माउन्ट एभरेष्ट च्यालेन्ज कपको २१ औं संस्करणका लागि खेल सामग्री

  • भदौ ५, २०८१
  • कोशीपत्र/संवाददाता
alt

चतरा/ हाटखोला फुटबल क्लबको आयोजनामा आगामी भदौ १० गतेदेखि आयोजना हुने माउन्ट एभरेष्ट च्यालेन्ज कपको २१ औं संस्करणका लागि खेल सामग्री हस्तान्तरण गरिएको छ ।

एन्फाका मानार्थ वरिष्ठ उपाध्यक्ष तथा कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राईले खेल सामग्री हस्तान्तरण गरेका हुन् ।

आइतबार हाटखोलास्थित बाइस बिघेमा रहेको हाटखोला खेल मैदानमा अध्यक्ष राईले ५ वटा फुटबलसहित, नेट, फ्लागसहितका खेल सामग्री प्रदान गरे ।

प्रमुख अतिथि अध्यक्ष राईले माउन्ट एभरेष्ट च्यालेन्ज कपको २१ औं संस्करणलाई एन्फाले अपनत्व लिएको बताए । आगामी प्रतियोगितादेखि खेलाडीहरुको बिमालगायत व्यवसायिक सुरक्षामा ध्यान दिन आग्रह गरे । ।

प्रतियोगितालाई शुभकामना दिदै अध्यक्ष राईले भने, ’प्रतियोगिताले चतरा वराहक्षेत्रको खेललाई चलायमान बनाउने मात्र होइन, खेलाडीहरुको भविष्य र सम्भावनाको ढोका खोलोस्, शुभकामना व्यक्त गर्दछु ।’

उनले प्रतियोगितालाई एन्फाको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

खेलाडीहरुले आफ्नो स्वर्णिम समय खेलकुदलाई दिसकेपछि एन्फाले वा खेलकुद सम्बद्ध पदाधिकारीले खेलाडीको नाम, दाम र भविष्यका लागि सोच्न नसक्ने हो भने खेलाडीको भविष्य बर्बाद गर्ने कुनै अधिकार नभएको बताए ।

अध्यक्ष राईले प्रतियोगिता सानाठूला जस्तै भएपनि व्यवस्थित र मर्यादित बनाउनेतर्फ अघि बढ्नु पर्ने बताए । ’खेलाडीले दुई पैसा आर्जन गरोस्, त्यसतर्फ पनि हामीले ध्यान दिनुपर्छ ।’ अध्यक्ष राईले भने ।

आगामी भदौ १० देखि हुने प्रतियोगिताको उद्घाटन खेलका लागि हाटखोला फुटबल क्लबले अध्यक्ष राईलाई प्रमुख अतिथिको समेत आमन्त्रण गरेको छ ।

धरानमा विविध कार्यक् ...

धरान/ शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५६९औँ जन्मजय ...

प्रकृति र पुर्खापूजा ...

काठमाडौं/ किरात समुदायले प्रकृतिपूजक महान चाड उभौल ...

आज २५६९औँ बुद्धजयन्त ...

काठमाडौं/शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६९औँ जन ...

वराहक्षेत्रमा न्यायि ...

वराहक्षेत्र/सुनसरीका विभिन्न स्थानीय तहका न्यायिक समिति ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved