धरान/ आज साउन महिनाको दोस्रो सोमबार पर्न आएकाले बिहानैदेखि देशका विभिन्न शिव मन्दिरहरूमा भक्तजनहरूको बाक्लो उपस्थिती देखिएको छ। विशेषगरी धरानको पिण्डेश्वर धाम, सप्तकोशी धाम र भालुखोप शिवालयमा श्रद्धालुहरूको भीड लागेको छ। धरान र आसपासका क्षेत्रबाट बोलबम नारा लगाउँदै भक्तजनहरू नाङ्गो खुट्टा पैदल हिँडेर पिण्डेश्वरमा जल चढाउन आएका छन्। कतिपय भक्तजनहरू विभिन्न टोली बनाएर झाँकी सहित धार्मिक गीतसंगीत बजाउँदै पिण्डेश्वर धाम पुगेका छन्। "साउन सोमबार शिवजीलाई जल चढाउँदा मनोकांक्षा पूरा हुन्छ भन्ने विश्वासले हामी वर्षैपिच्छे बोलबम यात्रा गर्छौं," धरान १२ का एक भक्त रविन राईले भने। धर
सुनसरी/ बङ्गुरमा फैलिएको अफ्रिकन स्वाइन फिवरको प्रकोपबाट यसबर्ष सुनसरीका किसानले दुई करोडको क्षति ब्योहोरेका छन् । गत भदौ महिना देखी फैलिएको अफ्रिकन स्वाइन फिबर अहिलेसम्म नियन्त्रण हुन नसक्दा थप क्षति हुनसक्ने भन्दै किसान चिन्तित छन् ।गत भदौमा रामधुनी नगरपालिकाका किसानले पालेको बङ्गुरमा देखिएको अफ्रिकन स्वाइन फिबरको प्रकोप क्रमशः अन्य स्थानीय तहका फर्महरूमा फैलिएको थियो । रामधुनी सहित बङ्गुर पालनको लागि प्रसिद्ध मानिएको धरान, दुहबी र वराहक्षेत्रमा फैलिएको प्रकोपले यो वर्ष मात्र १ करोड ९७ लाख ८ हजार बराबरको क्षति भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीका प्रमुख डा.
धरान/ बराह वचत तथा ऋण सहकारी लिमिटेड धरानलाई पीडितहरुले संकटग्रस्त घोषणा गर्नको लागि माग गरेका छन। बराह पीडित स्वततन्त्र समहुले काठमाण्डौमा पत्रकार सम्मेलन गरि उक्त बराह सहकारीलाई संकटग्रस्त घोषणा गर्नको लागि माग गरेका हुन् । स्थानीय सरकार धरान उपमहानगरपालिकाले सङ्कटग्रस्त सहकारी घोषणा नगरी कानुनी प्रक्रिया प्रभावकारी रूपमा अघि बढ्न नसक्ने भएकाले पत्रकार सम्मेलनमा समूहका संयोजक शङ्कर थापाल सङ्कटग्रस्त सहकारी घोषणा नगर्दा सहकारीको सम्पत्ति थप हिनामिना हुने भएकोले नगर प्रमुख हर्क साम्पाङलाई थप आग्रह गर्नको लागि माग गरेका छन् । धरान उमहानगरपालिकाले तत्काल सहकारीलाई सङ्कटग्रस्त घोषणा गर्ने
धरान/धरान उपमहानगरपालिका–५ स्थित सुन्दरबस्तीमा वर्षौंदेखि बसोबास गर्दै आएका सुकुम्बासी तथा भूमिहीन बासिन्दाहरूले उपमहानगरपालिकाले ल्याएको बहुसाँस्कृतिक पार्क निर्माण योजनाविरुद्ध चर्को विरोध जनाएका छन्। वैकल्पिक व्यवस्था विना बस्ती उठाउने प्रयास गरिएको भन्दै उनीहरूले शुक्रबार नेपाल पत्रकार महासंघ सुनसरी शाखाको सभाहलमा पत्रकार सम्मेलन गरी आक्रोश व्यक्त गरेका हुन्। पत्रकार सम्मेलनमा बोल्दै नेपाल बसोबास बस्ती संरक्षण समाजका सुनसरी अध्यक्ष थामसेर लिम्बुले धरान उपमहानगरपालिकाले २०६४ सालदेखि बसोबास गर्दै आएका १०५ परिवारलाई विस्थापित बनाउने गरी योजना अघि बढाएको जानकारी दिए। “अदालतमा मु
धरान/धरान फिटनेस क्लबको आयोजनामा शुक्रबार सम्पन्न डिएफसी मेन्स फिजिक्स च्याम्पियनसिप २०२५ को उपाधि अनुप तामाङले जितेका छन्। उनले शीर्ष स्थान हात पार्दै नगद २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। प्रतियोगितामा विश्व लिम्बु दोस्रो र हितेस मगर तेस्रो स्थानमा रहे। दोस्रो स्थान हासिल गरेका लिम्बुले नगद १५ हजार रुपैयाँ तथा तेस्रो भएका मगरले १० हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरे। धरान फिटनेस क्लबले आफ्नै हलमा आयोजना गरेको प्रतियोगितामा ११ जना खेलाडी सहभागी थिए। क्लबका संचालक तथा प्रशिक्षक कविरभगत प्रधानाङ्गका अनुसार क्लवले हरेक वर्ष आफ्ना सदस्यहरूबीच विभिन्न विद्याम
सुनसरी/लागू औषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीलाई देख्नासाथ तस्करले ठूलो परिमाणको गाँजा फालेर मोटरसाइकलमै भागेका छन्। मिति २०८२ साउन ९ गते राति ९:०० बजेको समयमा जिल्ला सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित खत्वे टोल नहर नजिक लागू औषध ओसारपसार भइरहेको खबर पाएपछि इलाका प्रहरी कार्यालय देवानगञ्जबाट टोली खटिएको थियो। चेकजाँचको क्रममा देवानगञ्जबाट कप्तानगञ्जतर्फ गइरहेको नम्बर नखुलेको मोटरसाइकलले प्रहरी टोली देख्नेबित्तिकै पछाडि बोकेको २ वटा सेतो बोरा फालेर तीव्र गतिमा फरार भएको प्रहरीले जनाएको छ। उक्त बोराहरू खोली जाँच गर्दा एक बोरामा रातो प्लास्टिकले बेरेका ३ पोक
इनरुवा/ सुनसरीको इनरुवामा आफूलाई प्रहरी बताउँदै सर्वसाधारणलाई धम्क्याएर रकम असुल गर्दै हिँडेका एक युवक पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्ति इनरुवा नगरपालिका–९ बस्ने ३० वर्षीय पवन मेहेता हुन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पवन मेहेता आफू सादा पोशाकमा खटिने प्रहरी हुँ भन्दै विगत केही दिनदेखि सर्वसाधारणलाई धाकधम्की दिँदै रकम असुल गर्दै आएका थिए। उक्त गतिविधिको विशेष सूचनाका आधारमा साउन ८ गते बेलुकी ७ बजे अस्थायी प्रहरी पोष्ट पोखरीचोक र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। पवनलाई सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ चप्राहा क्षे
ईनरुवा/सुनसरीको ईनरुवामा धरानबाट लागुऔषध लिएर जादै गरेका तीन जना पक्राउ परेका छन्। मिति २०८२ साउन ८ गते दिउँसो ३:३० बजेको समयमा ईनरुवा नगरपालिका–४ बसपार्क नजिकै पूर्व–पश्चिम राजमार्गमा चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको संयुक्त प्रहरी टोलीले चिरौलिचोकबाट ईनरुवा आउँदै गरेको को.१ ह. ८९८८ नम्बरको अटोलाई रोकी चेकजाँच गर्दा अटो चालक धरान–८ निवासी २८ वर्षीय निलन लिम्बु र सवार धरान–६ का १७ वर्षीय कुलबहादुर लिम्बु तथा २४ वर्षीय युवराज लिम्बु पक्राउ परेका हुन्। प्रहरीका अनुसार कुलबहादुर लिम्बु
झापा/ कोशी प्रदेशमा कफीखेती विस्तार भइरहेको छ । प्रदेशका १२ जिल्लामा व्यावसायिक कफीखेती सुरु गरिएका छन् । प्रदेशको दुई हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा कफीखेती विस्तार भइसकेको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय विर्तामोडका सूचना अधिकारी अनन्त ढुङ्गानाले जानकारी दिए । उनका अनुसार इलाम, धनकुटा, भोजपुर, खोटाङ, सङ्खुवासभा, ओखलढुङ्गा, सोलुखुम्बु, तेह्रथुम, उदयपुर, मोरङ, पाँचथर र ताप्लेजुङ जिल्लामा व्यावसायिक रुपमा कफीखेती भइरहेको छ । पाँच हजारभन्दा बढी किसानले कफीखेती गरिरहेको उनले बताए । हाल कोशीमा ९० देखि १०० मेट्रिक टन कफीको दाना उत्पादन भइरहेको छ । यसको बजार मूल्य लगभग रु २०
धरान/ पाँचथरको कुम्मायक गाउँपालिका–१ मा बाँदर आतंक नियन्त्रण गर्न वडाले बाँदर हेरालु कर्मचारी खटाएको छ । कृषकको अन्नबाली जोगाउन तथा बाँदरको समस्या समाधानका लागि यसअघि विभिन्न उपाय अवलम्बन गरिए पनि समस्या झन् बढेपछि यो कदम चालिएको हो । वडाको बजेटबाट गाउँपालिकाका ९ वटै वडामा १/१ जनाका दरले ९ जना बाँदर हेरालु कर्मचारी नियुक्त गरिएको वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता देवेन्द्रकुमार लावतीले जानकारी दिए । उनका अनुसार गाउँबाट युवा जनशक्ति पलायन भइरहँदा थोरै बाँकी खेतबारीमा लगाइएको बालीसमेत बाँदरले सखाप बनाउने गरेको छ । जंगली जनावर विशेषगरी बाँदरले अन्नबाली सिध्याइदिने, घरआँगनमा पसेर