खेलकुद

    Showing 611-620 of 638 items.
  • नेपोलीले जित्यो कोपा इटालियको उपाधी

    बुधबार राति भएको फाइनल खेलमा नेपोलीले युभेन्टसलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै कोपा इटालियको उपाधी जितेको छ । जितसँगै नेपोलिले छ वर्षपछि कोपा इटालियाको उपाधी जितेको छ । नेपोलिले पछिल्लोपटक सन २०१३ र १४ को सिजनमा कोपा इटालियाको उपाधी जितेको थियो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा नेपोलिका लागि लोरेन्जो, माटियो पोलिटानो, निकोला म्याक्सिमोविच र अरेक मिलिकले गरे ।  

    • प्रकाशित मितिः असार ४, २०७७
    • 1,254 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्पेनिस ला लिगामा बार्सिलोना २-०ले विजयी

     मङगलबार राति भएको स्पेनिस ला लिगामा बार्सिलोनाले लेगानेसलाई पराजित गरेको छ । कोरोनाभाइरस महामारीपछि घरेलु क्याम्प नोउमा बार्सिलोनाले पहिलो पटक खेलेको हो ।  गएराति भएको खेलमा बार्सिलोनाले लेगानेसलाई २-० ले पराजित गरेको हो । बार्सिलोनाले दर्शक बिना पहिलो पटक घरेलु मैदानमा खेलेको हो । बार्सिलोनाका लागि अन्सु फाती र कप्तान लियोनल मेस्सीले एक एक गोल गेर । यस जितसँगै शीर्षस्थानमा कायमै रहेको बार्सिलोनाले २९ खेलबाट ६४ अंक जोडेको छ ।

    • प्रकाशित मितिः असार ३, २०७७
    • 1,458 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेपाली राष्ट्रिय फुटबल टिमका पुर्व कप्तान सागर थापा सहित सबै खेलाडीले मंङगलबार सफाई पाए

    काठमाडौँ / नेपाली राष्ट्रिय फुटबल टिमका म्याच फिक्सिङको आरोप लागेका पुर्व कप्तान सागर थापा  सहित सबै खेलाडीले मंङगलबार सफाई पाएका छन् ।  २००८ देखि खेलेका अन्तर्राष्ट्रिय खेलमा म्याच फिक्सिङ गरेको आरोपमा प्रहरीको अपराध महाशाखाले २०७२ साल असोज २७ गते सागर थापा, उपकप्तान सन्दीप राई, गोलकिपर रितेश थापा, विकास सिंह क्षेत्री, पूर्वखेलाडी अन्जन केसी र डेबिड थापालाई पक्राउ गरेको थियो । नेपालले २००८ देखि खेलेका अन्तर्राष्ट्रिय खेलमा पैसा लिएर जानीजानी हारेको भेटिएको भन्दै प्रहरीले पक्राउ गरेको थियो । तत्कालिन फुटबल टोलीका कप्तान उनीहरुले प्रहरीसामू फिक्सिङ स्वीकार गरे पनि अद

    • प्रकाशित मितिः असार २, २०७७
    • 1,290 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्पेनिस ला लिगाअन्तर्गत सोमाबार भएको खेलमा सेभिया लेभान्टेसग १–१ गोलको बराबरी

    लेभान्टेको घरेलु मैदानमा भएको स्पेनिस ला लिगाअन्तर्गत सोमाबार भएको खेलमा सेभिया लेभान्टेसग १–१ गोलको बराबरी खेलेको छ । आफ्नै खेलाडीले खेल सकिन तीन मिनेट बाँकी छँदा आत्मघाती गोल गरेपछि सेभिया लेभान्टेसँग १(१ को बराबरिमा रोकिएको हो । खेलको ४६औँ मिनेटमा लुका डी योङले गोल अग्रता दिलाए । सेभियाको अग्रता अन्तिम समयमा बिथोलियो । खेलको ८७औँ मिनेटमा लेभान्टेले आत्मघाती गोलबाट अग्रता बनाए । डियोगो कार्लोसको गोलबाट लेभान्टले खेल बराबरीमा ल्यायो । बराबरीसँगै तेस्रो स्थानको सेभियाले २९ खेलबाट ५१ अंक जोडेको छ । त्यस्तै २९ खेल खेलेको लेभान्टेले ३५ अंक जोड्दै १२औँ स्थानमा आफूलाई स्थापित गरेको छ ।

    • प्रकाशित मितिः असार २, २०७७
    • 872 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जर्मन बुन्डेस लिगामा बायार लिभरकुसन अंक तालिकाको चौथो स्थानमा

    आइतबार राति भएको खेलमा जर्मन बुन्डेस लिगामा बायार लिभरकुसन अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ ।पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा दुवै गोल भएका थिए । खेलमा साल्केले अग्रता लिए पनि अग्रता जोगाउन नसक्दा खेल १–१ को बराबरीमा रोकिएको हो । साल्केसँग १–१ गोलको बराबरी खेल्दै लिभरकुसन अंक तालिकाको चौथो स्थानमा उक्लिएको हो । खेलको ५१औं मिनेटमा ड्याबनियल कालिगुरीले गोल गर्दै साल्केलाई अग्रता लिएको थियो । उनले पेनाल्टीमा गोल गरेका थिए । त्यसपछि खेलको ८१औं मिनेटमा साल्केका जुआन मिरान्डाले आत्मघाती गोल गरेपछि खेल बराबरीमा आएको थियो । यस खेलसँगै लिभरकुसन ५७ अंक जोड्दै तालिकाक

    • प्रकाशित मितिः असार १, २०७७
    • 901 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मालोर्काको घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोना ४-० गोलको फराकिलो जित

     मालोर्काको घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोनाले ४-० गोलको फराकिलो जित निकालेको हो ।कप्तान लियोनल मेस्सीको उच्च प्रदर्शनमा बार्सिलोनाले फराकिलो जित निकालेको छ । बार्सिलोनाको जितका लागि कप्तान मेस्सीले एक गोल र दुई असिस्ट गरेको थिए । त्यस्तै अर्टुरो भिडाल, मार्टिन ब्रेथवेट र जोर्डी अल्बाले एक एक गोल गरे । दोस्रो हाफमा बार्सिलोनाले थप दुई गोल गर्दा मेस्सीले एक गोल र एक असिस्ट गरे । खेलको ७९औं मिनेटमा अल्बाले मेस्सीको पासमा गोल गर्दा बार्सिलोना ३९० गोलले अगाडि बढ्यो । त्यसपछि खेलको इन्जुरी समयमा मेस्सीले गोल गरे । उनले लुइस सुआरेजको पासमा गोल गर्दै बार्सिलोनालाई ४९० को फराकिलो

    • प्रकाशित मितिः जेठ ३२, २०७७
    • 986 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एसी मिलानसँग बराबरी खेलेपछी युभेन्टस कोपा इटालियाको फाइनलमा प्रवेश

      कोरोना भाइरसका कारण स्थगित भएको फुटबल तीन महिनापछि इटालीमा फर्किएको छ । घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा एसी मिलानसँग बराबरी खेलेपछी युभेन्टस कोपा इटालियाको फाइनलमा प्रवेश गरेको हो । शुक्रबार भएको खेलमा युभेन्टसले मिलानसँग गोलरहित बराबरी खेलेपनि अवे गोलको आधारमा उपाधि भिडन्तको अवसर पाएको हो । खेलको १६ औं मिनेटमा युभेन्टसले अग्रता बनाउने अवसर पाएको थियो । पेनाल्टी क्षेत्रमा मिलानका खेलाडीले ह्यान्ड गरेपछि पाएको पेनाल्टीमा स्ट्राइकर क्रिस्टियानो रोनाल्डो चुकेका थिए । उनले प्रहार गरेको बल गोलपोस्टको पोलमा लाग्दै फर्किएको थियो । कोपा इटालिया अन्तर्गत युभेन्टस र मिलानबीच सेमिफा

    • प्रकाशित मितिः जेठ ३१, २०७७
    • 1,196 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • राष्ट्रिय क्रिकेट टोलीका खेलाडीले एक वर्ष बितिसक्दा समेत तलब पाएनन्

    लामो समयको निलम्बनपछि क्यानमा नयाँ कार्यसमिति आयो । त्यसपछि आईसीसीले स्वयम् दिँदै आएको खेलाडीको तलब क्यानमार्फत् दिने जानकारी दिइएको थियो । त्यसका लागि आईसीसीले क्यानको आधिकारिक पत्र मागेको थियो । क्यानले पत्र बुझाउँदा समेत खेलाडीले आईसीसीबाट प्राप्त गर्दै आएको वर्ष २०१९ को तलब पाउन सकेनन् । नेपाल क्रिकेट संघ ९क्यान० निलम्बनमा पर्दा क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी० ले खेलाडीको खातामा तलब पठाउँदै आएको थियो । तर, पछिल्लो एक वर्ष २०१९ को तलब भने खेलाडीले पाउन सकेका छैनन् । क्यानका सचिव अशोकनाथ प्याकुरेलले भने, “क्यानमा नयाँ कार्यसमिति आएपछि आईसीसीले क्यानमा

    • प्रकाशित मितिः जेठ २९, २०७७
    • 1,109 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • साग पदक विजेता खेलाडीको बैंक खातामै पुरस्कार रकम पठाइने

    विराटनगर । १३ औं दक्षिण एसियाली खेलतकुद प्रतियोगिता (साग) का विजेता खोलाडीलाई प्रदेश १ सरकारले दिने घोषणा गरेको रकम सम्बन्धित खेलाडीकै बैंक खातामा पठाई दिने भएको छ । मुख्यमन्त्री शेरधन राईले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा बुधबार प्रदेशसभा बैठकमा भने,“हामीले विजेता खेलाडीलाई सम्मान गर्ने भनेकै हो तर कोभिड १९ को महामारीका कारण खेलाडीलाई प्रदेशमै ल्याएर सम्मान गर्न कठिनाइ भएको हो ।” मुख्यमन्त्री राईले सागका विजेता खेलाडीलाई बैंककै खाता पठाई दिने वा अर्को आर्थिक वर्षमा सम्मान गर्ने जानकारी दिए । सागका खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गर्ने भनेपनि त्यो

    • प्रकाशित मितिः जेठ २८, २०७७
    • 1,238 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • म्यानचेस्टर युनाइटेडका लिजेन्ड खेलाडी टोनी ड्युनको निधन

    युनाइटेडबाट युरोपियन कप जितेका लिजेन्ड ड्युनको ७८ वर्षको उमेरमा निधन भएको हो । प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका लिजेन्ड खेलाडी टोनी ड्युनको निधन भएको छ । प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेडका डिफेन्डर रहेका टोनीले सन् १९६८ मा युरोपियन कपको उपाधि जितेका थिए । म्यानचेस्टर युनाइटेडले ड्युनको निधनको पुष्टि गर्दै क्लबका लागि उत्कृष्ट प्रदर्शन गर्दै आएका महान् खेलाडीको भएको बताएको छ । ड्युनले युनाइटेडका लागि ५ सय ३५ खेलमा प्रतिस्पर्धा गरेका छन् । आयरल्यान्डका पूर्वअन्तर्राष्ट्रिय खेलाडी टोनीले ओल्ड ट्राफोर्डमा १३ वर्ष बिताएका थिए ।

    • प्रकाशित मितिः जेठ २७, २०७७
    • 918 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved