असोज १ देखि इम्बोस्ड नम्बरप्लेट अनिवार्य गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न माग

  • भदौ १०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  नेपालका तीन प्रमुख यातायात मजदुर संगठनहरूले यातायात व्यवस्था विभागले असोज १ गतेदेखि सम्पूर्ण सवारीसाधनमा इम्बोस्ड नम्बरप्लेट अनिवार्य गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न माग गरेका छन्।

नेपाल यातायात मजदुर संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र अखिल नेपाल यातायात मजदुर संघले बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उक्त निर्णयले संविधान र विद्यमान कानुनको उल्लङ्घन गरेको दाबी गरेका छन्।

विज्ञप्तिमा संविधानले तोकेको सरकारी कामकाजको भाषा देवनागरी लिपी भए पनि विभागले जारी गरेको सूचनामा अङ्ग्रेजी प्रयोग गरिएको भन्दै आपत्ति जनाइएको छ। त्यस्तै, इम्बोस्ड नम्बरप्लेटमा राखिने आरएफआईडी (रेडियो फ्रिक्वेन्सी आइडेन्टिटी) चिप्सलाई रिड गर्ने प्राविधिक पूर्वाधारको अभावमा यो निर्णय व्यावहारिक नभएको भन्दै सरकारसँग पुनर्विचार गर्न आग्रह गरिएको छ।

मन्त्रालयले २०८० साल बैशाख १४ गते प्रकाशित राजपत्रमा देवनागरी र अङ्ग्रेजी दुवै लिपिको मिश्रित प्रयोग हुने व्यवस्था भए पनि विभागले भदौ ३ गते जारी सूचना सो प्रावधान विपरीत रहेको विज्ञप्तिमा उल्लेख छ।

संगठनहरूले नेपाल सरकारले दशकअघिदेखि इम्बोस्ड नम्बरप्लेट अनिवार्य गरे पनि कार्यान्वयन न्यून भएको, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) समेत समयमा छाप्न नसकिरहेको अवस्थामा लाखौँ सवारीसाधनमा इम्बोस्ड नम्बरप्लेट अनिवार्य गर्नु अविश्वासिलो र शंकास्पद विषय भएको प्रतिक्रिया दिएका छन्।

"यातायात क्षेत्रमा प्रविधिमैत्री सुधारलाई हामी समर्थन गर्छौं। तर, स्वदेशमै नम्बरप्लेट उत्पादन गर्ने, डाटा सुरक्षित राख्ने र नागरिकलाई सहज शुल्कमा सेवा उपलब्ध गराउने प्राविधिक पूर्वाधार तयार नगरी हतारमा निर्णय कार्यान्वयन गर्नु उपयुक्त हुँदैन," विज्ञप्तिमा भनिएको छ।

विज्ञप्ति नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्मराज भण्डारी, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई र अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दिपक केसीले संयुक्त रूपमा हस्ताक्षर गरेका छन्।

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved