धरान / राष्ट्रिय निजि तथा आवासिय विद्यालय एशोसियसन, नेपाल एनप्याव्सन नगर कमिटिको आयोजनामा आयोजित अन्तर विद्यालय महिला पुरुष बास्केटबल प्रतियोगिताको उपाधि धरान मेघा र लोटस स्कुलले जितेको छ ।शुक्रवार सम्पन्न फाइनल खेलमा पुरुष तर्फ धरान मेघाले लोटस स्कुललाई ४२–३१ र महिला तर्फ सियोनले पर्वत स्कुललाई १८–७ अङ्कको अन्तरले पराजित गर्दै उपाधी जितेको हो । फाइनल खेलको प्रत्येक क्वाटरमा पुरुष तर्फ धरान मेघा र लोटसले ९–४, १३–२, १४–१३ र ६–१२ अङ्क जोडेका थिए । महिला तर्फ सियोन र पर्वत स्कुलले ३–३, ४–०, ४–२ र ७–२ अङ्क जोडेका थिए । बिजेता तथा उपबिजेत
धरान/धरानमा जारी २३ औं टुबोर्ग गोधुली फुटबल रनिङ कप अन्तर्गत आज भएका खेलहरुमा विजयी हुदै धरानको ११ नं. वडा र १७ नं. वडा क्वाटर फाइनलमा प्रवेश गरेका छन् । विहीबार भएको पहिलो खेलमा धरानको ४ नं. वडालाई २–० गोल अन्तरले पराजित गर्दै ११ नं. वडा क्वाटर फाइनलमा प्रवेश गरेको हो । ११ नं. वडाकालाडी दिनेश राई र धिरेन लिम्बूले गोल गरे । खेलको म्यान अफ द म्याच ४ नं. वडाका सरोज लावती घोषित भए । उनलाई नगद १५ सय र ट्रफी पुरस्कार प्रदान गरिएको थियो । बिहीबार नै भएको दोस्रो खेलमा धरानको ७ नं. वडालाई ६–० गोल अन्तरले पराजित गर्दै १७ नं. वडा क्वाटर फाइनलमा प्रवेश गरेको छ । १७ नं. वडाकालागी साहिल राई,
विजयपुर/राष्ट्रिय निजि तथा आवासिय विद्यालय एशोसियसन नेपाल (एनप्याव्सन)को आयोजनामा आयोजित अन्तर विद्यालय महिला पुरुष बास्केटबल प्रतियोगितामा धरान मेघा, लोटस, सियोन र पर्वत स्कुल फाइनल प्रवेश गरेका छन् । शुक्रबार हुने फाइनल खेलमा पुरुष तर्फ धरान मेघा र लोटस स्कुल र महिला तर्फ सियोन र पर्वत स्कुल विच प्रर्तिस्पर्धा हुनेछ । विहिवार भएको सेमिफाइनल खेलमा पुरुष तर्फ धरान मेघाले धरान आर्दशलाई ४५–३१ र लोटसले नवज्योतिलाई ४०–२४ अंकले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । यसैगरि महिला तर्फ सियोन स्कुलले धरान आर्दशलाई ७–५ र पर्वत स्कुलले काम्रेल स्कुललाई २६–६ अंकले पराजित गरेका थिए
धरान/राष्ट्रिय निजि तथा आवासिय विद्यालय एशोसियसन नेपाल एनप्याव्सनको आयोजनामा आयोजित अन्तर विद्यालय बास्केटबल प्रतियोगितामा धरान मेघा, धरान आदर्श , सियोन स्कुल, कार्मेल र पर्वत स्कुल सेमिफाइनल प्रवेश गरेका छन् । एनप्याब्सनको खेलकुद सप्ताह अन्र्तगत वुधवारदेखि सुरु भएको बास्केटबल प्रतियोगितामा पुरुष तर्फ धरान आदर्शले नवदयलाइ, धरान आदर्शले कार्मेल स्कुललाइ ३७–७ , नवज्योति स्कुलले जुनियर पायनोरलाइ ३७–१८ र लोटसले सियोनलाइ २८–१५ अंगकको अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका हुन । नवदयले भने मेघा कलेजलाइ वाकओभर दिएपछी मेघा सोझै सेफिफाइनल प्रवेश गरेका थिए । यसै गरि महिला तर्फ धर
धरान / मोफसलको अन्तर्राष्ट्रिय आमन्त्रित फुटबल प्रतियोगिता बुढासुब्बा फुटबल प्रतियोगिताको २३ औँ संस्करण यही फागुन दोस्रो सातादेखि हुने भएको छ । २०७६ सालमा सम्पन्न २२ औँ संस्करणपछि कोभिडका कारण २०७७ र ०७८ सालमा बुढासुब्बा गोल्डकप आयोजना हुन सकेको थिएन । यो वर्षको फागुन १३ गतेदेखि २० गतेसम्म सञ्चालनको तयारी भएको आयोजकले जनाएको छ । कोरोना महामारीले भएको आर्थिक मन्दीका कारण रोकिएको प्रतियोगिता सञ्चालनको तयारी भइरहेको धरान फुटबल क्लवका अध्यक्ष किशोर राईले जानकारी दिएका छन् । प्रतियोगिताका लागि धरान उपमहानगरपालिका, प्रदेश सरकारसँग सहकार्य भइरहेको अध्यक्ष राईले जानकारी दिए । उनका अनुसार
विजयुर / किराती समुदायहरुको नया वर्ष ५०८३ को अवसरमा आयोजित यले दोङ थी्र वाइ थी्र ओपन महिला वास्केटवल प्रतियोगिता ५०८३ को उपाधी धरान मेघा अलस्टार टिमले जितेको छ । फाइनल खेलमा धरान मेघा अल स्टार टिमले विर्तामोड, झापा टिमलाई १३–३ अंककको फराकिलो अन्तरले पराजित गर्दै उपाधी माथी कब्जा जमाएको हो । उपाधीसँगै धरान मेघाले नगद ७ हजार, उपबिजेता बनेको बिर्तामोडले नगद ३ हजार ५ सय , ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताको मोस्ट भ्यालुएबल प्लेयर एमभिपीको उपाधी धरान मेघा अल स्टारका डा. आशा राई घोषित भइन । उनले नगद १ हजार ५ सय रुपैया सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् । बिजेता
धरान /किराँत समुदायहरुको नयाँ वर्ष माघ १ यले संवत ५०८३ को अवसरमा धरान बास्केटवल संघद्वारा आयोजित यलेदोङ थी्र वाइ थी्र ओपन महिला बास्केटवल प्रतियोगितामा १८ टिमले सहभागिता जनाउने भएका छन । पौष २९ र ३० गते हुने प्रतियोगिताको अन्तिम तयारी सार्वजनिक गर्दै १८ टिमले भाग लिने आयोजकले जनाएको हो । धरान १२ स्थित धरान मेघा कलेजको हलमा सहभागी टिमको प्रतिनिधित्वको उपस्थितिमा खेल तालिका तयार गरिएको थियो । प्रतियोगताको उद्घाटन खेल अल्ट्रा मेघा टिम र होलिल्याण्ड वि टिमबीच प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगितामा इलाम टिम, विर्तामोड, झापा टिम, मोरङ टिम, धरानबाट अल्ट्रा मेघा, मेघा अल स्टार, मेघा ए, मेघा वि, हो
धरान / शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको सम्यक शिक्षा समूह तिसौ वर्षमा प्रवेश गरेको छ ।शिक्षा क्षेत्रमा केन्द्रित रही विद्यालय समेत सञ्चालन आएको सामाजिक संस्था सम्यक शिक्षा समूह तिसौँ वर्षमा प्रवेश गरेको हो । धरान–१७ मा सम्यक आधारभूत विद्यालय स्थापना, सञ्चालन समेत गर्दै आएको सम्यकले असहाय, शारीरिक अपाङ्गता भएका नागरिकहरूलाई आधारभूत सहयोग पनि गर्दै आएको छ ।वार्षिकोत्सवको अवसरमा यसपालि पनि सम्यकले अपाङ्गता भएको दुई जना लाई व्हिल चियर प्रदान गरेको छ । पाँच जना दृष्टिविहिनहरुलाई सेतो छडी र १० जना ज्येष्ठ नागरिक वृद्ध, वृद्धालाई लौरो प्रदान गरेको छ । यसअघि पनि संस
काठमाडौं / दि नेपाल डिस्टीलरिजको उत्कृष्ट उत्पादन ‘खुकुरी रम’ले खेल प्रवद्र्धनमा समेत ध्यान दिन थालेको छ । पछिल्लो समय खुकुरी रमले खेलहरुको प्रवद्र्धन र खेलाडीहरुको मनोवल वृद्धिका लागि विभिन्न लिग तथा इभेन्टहरुमा सहकार्यको अभ्यास सुरु गरेको हो । हालै खुकुरी रमले प्रदेश १ को एक मुख्य शहर धरानमा आयोजित गल्फ प्रतियोगितामा समेत सहकार्य गरेको थियो । गल्फ खेलको प्रवद्र्धन र खेलाडीहरुको मनोबल वृद्धिका लागि आफूहरुले धरान गल्फ क्लबसँग सहकार्य गरेको दि नेपाल डिस्टीलरिजकी इभेन्ट म्यानेजर सुदिक्षा अधिकारीले जानकारी दिनुभयो । खुकुरी रमले खेलहरुको प्रवद्र्धनका लागि यस्ता इभेन्टहरुमा सहका
धरान / आगामी पौषको अन्तिम सातामा हुन लागेको खुकुरी एमेन्योर ओपन गल्फ प्रतियोगिता आयोजना गर्न टाइटल प्रायोजकले ११ लाख दिने सम्झौतामा हस्ताक्षर भएको छ । सोमबार खुकुरी एमेच्योर ओपन गल्फ प्रतियोगिता आयोजना गर्न धरान गल्फ क्लब र द नेपाल डिस्टिलरी प्रालिबीच सो सम्झौता भएको हो । धरान गल्फ क्लबको कार्यालयमा प्रालिका एसिस्टेन्ट ब्राण्ड मेनेजर अभिषेक प्रधान र क्लबका सचिव भरत तामाङले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सो अवसरमा खुकुरी रम उत्पादक प्रालिर्ले क्लबलाई एक वर्षको लागि ११ लाख रुपैया दिने सम्झौता भएको खुकुरी रमको असिस्टेन्ट ब्राण्ड मेनेजर अभिषेक प्रधानले जानकारी दिए । यो सम्झौत