स्थानीय

    Showing 1,351-1,360 of 3,362 items.
  • धरानको शनि मन्दिरमा दर्शानार्थीको भीँड

    धरान/ शनिग्रह प्रति सर्वसाधारणको विश्वास बढ्दै गएपछि धरान ८ तीनकुनेमा रहेको शनि मन्दिमा प्रत्येक शनिवार भीडभाड बढ्दै गएको छ । शनि मन्दिरसँगै संकटा भगवती र नवग्रहको मूर्ति स्थापना भएपछि यो मन्दिरमा चहलपहल अझ बढ्दै गएको हो । मोरङको विराटनगरका रामजी कटुवाल शनिवार पारेर धरान ८ तीनकुनेमा रहेको सनी मन्दिमा शनि दशा हटाउन विहानैदेखि मन्दिर परिषरमा लाइनमा थिए । शनिवारकै दिन पारेर शनि मन्दिरमा आएर पूजाआजासँगै दशग्रह हटाउँदा आफु र आफ्नो परिवारलाई सधै शान्ति मिल्ने उनको विश्वास थियो । उनीँमात्र हैन यो मन्दिरमा पछिल्लो पटक कोशी प्रदेशभरिका धेरै सर्वसाधारण शनिबार पारेर दर्शन गर्न आउने गरेका छन् ।

    • प्रकाशित मितिः जेठ २१, २०८१
    • 356 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान पटनालीमा कांग्रेसको भेटघाट तथा चियापान

    धरान/  नेपाली कांग्रेसले धरान उपमहानगरपालिकामा पर्ने पटनालीमा नेता–कार्यकर्ता भेटघाट तथा चियापान कार्यक्रम गरेको छ । नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ को आयोजनामा कार्यक्रम भएको हो । क्षेत्र नं. १ का क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताहरुले केही नेतामा भएका विकृति, विसंगति, खराब आचारण, झुट बोल्ने तथा चुनाव र महाधिवेशनमा मात्र गाउं आउने प्रवृतिका कारण वितृष्णा पैदा भएको तथा पार्टीमा अनुशासनहीन, दण्डहीन, आन्तरिक गुटवन्दी र अनुचित गठबन्धन जस्ता पार्टी हीत विपरितका कार्यहरु भएको तथा पार्टी नेतृत्वले पटनालीलाई वेवास्ता गरेक

    • प्रकाशित मितिः जेठ २०, २०८१
    • 350 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी सरकारको ध्यानाकर्षण,(याक्थुङ)भाषालाई संविधान अनुसार कार्यान्वयन गर्न माग

    धरान/ कोशी प्रदेशमा लिम्बु(याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषाका रुपमा कार्यान्यवन गर्न माग गरिएको छ। याक्थुङ भाषा कार्यान्वयन सरोकार समूहले शुक्रबार लिम्वु( याक्थुङ )भाषालाई कोशी प्रदेशमा कामकाजी भाषाको रुपमा कार्यान्यन गर्नको लागि माग गरेको हो । कोशी प्रदेश प्रमुख,मुख्यमन्त्री र मन्त्रालयको सवै मन्त्रीहरुलाई भेटेर ध्यानाकर्षण गराउँदै नेपालको संविधानले दिएको अधिकारलाई प्रयोग गरि लिम्वू( याक्थुङ) भाषालाई व्यवहारिक रुपमा कार्यान्यन गराउन माग गर्दै ध्यानाकर्षण पत्र वुझाएको याक्थुङ भाषा कार्यान्वयन सरोकार समूहका मोहन तिगेलाले वताए । उनले भने,“प्रदेशका प्रमुख, मुख्यमन्त्री र सबै मन

    • प्रकाशित मितिः जेठ २०, २०८१
    • 542 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • क्यानभासद्वारा ‘केवाफुङको गीत’ मा विमर्श

    इटहरी/ कवि गगन योक्पाङ्देनद्वारा लिखित ‘केवाफुङको गीत’ कविता सङ्ग्रहबारे शनिबार विमर्श कार्यक्रम सम्पन्न भएको छ । तरहराको क्यानभास साहित्य समाजले आयोजना गरेको ‘क्यानभासमा गगन’ कार्यक्रमको क्रममा कवि योक्पाङ्देनले सङग्रहबाट एक दर्जन कविता वाचन गरे । उनले ‘आमाप्रति’, ‘उपहार’, ‘साइँली सोल्टीनीको बैँस’, ‘छोरीको चकचक’, ‘भरियाको कथा’, ‘छिमेकीलाई’, ‘बाटोको आयु’, ‘एउटा घरको दिनचर्या’ लगायतका कविता वाचन गरे । कविता वाचन गर्नुअघि उनले आफु गाउँमा बसेर साहित्य साधना गरिरहेको र आफ

    • प्रकाशित मितिः जेठ १९, २०८१
    • 437 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा तेस्रो मेकिल अपडेट शुरु

    धरान/ चिकित्सा शिक्षा क्षेत्रमा भएका नया खोज र अनुसन्धानको विषयमा नया चिकित्सक तथा स्वास्थय कर्मीहरुलाई जानकारी गराउने उद्येश्यले धरानमा तेस्रो मेडिसिन उपडेट सुरु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानधरानको मेडिसिन विभागको आयोजनामा शुक्रवार वाट सम्मेलन सूरु भएको हो । कार्यक्रमा विभिन्न रोगका विषयमा देश भरका चिकित्सकहरुले गरेका सोधपत्रहरु प्रस्तुत हुने तथा सोधपत्र माथि छलफल हुने आयोजक समितिका संयोजक प्रतिष्ठानका एडिसनल प्रोफेसर रविन मास्केले जानकारी दिए । प्रतिष्ठानमा दुइदिन सम्म चल्ने कार्यक्रममा १४ वटा सोध पत्र प्रस्तुत हुने बताए । कार्यक्रम मा स्वास्थ्य क्षेत्र मा नौलो प्रवि

    • प्रकाशित मितिः जेठ १९, २०८१
    • 406 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • खानेपानी समस्या समाधान गर्ने मन्त्रीको आश्वासन

    धरान /संघीय सरकारका खानेपानी मन्त्री राजेन्द्र राईले धरानको खानेपानी समस्याको दीर्घकालीन समस्या समाधानमा सरकार लागेको स्थानीय सरकार धरान उपमहानगरपालिका र धराने सर्वसाधारणलाई आश्वासन दिनुभएको छ । खानेपानी अभवमा जीवन विताइरहैका धरानेहरु मन्त्रीको आश्वासनमा पूर्ण रुपमा विश्वस्त नभए पनि कोशीबाट पानी ल्याउनका लागि छुट्याइएको बजेट, प्राविधिक कठिनाईको समाधान तथा डिपिआर गर्ने तयारी भएको समेत मन्त्रीले बताइसकेपछि भने धरानेहरुमा आशाको दियो भने पलाएको छ । बर्षौदेखिको खानेपानीको समस्या समाधान नहुदा अहिले पनि धरानबासीहरु काकाकुल जीवन विताइरहेका छन् । खानेपानीको मुद्धा बोकेर स्वतन्त्रबाट धरान उमहानग

    • प्रकाशित मितिः जेठ १८, २०८१
    • 370 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हिमालमा चार जनाको शव, ११ टन फोहर संकलन

    सोलु/ नेपाली सेनाको अगुवाइमा यसपटक सञ्चालन भइरहेको सफा हिमाल अभियानमा सहभागी टोलीले बुधबारसम्म ४ मानव शव, केही अस्थिपञ्जर र ११ टन फोहर संकलन गरेको छ ।नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले दिएको जानकारीअनुसार बुधबार मात्रै दुईवटा शव निकालेर काठमाडौँको महाराजगन्जस्थित शिक्षण अस्पतालमा ल्याइएको छ । सगरमाथा हिमालको बाल्कोनी ईलाका (८४३० मि) र ल्होत्से क्याम्प–४ ईलाका (७९०० मि) मा रहेका दुईवटा शवलाई बुधबार हवाईमार्फत त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज ल्याई फरेन्सिक ल्याबमा थप प्रक्रियाका लागि बुझाएको निर्देशनालयले जनाएको छ । गत चैत २९ गते सुरु भएको अभियानअन्तर्गत हालसम्म

    • प्रकाशित मितिः जेठ १८, २०८१
    • 436 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कांग्रेसद्धारा आदिवासी जनजाति सम्बन्धि प्रशिक्षण

    धरान/  नेपाली कांग्रेसले आदिवासी जनजाति सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नेपाली कांग्रेसको भातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका नेता कार्यकर्ताहरुलाई लक्षित गरेर नेपाली कांग्रेस क्षेत्र नं. १ सुनसरीले आदिवासी जनजाति अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम गरेको हो । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका केन्द्रीय सदस्य तथा संगठन विभाग प्रमुख जगत बरामले सहभागी एवम् प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिएका थिए । जगत बराम आदिवासी जनजातिहरुको साझा संगठन नेपाल आदिवासी जनजाति महासंघका निर्वतमान केन्द्रीय अध्यक्ष समेत हुन् । उनले अन्तराष्ट्रिय श्रम संगठ

    • प्रकाशित मितिः जेठ १८, २०८१
    • 335 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इलामा अन्तर्राष्ट्रिय चिया महोत्सवको तयारी

    इलाम/  चियाको राजधानी भनेर चिनिने इलाममा आगामी जेठ २६ देखि २८ सम्म चिया महोत्सव हुने भएको छ । नेपाली चियाको गुणस्तर विश्वमाझ पु¥याउन अन्तर्राष्ट्रिय चिया महोत्सव हुने भएको हो । नेपालको चिया विश्वमा नै स्वादिष्ट र अर्ग्यानिक भए पनि खास प्रचार हुन नसक्दा किसान तथा व्यापारीले कम मूल्य विक्री गर्नु परिरहेको गुनासो बढेपछि इलाम नगरपालिकाको अगुवाइमा चिया महोत्सव हुने भएको हो । विदेशी मुद्रा आर्जनको एक अब्बल कृषि जन्य उत्पादन चियालाई बजारीकरणमा सहजता होस भनेर महोत्सव गर्न लागिएको इलाम नगरपालिकाका प्रमुख केदार थापाले बताए । उनले महोत्सव पछि इलाम लगायत नेपालकै चिया अन्तर्राष्ट्रिय बजारमा पु&

    • प्रकाशित मितिः जेठ १८, २०८१
    • 355 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान १३ मा रहेको ‘ओशो पार्क’ पर्यटकको रोजाइमा

    धरान/ धरान उपमहानगरपालिका १३ मा रहेको ‘ओशो पार्क’ आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेसँगै मुख्य आकर्षण केन्द्रका रुपमा विस्तार हुँदै गएको छ । धरानको भानुचोकबाट करिब छ किलोमिटरमाथि निर्माण गरिएको उक्त पार्क आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको हो । बुटवलबाट साथीहरुसँगै धरान घुम्न आएका सन्तोष खरेलले ओशो पार्क पुगेपछि चारैतिर फूलले ढाकेको, चारैतिर चौतारा देख्दा निकै खुसी लागेको बताए । उनले भने, “आजभन्दा चार(पाँच वर्ष अगाडि यहाँ आउँदा चारैतिर जङ्गल, झाडी अनि खोला थियो । अहिले यस्तो राम्रो बनिसकेछ, फेरि पनि आउने छौँ । ”उदयपुर गाईघाटका प्रविन राई ब

    • प्रकाशित मितिः जेठ १८, २०८१
    • 376 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved