नेवा च्यारिटी धरान १० के रन फागुनमा हुने, उत्कृष्ट १०० जना मात्र सहभागी गराउने

  • पुस १९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरानः शिक्षाको लागि च्यारिटी दौड नारा दिएर बर्षेनी आयोजना हुदै आएको धरान १० के रन, नवौं नेवा च्यारिटी आगामी फागुनमा हुने भएको छ ।

धरान रन समुहले शनिबार कार्यालयमा पत्रकार सम्मेलन गर्दै फागुन ८ गते दौड प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो । समुहका अध्यक्ष रमु राईका अनुसार यसपाली विगतको भन्दा फरक तरिकाले दौड प्रतियोगिता आयोजना हुनेछ ।

स्टे फिट एण्ड हेल्थी, फाइट अगेन्स्ट कोभिड १९ नारासहित आयोजना हुने प्रतियोगितामा बढीमा एक सय जना मात्र धावक धाविकाहरु सहभागी गराउने अध्यक्ष राईले बताए । ‘हामीले कोभिड १९ को कारण विगतमा जस्तो भव्यरुपमा यसपाली नगर्ने, र बढीमा उत्कृष्ट धावकधाविका इलिट रनर्सहरुलाई मात्र १०० जना सहभागी गराउने निर्णय भएको छ,’उनले भने ।

समुहका अनुसार पुरुषतर्फ १० किलोमिटर रुटमा ४० मिनेट रेकर्ड अवधि भएकाले मात्र सहभागी हुन पाउनेछन् भने महिलातर्फ ५० किलोमिटर रेकर्ड अवधि भएकाले मात्र सहभागी हुन पाउछन् ।

यसको लागि सहभागीहरुले आफ्नो रेकर्ड देखाउनुपर्नेछ । विगतमा भन्दा कम समयमा समापन कार्यक्रम गरिने पनि उनले बताए । उत्कृष्ट राष्ट्रिय तथा अन्तराष्ट्रिय धावकधाविकाहरु समावेश हुने र च्यारिटी कार्यक्रम पनि भएकोले दर्ता शुल्क भने १ हजार लिने उनले बताए ।

प्रतियोगतामा विगतमा जस्तो विभिन्न उमेर समुह नहुने भएकोले यसपटक खुला क्याटगोरी मात्र हुनेछ । महिला र पुरुषतर्फ पहिलो हुनेले नगद ५० हजार, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार पुरस्कार पाउनेछन् भने चौथो र पाँचौं स्थान हुनेलाई पनि सान्त्वना पुरस्कार, आकर्षक मेडल र प्रमाणपत्र दिइने पनि समुहका सहसचिव राजेन्द्र हुक्पा चोङवाङ लिम्बुले जानकारी दिए ।

कार्यक्रमबाट खर्च कटाएर जोगाएको रकम धरान रन समुहको मातहतमा रहेको नेवा एजुकेशन फण्डमा जम्मा गरिने पनि उनले बताए । यो फण्डबाट सामुदायिक विद्यालयका २४ जना जेहेन्दार विद्यार्थीलाई छात्रवृद्धि दिइरहेको र निरन्तरता दिने समुहको भनाई छ ।

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

वैदेशिक रोजगारबाट फर ...

धरान/  वैदेशिक रोजगारबाट फर्किएपछि सुनसरीको ब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved