धरान/ सन्जिवनी केन्द्रले आइतबार पत्रकार सम्मेलन गर्दै असोज ३,४ र ५ गते तेस्रो आमन्त्रित अन्तर्राष्ट्रिय संजिवनी फुटसल प्रतियोगिता २०८१ आयोजना गर्ने भएको छ। दुर्व्यसनीमा फसेका तथा छुटेका युवाहरुलाई सामाजिकीकरण गर्न साथै भाइचारा कायम गर्न फुटसल प्रतियोगिता गराउँदै आएको अध्यक्ष सम्पुर्ण ताम्राकारले जानकारी दिए। उनका अनुसार यो बर्ष रिकभरिहरुको मात्रै प्रतियोगिता हुनेछ। प्रतियोगितामा ओपन रिकभरिङ टिम, भेट्रान टिम र महिला टिमको छुट्टाछुट्टै प्रतिस्पर्धा हुने जानकारी दिए। महिलाको पहिलो पटक प्रतियोगिता हुन लागेको हो । भेट्रान टिममा ४० बर्ष पुगेका २ जना र बाकी खेलाडी खेलाडी ४२ बर्ष माथिका हुनु
धरान/ सुनसरी जिल्ला ब्याडमिन्टन संघ पुर्नगठन भएको छ । पुर्नगठन कार्यक्रमबाट प्रतिक श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ । उक्त समितिको उपाध्यक्षमा सुरेश नियोङ लिम्बू र मणिराज गुरुङ चयन भएका छन् भने सचिवमा सुरेश कार्की र कोषाध्यक्षमा मन्त बहादुर तामाङ चयन भएका छन् । यसैगरि, ४ जना सदस्यमा शुभाष कुमार भट्टराई, पहलमान कटुवाल राजेश गौतम र श्याम प्रसाद लो चयन भएका छन् । संघको विधान अनुसार १५ जना कार्यसमितिमा रहने व्यवस्था छ । बाँकी ६ जना सदस्य अध्यक्ष एवं कार्यसमितिले मनोनयन गर्ने नवनिवार्चित अध्यक्ष श्रेष्ठले जानकारी दिए । उक्त कार्यक्रममा सुनसरी जिल्ला खेलकुद बि
वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा नं २ चतरा हाटखोलामा २१ औं संस्करणको माउण्ट एभरेष्ट च्यालेन्ज फुटवल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीय हाटखोला फुटबल क्लबको आयोजना हुने प्रतियोगिता भाद्र १० देखि १७ गते सम्म आयोजना हुनेछ। प्रतियोगिता बारे आयोजक हाटखोला फुटबल क्लवले आइतवार प्रतियोगिता वारे पत्रकार सम्मेलन गर्दे जानकारी दिएको थियो । क्लवको बाहिस बिघे खेलमैदानमा आयोजना हुने प्रतियोगितामा सुनसरी, मोरङ र उदयपुर जिल्लाका ८ क्लबहरू सहभागी हुनेछन् । क्लबका सचिब तथा कार्यक्रम संयोजक रोहित साहका अनुसार प्रतियोगितामा आयोजक हाटखोला फुटबल क्लब, राजावास फुटबल क्लब वराहक्षेत्र, चक्रघट
विराटनगर/ विराटनगरमा जारी कोशी प्रदेश स्तरीय प्रथम भारोत्तोलन प्रतियोगिता बिहीबार सम्पन्न भएको छ । कोशी खेलकुद विकास बोर्डले जिल्ला खेलकुद विकास समिति मोरङको संयोजकत्वमा विराटनगरमा पहिलो पटक भारोत्तोलन प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा ५५ केजी समूहमा मोरङका अजित राजवंशी प्रथम, ६१ केजी समूहमा झापाका चन्दन मुखिया प्रथम, ६९ केजी समूहमा उदयपुरका रिवेश अधिकारी प्रथम, ७३ केजी समूहमा मोरङका पियुष राजवंशी प्रथम, ८१ केजी समूहमा मोरङका कपिलेश्वर राजवंशी प्रथम र ८९ केजी समूहमा झापाका प्रशिद्ध भक्त राजलवट प्रथम भएका छन् । प्रतियोगितामा ५ वटा जिल्लाको सहभागिता रहेको थियो । प्रतियोगिताको प
धरान/ सुनाखरी एकेडेमी धरान १२ की छात्रा वर्षा राई भुटानको राजधानी थिम्पुमा हुने ८ औं दक्षिण एशियाली कराते च्याम्पियनसीपमा भाग लिन भुटान गएकी छिन् । स्कुलमा एक कार्यक्रमको आयोजना गरी वर्षालाई विदाइ गरिएको थियो । स्कुलका प्रिन्सिपल मिलनकुमार राई, निर्देशक प्रदीप राई र प्लस टु कोअर्डिनेटर टपकुमार राईले अविर खदा लगाएर जितको लागि शुभकामना दिँदै वर्षालाई विदाइ गरे । वर्षाले ज्येष्ठ २१ गतेदेखि २३ गतेसम्म काठमाडौंमा भएको ५६ औं राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरी भुटानमा हुने प्रतियोगिताका लागि छनोट भएकी थिइन् । आगामी जुलाई १३ देखि २० गतेसम्म दक्षिण एशियाली कराते प्रतियोगिता हु
विराटनगर/ मोरङको विराटनगरमा जारी प्रदेश स्तरीय कबड्डी लिग कम नकआउट प्रतियोगितामा सुनसरी जिल्ला शीर्ष स्थानमा रहेको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको कबड्डी प्रतियोगिताको दोस्रो दिन सुनसरीले ३ खेल खेल्दै ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ । ताप्लेजुङ र पाँचथर समान अंक ४–४ का साथ दोस्रो स्थानमा छन् । उनीहरुले २–२ खेल खेल्दै जित निकालेका थिए । सोलुखुम्बुले १ खेलमा जित १ खेल बराबरी र १ खेल हार्दै ३ अंक प्राप्त गरेको छ । झापा र मोरङले २–२ अंक प्राप्त गर्दा १ खेलमा जित १ खेलमा हारेका छन् । इलाम १ खेलमा जित निकाल्दै २ अंक प्राप्त गरेको छ । उदयपुरले १ खेलमा बरा
धरान/ धरानमा तेस्रो राष्ट्रियस्तरीय कुराश प्रतियोगीता आज बुधबार देखी सुरु भएको छ । कोशी प्रदेश कुराँश संघको आयोजनामा धरान १६ स्थित रंगशालाको कर्भड हलमा बिहिबार तेस्रो राष्ट्रिय कुरांश प्रतियोगिताको उद्घाटन कोशी खेलकुद बिकास बोर्ड उपाध्यक्ष विन्दीया कार्कीले गरेका छन् । उनले भने खेल नै जीवन भएका भन्दै खेलमा लागेका खेलाडीहरु अनुशासीत स्वास्थ्य हुने बताईन । नेपालका जुनै खेलका खेलाडीहरूले राष्ट्रिय पदक प्राप्त गरी नेपालको शान मान र ईजज्त दिलाउन सफल रहँदै आएको उनले बताईन । खेलाडीहरु राष्ट्रका सम्पत्ति हुन उनीहरुलाई लगानी गरे उन्नत राष्ट निर्माणमा सहयोग पुग्ने बताईन । प्रतियोगितामा ७
धरान/धरान बास्केटवल संघको आयोजना तथा धरान उपमहानगरपालिको संयोजनमा आयोजित ९ औ बास्केटवल ट्यालेन्ट हन्ट तथा प्रशिक्षण क्याम्प सोमवार समापन भएको छ । समापनको दिन सहभागि विद्यार्थी र प्रशिक्षकहरुलाई कार्यक्रमका प्रमूख अतिथि कोशि प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव कृष्ण वस्नेत परशुराम, सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदि, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय अध्यक्ष भिमज्वाला राई, धरान १० न. वडाध्यक्ष एवं सुनसरी बास्केटवल संघका उपाध्यक्ष विवेक राई लगायतले प्रमाणपत्र वितरण गरेका छन । वास्केटवल खेल विकास संगै समग्र खेलकुद विकासको लागि प्रदेश खेलकुद वोर्ड वाट सक्दो सहयोग गर्ने
दुहबी/ सुनसरीको भलुवामा जारी १० औं भलुवा गोल्डकप फुटबल प्रतियोगिताको सोमबार भएको दोस्रो सेमिफाइनल खेलको निर्धारित समय सम्म रारा फुटबल क्लब धनकुटा र बिराटनगर सिटि फुटबल क्लब मोरङका बिच अत्यन्तै प्रतिस्पर्धात्मक भएको खेलमा २-२ गोल सहित बराबरी भएपछि ट्राइबेकरमा रारा फुटबल क्लब धनकुटा ४-३ गोल अन्तरले उपाधी नजिक फाइनलमा प्रवेश गरेको छ । खेलको उत्कृष्ट खेलाडी रारा फुटबल क्लब धनकुटाका गोल रक्षक प्रदिप भण्डारी घोषित भए । उनलाई दुहबी नगरपालिकाकी उपप्रमुख मेनुका पोखरेल खतीवडाले नगद ५ हजार तथा ट्रफी प्रदान गरिन । भोली बुधबार हुने फाइनल खेल सहलेश युवा क्लब सिरहा र रारा फुटबल क्लब धनकुटाका बिच हुन
दुहबी/ सुनसरीको दुहबी ७ स्थित भलुवा खेलमैदानमा संचालन हुने दशौं भलुवा गोल्डकप फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको छ । बुधबार (भोली)बाट संचालन हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको भलुवा गोल्डकप टुर्नामेन्ट समितिका अध्यक्ष शिब पशुपति कुमार सरदारले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् । प्रतियोगितामा स्थानीय आयोजक सहित आठ वटा क्लबले प्रतिस्पर्धा गर्ने आयोजक क्लब गोल्डेन स्टार युथ क्लबका अध्यक्ष अनिल कुमार बिश्वासले जनाएका छन । असार ४ गतेसम्म संचालन हुने फुटबल प्रतियोगितामा राष्ट्रिय जागृति क्लब इटहरी सुनसरी ,गंढी युथ स्पोर्टिङ क्लब ,नेपाल एपिएफ कोशी प्रदेश ,सहलेश यु