प्रशिक्षण नियुक्ति गरेर खेलकुदको प्रवद्र्धन

  • माघ १२, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सामुदायिक तथा नीजि विद्यालयलहरुले प्राविधिक शिक्षासँगै खेलकुदका गतिविधिलाई जोड दिन थालेका छन् ।

प्राविधिक शिक्षाले स्वरोजगार बनाउने र खेलकुदले शारीरिक रुपमा तन्दरुस्त बनाउने भएकाले पनि खेलकुद प्रशिक्षण नै राखेर खेलकुदका गतिविधिलाई जोड दिँदै आएका छन् ।

प्राय गरेर हरेक विद्यालयमा भलिवल, फुटबल, बास्केट बल जस्ता शारीरिक व्यायाम हुने खेलसँगै चेस, चाइनिज चेकर जस्ता बुद्धि बढाउने खेलहरु समावेश हुन्छन् ।

प्रतियोगिता विद्यालयभित्रैका कक्षाहरुमा समेत प्रतिष्पर्धा गराइन्छ भने प्रतिष्पर्धाबाट सक्षम भएकाहरुलाई अन्तर विद्यालय प्रतियोगितामा समेत समावेश गराइने गरिएको छ ।

हरेक विद्यालयले खेललाई प्राथमिकता राखेर प्रशिक्षण नै नियुक्ति गर्नुको पछाडि विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको शारिरिक व्यायामसँगै खेलकुदप्रति रुचि भएका विद्यार्थीहरुको प्रतिभा प्रस्पफुटन गर्नु नै हो । यस्तै धरानको आदर्श माविले समेत प्रशिक्षण नै राखेर खेलकुदका गतिविधिलाई चलायमान गर्ने गरेको छ ।

अध्ययनका क्रममा धेरै मानसिक तनाव हुने भएकोले समय समयमा विद्यार्थीहरुलाई खेलकुदमा समावेश गर्न सके शारीरिक तन्दुरुतसँगै मानिसक दन्तरुस्त राख्न सकिने धरान आदर्शका भलिवल प्रशिक्षक जय किशन राई बताउँछन् ।

खेलकुद प्रशिक्षक नै राखेर विभिन्न खेलकुदका गतिविधिलाई चलायमान बनाउने विद्यालय धरान आदर्शमात्र हैन धरानमा रहेका अधिकांश विद्यालयमा यस्ता प्रचलन बढ्दै गएको छ ।

यस्ता विद्यालयका शिक्षकहरु भने खेलकुदका गतिविधिले त्यस विद्यालयका विद्यार्थीहरुलाई हरेक कुरामा अब्बल बनाउन सहयोग पुग्ने बताउने गरेका छन् ।

धरान आदर्शकका शिक्षक लोक बहादुर श्रेष्ठले विद्याथीको शारीरिक कसरतसँगै खेलले अनुशासित, टिमवर्कसँगै सामाजिक गतिविधिमा सक्रियता बढाउने भएकोले आदर्श क्याम्पसले समेत विभिन्न खेलको प्रशिक्षक नै राखेर खेलको प्रवद्र्धनमा लागेको बताए ।

पढाईका अलावा खेलकुदका गतिविधिलाई हरेक विद्यालयले दिएको प्राथमिताका राखेका छन् ।

प्रत्येक विद्यालयले आन्तरिक रुपमा खेलकुद सप्ताह समेतको आयोजन ागर्ने गरेका छन् । यस्ता गतिविधिले विद्यार्थीको वृत्ति विकासमात्र हैन राष्टूका लागि खेलाडी उत्पादनमा समेत महत्वपूर्ण योगदान पुग्दै आएको छ ।

विजयपुर अस्पतालमा अन ...

धरान/ धरान–१० मा रहेको विजयपुर अस्पतालमा सोम ...

स्थानीय पर्यटन प्रवर ...

वराहक्षेत्र/ धार्मिक, ऐतिहासिक र पर्यट ...

खेतीपाती सप्रियोस् भ ...

खोटाङ/ किरात समुदायको प्रमुख पर्व साकेला उभौली&nbs ...

सहयोगकै भरमा चलिरहे ...

धरान/  निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved