पाचौ मिस्टर कोशि चैत्र २३ र २४ मा

  • माघ ११, २०८०
  • कोशीपत्र/संवाददाता
alt - बिकास चाम्लिङ राई

धरान/ एलाइनेट जिमको आयोजनामा यहि चैत्र २३ र २४ गते पाचौ मि. कोशि वडिविल्डिङ च्याम्पियनसिप हुने भएको छ ।

एलाइनेट जिमको २१ औ प्रस्तुतिको रुपमा पाचौ मि। कोशि आयोजना हुन लागेको आयोजक एलाइनेट जिमले वुधवार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको छ ।

प्रतियोगितामा ५५ केजि, ६० केजि, ६५ केजि, ७० केजि र ७५ केजि गरि कुल पाच तौल समुहका करिव ५० प्रतिश्पर्धिहरुले सहभागिता जनाउने छ । प्रत्येक तौल समुहका विजेताले उपाधिका लागि फाइनल चरणमा प्रतिश्पर्धा गर्नुपर्ने हुन्छ ।

फाइनल चरणका विजेता पाचौ मि। कोशिको उपाधि विजेता घोषित हुने आयोजक एलाइनेट जिमका अध्यक्ष विक्रम लिम्वुले जनाए ।

प्रतियोगिताका विजेताले नगद एक लाख १० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

यसै गरि क्रमश दोस्रोले नगद ५० हजार, तेस्रोले नगद ३५ हजार, चौथोले नगद २५ र पाचौले नगद २० हजार रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगिताका विधा तर्फका वेस्ट पोजर, मोस्ट इम्प्रुभमेन्ट र मस्कुलर म्यान उपाधि विजेताले नगद ५ हजार ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिता धरान १३ अमरहाट स्थित सामुदायीक हलमा हुनेछ ।

गत सालका चौथो मि. कोशिको उपाधि एनि टाइम फिटनेस धरानका सन्दिप गिरिले चुमेका थिए ।

धरान १८ वुद्धचौक स्थित एमसि क्याफेमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश १ शारिरिक सुगठन संघका अध्यक्ष केशव श्रेष्ठ, युवा नेता ऋषिराज राई, पुर्व मि.कोशि सन्दिप गिरि, पुर्व मि.धरान कविरभगत प्रधानाङग लगायतको उपस्थिति रहेको थियो ।

विजयपुर अस्पतालमा अन ...

धरान/ धरान–१० मा रहेको विजयपुर अस्पतालमा सोम ...

स्थानीय पर्यटन प्रवर ...

वराहक्षेत्र/ धार्मिक, ऐतिहासिक र पर्यट ...

खेतीपाती सप्रियोस् भ ...

खोटाङ/ किरात समुदायको प्रमुख पर्व साकेला उभौली&nbs ...

सहयोगकै भरमा चलिरहे ...

धरान/  निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved