वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाले होटल तथा होमस्टे सञ्चालकहरूलाई लक्षित गरी हस्पिटालिटी व्यवस्थापन सम्बन्धी तालिमको आयोजना गरेको छ। वराहक्षेत्र नगरपालिका वडा नं १ र २ पर्यटकीय क्षेत्रमा रहेका होटल, होमस्टे तथा नगरपालिकाका प्रमुख बजार क्षेत्रका व्यवसायीहरूलाई उक्त हस्पिटालिटी व्यवस्थापन सम्बन्धी तालिमको आयोजना गरिएको नगरपालिकाका प्रशासन शाखा प्रमुख मातृका तिवारीले बताए । व्यवसायलाई कानुनी रूपमा दर्ता गरी नविकरण गर्ने, अवैध गतिविधिमा संलग्न नहुने, गुणस्तरीय आतिथ्य सेवा प्रदान गर्ने, सरसफाइ तथा स्वास्थ्य सुरक्षाका मापदण्डहरू कडाइका साथ पालना गर्ने लगायतका विषयमा तालिम प्रदान गरिनेछ । चतरा स
झापा/ भारतको बनारसस्थित अस्पतालमा लावारिस अवस्थामा उपचाररत भेटिएका झापाका एक व्यक्तिको प्रहरीको सक्रियतामा उद्धार गरिएको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षकको मोबाइलमा प्राप्त भिडियो सन्देशका आधारमा नेपाल घर भएका सन्तोष बि.क. नामका व्यक्तिको पहिचान गरिएको हो। भिडियोमा उनको घर झापाको मेचीनगर–४ बाहुनडाँगी रहेको खुलेपछि तत्काल प्रहरी चौकी बाहुनडाँगीलाई परिचालन गरिएको थियो। प्रहरीको तीव्र पहलका कारण करिब ३०–३५ मिनेटमै उनका आफन्त पत्ता लागेका थिए। त्यसपछि प्रहरीको समन्वयमा आफन्तहरू भारतको बनारसस्थित SSPG सरकारी अस्पताल पुगेका थिए। उक्त अस्पतालमा ५६ वर्षीय सन्तोष बि.क.ला
वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाले कालाबञ्जर र नडाह बजारमा अनुगमन गरेको । मङलवार वराहक्षेत्र नगरपालिकाको अनुगमन टोलिले कालाबञ्जर र नडाह बजारमा अनुगमन गरेको हो । उपभोक्ताहरूको अधिकार सुनिश्चितताको लागि बजार अनुगमनलाई प्रभावकारी बनाउने योजना अनुसार नियमित बजार अनुगमन कार्यक्रम अन्तर्गर बजार अनुगमन गरिएको नगरपालिकाका प्रशासन शाखा प्रमुख मातृका तिवारीले बताए । अत्यावश्यक खाद्यवस्तुको मूल्य बढि, एकरूपता नभएको म्याद नाघेका बस्तु बिक्री गर्न राखेको गुनासो उपभोक्ताबाट आएसँगै नगर उप- प्रमुख नन्दकुमारी सुनुवार नेतृत्वको अनुगमन टोलीले बजार अनुगमनलाई प्रभावकारी बनाउन सक्रिय भएको हो । वडा कार्याल
धरान/सुनसरीको धरान उपमहानगरपालिका–१३ स्थित लक्ष्मी सडकमा रहेको मण्डला क्याफेबाट अनलाइन जुवा खेल्दै र खेलाउँदै गरेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार मिति २०८३ साल बैशाख १४ गते राति करिब १०:३० बजे गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ‘1Xbet’ मार्फत अनलाइन जुवा सञ्चालन भइरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरी निरीक्षक राधाकृष्ण दाहालको कमाण्डमा खटिएको टोलीसँगै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको PIT टोलीले संयुक्त रूपमा अपरेसन गरेको थियो। पक्राउ पर्नेहरूमा धरानका विभिन्न वडाका ३१ वर्षीय प्रज्वल राई, ४६ वर्ष
धरान/धरान–४ देवीथानस्थित कोशी लोकमार्गमा बस दुर्घटनामा एक वृद्धको ज्यान गएको छ। धरानबाट धनकुटातर्फ जाँदै गरेको को१ख ६०९० नम्बरको बसबाट झर्ने क्रममा धरान–४ निवासी ७८ वर्षीय प्रेमबहादुर मगर बसको ठक्करबाट गम्भीर घाइते भएका थिए। बस रोकेर ओर्लिएपछि बाहिरिने क्रममा अचानक बस अगाडि बढ्दा पछाडिको बायाँ भागमा ठोक्किएर उनी बेहोस बनेका थिए। घाइते मगरलाई तत्कालै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको थियो। तर उपचारकै क्रममा सोमबार साँझ करिब साढे ४ बजे चिकित्सकले मृत घोषणा गरेका थिए। प्रहरीका अनुसार बाहिरी चोटपटक खासै नदेखिए पनि आन्तरिक चोटका कारण मृत्यु भएको हुनसक्ने अनुमान
वराहक्षेत्र/वराहक्षेत्र नगरपालिकामा जारी चौथो संस्करणको वडा स्तरीय “वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगिता” अन्तर्गत सोमबार सम्पन्न खेलमा वडा नं. ३ विजयी भएको छ। वडा नं. ७ स्थित वसन्तऋतु माध्यमिक विद्यालयको खेलमैदानमा गोलको वर्षा भएको खेलमा वडा नं. ३ ले वडा नं. ८ लाई शुन्यका बिरुद्ब ५ गोलको अन्तरले पराजित गरेको हो। जितसँगै पहिलो संस्करणको विजेता समेत रहेको वडा नं. ३ प्रतियोगिताको उत्कृष्ट ६ मा प्रवेश गर्न सफल भएको छ। पराजित वडा नं. ८ भने नकआउट चरणबाटै बाहिरिएको छ। खेलमा उत्कृष्ट प्रदर्शन गरेका वडा नं ३ का सुभराज लिम्बु‘म्यान अफ द म्याच’ घोषित भए। उनले न
वराहक्षेत्र/वराहक्षेत्र नगरपालिकामा क्रियासिल चक्रघट्टी जेसीजले जेसीज सप्ताह - २०२६ सुरु गरेको छ । वराहक्षेत्र नगरपालिका वडा नं ३ हर्दियामा रहेको बिपि आधारभुत बिद्यालयका बिद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्दै चक्रघट्टी जेसीजले जेसीज सप्ताह सुरु गरेको हो । साप्तह कार्यक्रम अन्तर्गत स्वागत गेट निर्माण , भित्ते पात्रो सार्वजनिक , सचेतना मुलक कार्यक्रम, मैत्रीपुर्ण फुटबल लगायतका कार्यक्रम आयोजना गरिने चक्रघट्टी जेसीजका महासचिव शिशिर तामाङ्ग ( अर्जुन) ले बताए । चक्रघट्टी जेसीजका अध्यक्ष जेसी शरण कुमार लिम्बूको सभाध्यक्षतामा आयोजना भएको जेसीज सप्ताह अन्तर्गतको पहिलो शैक्षिक सामाग्री बितरण क
धरान / र्याडिकल लाइट नेपाल प्रा.लि.को आयोजनामा सञ्चालन हुँदै आएको चर्चित ‘एसइई स्पिकर’ कार्यक्रम यस वर्षदेखि नगरस्तरीय रूपमा धरानमै केन्द्रित हुने भएको छ। एसइई परीक्षा दिएर बसेका विद्यार्थीहरूको खाली समयलाई सिर्जनात्मक बनाउँदै उनीहरूमा आत्मविश्वास, व्यक्तित्व विकास र नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित ‘एसइई स्पिकर सिजन–६’ आयोजना गर्न लागिएको आयोजकले धरानमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो। २०७८ सालदेखि निरन्तर सञ्चालन हुँदै आएको यो कार्यक्रम यसअघि प्रदेशस्तरीय रूपमा विस्तार गरिएको थियो। तर सहभागी व्यवस्थापन, यात्रा कठिनाइ र निरन्त
वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकामा जारि चौथो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ शिल्ड फुटबल प्रतियोगितामा अन्तर्गत आईतवार भएको खेलमा वडा नं ५ बिजयी भएको छ । वराहक्षेत्र नगरपालिका वडा नं. ७ स्थित वसन्तऋतु माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न खेलमा वडा नं ६ लाई शुन्यला विरुद्ध ३ गोलको अन्तरले पराजित गर्दै वडा नं ५ बिजयी भएको हो । जितसँगै वडा नं ५ ले प्रतियोगिताको उत्कृष्ट ६ को यात्रा तय गरेको छ । पराजित भएको वडा नं ६ भने प्रतियोगिताको नकआउट चरणबाट नै बाहिरिएको छ । खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै १ गोल गरेका वडा नं ५ का टोसिल केसि म्यान अफ द म्याच घोषित भए। उनले नगद २ हजार
धरान/धरान–४ को वडाध्यक्षमा अस्मिता राईलाई अघि सार्ने अभिव्यक्ति सार्वजनिक भएपछि ‘श्रम संस्कृति पार्टी’भित्रै मतभेद देखिन थालेको छ। पार्टीसँग सम्बद्ध समला साम्पाङ राईले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पार्टी सञ्चालन शैलीप्रति असन्तुष्टि व्यक्त गरेकी छन्। उनले “श्रम संस्कृति पार्टी इमान्दार वा दुःखी–गरिबको मात्र प्रतिनिधित्व गर्ने दल हो भन्ने धारणा गलत सावित भइरहेको” उल्लेख गर्दै पद बाँडफाँटको शैलीमाथि प्रश्न उठाएकी हुन्। उनको आरोप अनुसार सामाजिक सञ्जालमै व्यक्तिहरूलाई वडाध्यक्ष वा केन्द्रीय सदस्य घोषणा गर्ने प्रवृत्तिले पार्टीको विश्वसनीयतामाथि असर