षेत्र मेयर लिग कप: टाइब्रेकरमा वडा नं १० विजयी, सेमिफाइनल प्रवेश

    वराहक्षेत्र/  वराहक्षेत्र नगरपालिकामा जारी तेस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार भएको पहिलो क्वाटरफाइनल खेलमा वडा नं १० विजयी भएको छ। समूह ‘बी’ बाट तेस्रो हुँदै क्वाटरफाइनलको यात्रा तय गरेको वडा नं १० ले समूह ‘ए’ को विजेता वडा नं ३ लाई टाइब्रेकरमा ३–२ गोलको अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्यो। निर्धारित ९० मिनेटको खेल र थपिएको अतिरिक्त समयसम्म दुबै टोलीले गोलरहित बराबरी खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो। विजयसँगै वडा

    • प्रकाशित मितिः फागुन २०, २०८१
    • 1,078 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विवाहित जोडी एउटै रुखमा झुन्डिए

    विराटनगर/ मोरङको पथरीशनिश्चरे नगरपालिका–५ मौलीबारीस्थित बक्राहा खोलाको किनारमा एक विवाहित जोडी झुन्डिएको अवस्थामा मृत फेला परेको छन् । मंगलबार बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।प्रहरीका अनुसार मृतकहरू २४ वर्षीय अजय टुडू र २२ वर्षीया जुबामुनी हस्दा रहेका छन्। अजय पथरीशनिश्चरे–५ निवासी हुन् भने जुबामुनीको घर झापाको गौरीगन्ज गाउँपालिका–२ र माइती मोरङको कटहरी गाउँपालिका–६ हो । घटनास्थल अजयको घरबाट करिब १ किलोमिटर दक्षिणमा रहेको छ। जुबामुनीका पति कान्छा टुडू वैदेशिक रोजगारीमा विदेशमा रहेका छन्। उनी घर वा माइतीमा बस्ने गर्थिन् भन्ने अझै स्पष्ट भएको छैन।

    • प्रकाशित मितिः फागुन २०, २०८१
    • 900 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आगामी चैत ५ गते स्ववियु निर्वाचन(निर्वाचन कार्यतालिका सहित)

    काठमाडौं ।आगामी चैत ५ गते स्ववियु निर्वाचन हुने भएको छ । त्रिभुवन विश्वविद्यालय०ले निर्वाचनको लागि तयारी शुरु गरेको छ ।त्रिविका आङ्गिक, सम्बन्धनप्राप्त क्याम्पसमा सोमबार बेलुकासम्म विभिन्न विद्यार्थी सङ्गठनले आफ्नो सङ्घ, सङ्गठनको नाम दर्ता गराएका विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए । ‘विद्यार्थी सङ्गठनले आआफ्नो सङ्गठनको नाम निर्वाचनका लागि दर्ता गराउनुभएको छ’, उनले भने, ‘विगतभन्दा धेरै क्याम्पसमा यसपटक निर्वाचन हुन्छ ।’ निर्वाचन कार्यतालिकाअनुसार भोलि फागुन २१ गते मतदाता सूची प्रकाशन गर्ने र फागुन २७ गते बिहान ११ देखि २

    • प्रकाशित मितिः फागुन २०, २०८१
    • 511 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विराट गोल्डकप : आज सुदेवा दिल्ली र एपीएफबीच भिडन्त

    विराटनगर/  विराटनगरको सहिद रंगशालामा जारी विराट गोल्डकपमा आज भारतको सुदेवा दिल्ली फुटबल क्लब र नेपालकाे विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) बीच रोमाञ्चक भिडन्त हुँदैछ। खेल साँझ ६ः३० बजेबाट सुरु हुनेछ। यसअघि, सोमबार राति सम्पन्न उद्घाटन खेलमा आयोजक मोरङ रिजाल एफएले भारतको  कोलकातालाई ३–२ गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरिसकेको छ। प्रतियोगिताको क्वार्टरफाइनल खेल फागुन २१ गतेदेखि सुरु हुनेछ। पहिलो क्वार्टरफाइनल खेल त्रिभुवन आर्मी क्लब र उद्घाटन खेलको विजेता टिमबीच हुनेछ। दोस्रो क्वार्टरफाइनल खेल फागुन २२ गते हुनेछ। नेपाल पुलिस क्लबले ‘बा

    • प्रकाशित मितिः फागुन २०, २०८१
    • 573 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • खोलाको पानीमा जलविद्युतको गिद्धे नजर

    इलाम/ जलविद्युत आयोजनाले न्यूनतम १० प्रतिशत पानी खोलामै छोड्नु पर्ने व्यवस्था छ । पानीको वातावरणीय बहाव राख्न सरकारले सन २००१ को जलविद्युत विकास नीतिमा व्यवस्था गरेको छ । खोलामा बाँध लगाउँदा १० प्रतिशत अथवा जलविद्युत परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन गरेर आएको नतिजा मध्ये जुन बढी हुन आउँछ सोही अनुसार तल्लो क्षेत्रमा पानी छोड्नुपर्ने व्यवस्था छ । खोलामा पानीको मात्रा मापन गरेर मात्र जलविद्युत आयोजना कम्पनीले निर्माणको काम सुरु गर्छन् । पानीको मात्रा मापन गरेर उक्त खोलाबाट कति क्षमताको विद्युत् उत्पादन गर्न सकिन्छ भनेर विस्तृत अध्ययन गरेर २५ देखि ३० वर्ष सम्मन्युनतम उत्पादन हुने विद

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • 550 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • डुङ्गा दौडमा जीवन माझी र चन्द्र माझीको जोडी प्रथम

    चतरा/  माझी जातिको कोशी पूजाको अवसरमा शनिबार आयोजित खुल्ला डुङ्गा दौड प्रतियोगितामा जीवन माझी र चन्द्र माझीको जोडी प्रथम बनेका छन् । २ मिनेट ३० सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै बराहक्षेत्र–६ का जीवन र चन्द्रको जोडी प्रथम भएका हुन् । उनीहरुले नगद १५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा वराहक्षेत्र–६ का दीपक माझी र वराहक्षेत्र–१ का प्रवीण माझीको जोडी उपविजेता बन्यो । त्यस्तै वराहक्षेत्र–२ का सूर्य माझी र सुन्दर माझीको जोडी तेस्रो भए भने वराहक्षेत्र–६ का कुमार माझी र पुष्प पौडेलको जोडी सान्त्वना बन्यो । उनीहरुले क्रमशः प्रमाणपत

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • 660 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आजदेखि विराट गोल्डकपःआयोजक र कोलकाता भिड्ने

    विराटनगर/ सोमबारबाट सुरु हुने विराट गोल्डकपको तयारी पूरा भएको छ । विराटनगरको सहिद रंगशालामा हुने प्रतियोगितामा २ भारतीयसहित १० टोली सहभागी हुनेछन् । विराटनगरको साथ फुटबलको विकास भन्ने नाराका साथ आयोजित प्रतियोगिताको तयारी पूरा भएको विराट गोल्डकप फुटबल प्रतियोगिता आयोजक समिति संयोजक नवीन रिजालले बताए ।उनका अनुसार प्रतियोगिताको टिकटदर २०० रुपैयाँ तोकिएको छ । एउटा टिकट काट्दा दुई हजार रुपैयाँसम्मको फाइदा हुने उनले दाबी गरे ।आजको उद्घाटन खेल आयोजक रिजालको मोरङ एफसी र साउथर्न समिति फुटबल क्बल कोलकाता भिड्नेछन् ।गोल्डकप सम्पन्न गर्न १ करोड ३५ लाख रूपैयाँ खर्च हुनेछ । प्रतियोगिताको विजेता टि

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • 568 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान १९ बास्केटबल: यलम्वर र झुनाज च्याम्पियन

    धरान/धरान १९ मा सम्पन्न महिला-पुरुष बास्केटबल प्रतियोगितामा महिला तर्फ यलम्वर क्लब र पुरुष तर्फ झुनाज फिटनेसले उपाधि जितेका छन्। शनिबार भएको फाइनल खेलमा यलम्वर क्लबले रेड डेभिल्स क्लबलाई ३८–२४ को अन्तरले पराजित गर्दै उपाधि चुमेको हो। पुरुष तर्फ झुनाज फिटनेसले आयोजक युवा जागृति क्लबलाई ६५–५८ को प्रतिस्पर्धात्मक खेलमा हरायो। फाइनल खेलको स्कोर विवरण: • महिला तर्फ: • यलम्वर क्लब vs. रेड डेभिल्स क्लब • क्वार्टर स्कोर: ४–७, ११–१, ७–५, १६–११ • पुरुष तर्फ: • झुनाज फिटनेस vs. युवा जागृति क्लब • क्वार्टर स्कोर: १३–९, १२&nda

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • 565 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved