आफ्नै छोरीको हत्या आरोपमा जन्मकैद भोगिरहेकी महिला कैदी कारागारमै मृत फेला

  • भदौ ११, २०८२
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/  विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङको शौचालयभित्र आफ्नै छोरीको हत्या गरेको आरोपमा जन्मकैद सजाय भोगिरहेकी एक महिला कैदी मृत फेला परेकी छन् ।

सुनसरी बराहक्षेत्र–६ घर भएकी ३२ वर्षीया राधा भनिने राधा भट्टराई बुधबार बिहान ४ः३० बजे सलको पासो लगाई झुन्डिएको अवस्थामा भेटिएको जेलर गौरव ढुंगेलले जानकारी दिए ।

भट्टराईले २०८० माघ पहिलो साता दुई सन्तानसहित सप्तकोशी नहरमा हामफालेकी थिइन् । उद्धारका क्रममा उनी र छोरा सकुशल बचेका थिए भने करिब ६ वर्षीया छोरीको मृत्यु भएको थियो । सो घटनामा पक्राउ परेकी उनलाई अदालतले ‘कर्तव्य ज्यान’ मुद्दामा जन्मकैद (२५ वर्ष) सजाय सुनाएको थियो ।

कारागार प्रमुख ढुंगेलका अनुसार भट्टराई पहिले देखि नै डिप्रेसनको समस्यामा थिइन् । घटनाको प्रकृति आत्महत्या जस्तो देखिए पनि प्रहरी टोलीले विस्तृत अनुसन्धान सुरु गरेको छ ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved